निर्णय नं. ८८६४ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८६४ - उत्प्रेषण परमादेश भाग: ५४ साल: २०६९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६९/०५/०५ ३४४२ ने.का.प. २०६९, अङ्क ७ निर्णय नं. ८८६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय २०६५ –WO–०९२१ आदेश मितिः २०६९।५।५।३ विषयः– उत्प्रेषण, परमादेश । निवेदकः जिल्ला सप्तरी, नकटी रायपुर गाउँ विकास समिति वार्ड नं. २ बस्ने अम्विकादेवी साह समेत विरुद्ध विपक्षीः पुनरावेदन अदालत राजविराज समेत § मुलुकी ऐन अ.वं. १७९ नं. मा वेरीतसँग डिसमिस भएकोमा सो वेरीत भएको कुरामा पुनरावेदन लाग्न सक्ने भन्ने कानूनी प्रावधान रहेको हुँदा जालसाज मुद्दा वेरीतसँग डिसमिस भएको अवस्थामा उक्त अ.वं. १७९ नं. को कानूनी प्रावधानअनुसार पुनरावेदन लाग्न सक्ने । (प्रकरण नं.३) § जिल्ला अदालतबाट डिसमिस फैसला भैसकेको मुद्दाको रोहमा मुलुकी ऐन अ.वं. १७ नं. बमोजिम परेको निवेदनको आधारमा पुनरावेदन अदालतमा भएको अन्तर्कालीन आदेश बदर गर्नुको कुनै औचित्य नहुने । (प्रकरण नं.४) § निवेदन दावीमा उल्लिखित मुद्दा जिल्ला अदालतबाट डिसमिस फैसला भैसकेको अवस्थामा वेरीतसँग डिसमिस भएको अवस्थामा अ.वं. १७९ अनुसार पुनरावेदन लाग्न सक्ने कानूनी उपचारको व्यवस्था भैरहेकाले सो सम्बन्धमा दावीअनुसार विचार गर्न नमिल्नुको साथै सम्बन्धित जालसाजी मुद्दा जिल्ला अदालतबाट फैसला समेत भैसकेको अवस्थामा सो मुद्दा सम्बन्धमा भएको अन्तर्कालीन आदेशउपर रिट निवेदनको माध्यमबाट हेरिनु औचित्यपूर्ण नदेखिने । (प्रकरण नं.५) रिट निवेदनमा निवेदकका तर्फबाट विद्वान अधिवक्ता श्री सनद देवकोटा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अ.वं. १७, १७९ नं. आदेश न्या.गिरीश चन्द्र लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम यस अदालतसमक्ष परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– हाम्रो हक भोग दर्ताको जिल्ला सप्तरी, नकटी रायपुर गाउँ विकास समिति वडा नं. ५(ख) कि.नं. ३०१ को २–११–१७ १/२ जग्गाको सम्बन्धमा विपक्षी बुचाई चौधरी वादी हामी निवेदक प्रतिवादी भएको २०६४ सालको सा.दे.नं. २३६३ को “मिलापत्र बदर, निर्णय बदर, दोहरो दर्ता स्रेस्ता बदर” मुद्दा र हामी निवेदक वादी विपक्षी बुचाई चौधरी समेत प्रतिवादी भएको २०६५ सालको सा.दे.नं. २७३५ को “दोहरो दर्ता बदर” मुद्दा एवं हामी निवेदक वादी र प्रतिवादी अदालतहरू बाहेकका उन्नाईसै जना प्रतिवादी भएको सा.फौ.नं. ८१३ को जालसाज मुद्दा गरी हामी निवेदकले प्रमाणको रुपमा लिई आएको ३ थान मुद्दा समेत सोही कि.नं. ३०१ को ३–११–१७ १/२ जग्गाको सम्बन्धमा जम्मा १५ थान मुद्दा विपक्षी सप्तरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उल्लिखित तीनै थान एकै विवादका लगाउका मुद्दाहरू एउटै फाँटमा रहेका र उक्त तीनै थान मुद्दाको तारिख समेत एकै दिन तोकिने गरेकोमा मिति २०६५ साल कात्तिक ४ गतेका दिन हामी निवेदक सप्तरी जिल्ला अदालतमा तारिख लिन जाँदा २०६५ साल मंसिर १६ गते तारिख तोकिएको थियो । सोहीबमोजिम हामी निवेदक २०६५ मंसिर १६ गते तारिखका दिन सप्तरी जिल्ला अदालतमा हाजीर हुन जाँदा उल्लिखित एकै फाँटमा कि.नं. ३०१ कै जग्गाको एउटै विवादका तीन थान मुद्दा मध्ये सा.दे.नं. २३६३ र सा.दे.नं.२७३५ का दुई थान मुद्दामा हामी निवेदकलाई फाँटवालाले तारिखमा हाजीर गराई अर्को तारिख तोकेको एवं तारिखमा हाजीर भई सकेको भन्ने भ्रमले गर