निर्णय नं. २७१८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७१८ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/१३ २२८५ निर्णय नं. २७१८ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ५५३ फैसला भएको मिति : २०४३।५।१३।६ मा प्रतिवादी : बैतडी कारागारमा बन्दी हर्कबहादुर चन्द विरुद्ध विपक्षी/वादी : प्र.पं.कृष्णबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) तत्काल उठेको रिस थाम्न नसकेको कारणबाट सो घटना घटन गएको देखिन्छ । यस्तो अवस्थामा ज्यानसम्बन्धी महलको १३ र देहायको परिभाषा भित्र सो परिस्थिति पर्न गएको देखिँदैन । (प्रकरण नं. २०) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त वादीतर्फबाट : विद्वान सरकारी सहन्यायाधिवक्ता श्री बलिरामकुमार फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको माग दावी बमोजिम गरी पाउँ भनी प्रतिवादीको यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. मिति २०४०।५।६ गतेको दिन बिहान ११ बजे बासुदेव माध्यमिक विद्यालय चन्द्रपुरको कक्षा कोठामा पढाई रहनु भएको शिक्षक आफ्नो अध्ययन समाप्त गरी अफिसमा आउँदा हर्कबहादुर चन्दले कक्षा १० को छात्र केशवबहादुर चन्दको छातीमा छुरा प्रहार गरी दिएकोले अफिस कोठासम्म पुगी बोल्न केही नपाई छाडी केही वेरपछि मृत्यु भएकोले अभियुक्त हर्कबहादुर चन्दले प्रहार गरेको छुरा समेत पेश गरी दिँदा पञ्चायत तर्फबाट यो जाहेरी पेश गरेको छु । कानुनी कार्यवाहीको लागि अनुरोध छ भन्ने समेत प्र.पं.कृष्णबहादुर चन्दको जाहेरी । ३. केशवबहादुर चन्दको लाश हेर्दा छातीको बायाँ स्तनदेखि अन्दाजी ३½ इन्च तथा केही बायाँ पट्टि ३ इन्चको गोलाईको अन्दाजी ३ इन्च गहिरो चक्कू रोपेकोबाट भएको समेत देखिएको भन्ने मिति २०४०।५।८।४ को लाश जाँच प्रकृति मुचुल्का र चिकित्सकको लाश जाँच प्रतिवेदन । ४. २०४० साल भाद्र ६ गतेको दिन ११ बजेको समयमा बासुलिङ्ग मा.वि. चन्द्रपुर वीरकोटामा पढ्न गएको अवस्थामा मेरो कक्षा भित्र रहेको बेञ्चमा मैले केशवबहादुर चन्दलाई नबस भने उसले पनि त नबस् भनी भन्दा हामी दुवै जनाले जिस्किएर त्यस्तो भन्दै गरेको अवस्थामा मैले निजको कलर समाते केशवले मेरो कपाल समात्यो र मेरो गर्दनमा २ थप्पड हिर्कायो मैले पनि निजको ढाडमा हिर्काए र विष्णुदत्त भट्ट समेतले छुट्याई दिएका थिए । त्यसपछि पनि केशवले एक्कासी आएर मेरो कठालो समाती लछार पछार गर्न थाल्यो । मैले निजलाई डराउन दिन मेरो खल्तीमा रहेको चक्कू झिकी उसलाई देखाए तैपनि नछोडेकोले मैले निजको छातीमा चक्कू रोपी दिए उसले मेरो कठालो छाडी दियो निजको छातीबाट रगत आउन थाल्यो सो देखेपछि अन्य विद्यार्थीले निज केशवलाई समाती अफिसमा पुर्‍याए अफिसमा पुर्‍याउन साथ व्यहोस भई लड्यो । हेडमास्टरले मलाई अफिसमा बोलाई चक्कू खोई भनी सोद्धा चक्कू मैले फालिदिएँ भनी भने अनि मेरो बुबालाई बोलाउन पठाए बुबा आई चक्कू ले भन्नुभयो र मैले चक्कू आफ्नै पेटको गोजीबाट निकालेर बुबालाई दिएँ त्यस्को ५।७ मिनेटपछि केशवको मृत्यु भयो । मर्ने केशवसँग मेरो रिसइवी थिएन र मार्ने उद्देश्यले चक्कू प्रहार गरेको पनि होइन मेरो गर्दन समाती रहेको सो छुटाउन चक्कू झिकी हानेको हुँ भन्ने हर्कबहादुरले प्रहरीमा गरेको बयान । ५. छोरा केशव र अभियुक्त हर्कबहादुरको रिसइवी भएको कुरा मसँग भनेका थिएन निज केश