निर्णय नं. ३१५४ - लुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१५४ - लुटपिट भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०४/१९ २४१० निर्णय नं. ३१५४ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको फौ.पु.नं. ५५५ मुद्दा : लुटपिट । पुनरावेदक/वादी: जिल्ला बारा रघुनाथपुर गा.पं. वा.नं. ८ हाल मटिअर्वा गा.पं. वा.नं. ५ बस्ने ब्रज किशोर पाण्डे । विरुद्ध प्रत्यर्थी/प्रतिवादी: जिल्ला बारा मटिअर्वा गा.पं. वा.नं. ६ बस्ने लतिफ मियाँ अन्सारी हाल पुरैनिया पञ्चायत। ऐ.ऐ बस्ने इस्लाम मिया अन्सारी । ऐ.ऐ बस्ने गुलाम मिया अन्सारी । फैसला भएको मिति: २०४४।४।१९।३ मा वादी पुनरावेदकले पाएको चलन पुर्जीमा ३ वर्षका लागि पाएको भन्ने प्रष्ट देखिन आउँछ र गा.पं. ले म्याद थपेको भन्ने कुरामा जिल्ला कार्यालयको पत्रबाट ०३७ साल आषाढ मसान्त सम्म मात्र कायम भएको भन्ने देखिनुका साथै लुटपिट नगरेको कुरा साक्षीका बकपत्रबाट समेत देखिएका उक्त उल्लिखित आधार प्रमाणहरूबाट लुटपिट गरेको ठहर्याएको नारायणी अञ्चल अदालतको फैसला उल्टी गर्ने गरी प्रतिवादीलाई सफाई गर्ने गरेको फैसलामा कुनै कानूनी त्रुटि भए गरेको देखिन नआएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर जोशी विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.हरिहरलाल राजभण्डारीः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी पक्षबाट पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. तत्कालीन गा.पं. पुरैनिया वा.नं. ९ तथा ४ मा भएको मडरेवा नाम गरको पोखरी समेत जम्मा ४ पोखरीहरूमा ठेक्का बन्दोवस्त गर्ने निर्णयानुसार ३ वर्षको लागि रु. ११,२००।– मा मिति २०३४।१२।९ गते मैले सकार गरी उक्त पोखरीहरूमा माछा पाली आएकोमा विपक्षी लतीफ मियाँले माछा सस्तो भाउमा दिनु पर्छ भनी भनेकोमा मैले दिन इन्कार गरेको रिस लिई सुरक्षा गरिपाउँ भनी जिल्ला कार्यालयमा निवेदन समेत दिएको थिएँ । सो पोखरीमा मिति २०३७।६।२१ गते बिहान नचिनेका मानिसहरू २५।३० जनालाई ४ वटा पम्प सेट लगाई पोखरीको पानी बाहिर फाल्न लगाई मैले पालेको माछा मारी ४ क्वीन्टल ५० के.जी. माछा बिक्री समेत गरी लुटी लगेकाले प्रति क्वीन्टलको रु. १,५००।– ले हुने रु. ६,७५०।– विपक्षीबाट भराई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिारादपत्र । ३. फिरादीले पाएको ठेक्काको अवधि २०३७ साल आषाढ मसान्त पश्चात समाप्त भई पोखरीमा निजको कुनै भोगाधिकार नभएको हुँदा वादी दावी अ.बं. ८२ नं. विपरीत भएकोले फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको लतिफ मियाँको प्रतिउत्तरपत्र । ४. वादीले पोखरी ठेक्कामा लिएको भन्ने कुरा मिसिल प्रमाणबाट देखिने । साथै वादीका साक्षीहरूले प्रतिवादीले लुटपिट गरी लगेको हो भनी किटानी बकपत्र समेत गरिदिएको हुँदा वादी दावी बमोजिम प्रतिवादीले माछा लुटपिट गरेको ठहर्छ भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको लतिफ मियाँको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. गा.पं. को मिति २०३७।३।२८ को बैठकले ठेक्का अवधि २०३७ साल चैत्र मसान्तसम्म कायम हुने देखिएको भनी वादीलाई सूचना समेत दिएको प्रमाण मिसि