निर्णय नं. ३१५५ - बन्दीप्रत्यक्षीकरण लगायतको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१५५ - बन्दीप्रत्यक्षीकरण लगायतको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०४/२० २४५२ निर्णय नं. ३१५५ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २३१९ विषय : बन्दीप्रत्यक्षीकरण लगायतको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :बाँके जिल्ला उढरापुर गा.पं.वडा नं.१ वसन्तपुर हाल जि.प्र.का. काठमाडौंमा थुनामा बस्ने ऐन सिंह ठकुरीको हकमा प्रेमध्वज चन्द । विरुद्ध विपक्षी : अञ्चलाधीश, वागमती अञ्चलाधीशको कार्यालय । प्र.जि.अ. जिल्ला कार्यालय,काठमाडौं । बागमती अंचल प्रहरी कार्यालय । जिल्ला प्रहरी कार्यालय काठमाडौं । आदेश भएको मिति: २०४४।४।२०।४ मा अदालतको विचाराधीन रहेको अवस्थामा थुनामा राखेको भनेको देखिँदा शुद्ध कारवाही भए गरेको मान्न मिलेन । तसर्थ अदालतको विचाराधीन रहेको विषयमा प्रतिकूल असर पर्ने गरी प्र.जि.अ. ले थुनामा राख्ने भन्ने आदेश अवैध देखिँदा बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा निवेदकलाई थुनाबाट मुक्त गरिदिनु भनी विपक्षीहरूका नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा निम्न बमोजिम रहेछ । २. ऐन सिं ठकुरीलाई पक्राउ गरी लागू औषध विषयमा मुद्दा चलाई वागमती विशेष अदालतका मिति ०४३।४।३।६ का आदेशले थुनामा राखेको थियो तत्पश्चात मिति ०४३।७।२४ मा संशोधित ऐन अनुसार भेरी अञ्चल अदालतमा मुद्दा सरी गई उक्त अदालतबाट फैसला भई सो फैसला बमोजिम जेलबाट छाडिदिनु भनी भेरी अञ्चल अदालतका पत्रानुसार ऐन सिं ठकुरीलाई मिति ०४३।१२।२३ गते बिहान ७ बजेको समयमा सदर खोर कार्यालय डिल्लीबजारबाट छाडिदिएको थियो । निजलाई लिन भनी म निवेदक आएको थिएँ निजलाई छाडिदिने वित्तिकै नचिनेका प्रहरी जवानहरू आई पक्राउ गरे कसको आदेशले किन पक्रेको भन्दा कहिले अञ्चलाधीशको आदेशले कहिले प्र.जि.अ. को आदेशले र कहिले एस.पी. को आदेशले भनेर जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा लगी थुनामा राखेको भेटघाट गर्न र किन राखेको हो भन्दा पछि थाहा हुन्छ भनी थुनुवा पुर्जी समेत नदिई थुनामा राखेको हुँदा गैरकानूनी थुनाबाट मुक्त गरी मौलिक हक प्रचलन कायम गरिपाउँ भन्ने व्यहोराको रिट निवेदन जिकिर रहेछ । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो लिखितजवाफ पठाउनु भन्ने समेत व्यहोराको यस अदालत सिंगल बेञ्जको मिति ०४३।१२।२६ को आदेश । ४. यस कार्यालयबाट निवेदकको जिकिर अनुसार थुनामा नराखिएको र यसरी राख्ने आदेश पनि नदिएको हुँदा उक्त रिट निवेदन खारेज होस् भन्ने समेत व्यहोराको वागमती अञ्चलाधीश कार्यालयको लिखितजवाफ । ५. ऐन सिं ठकुरीलाई पक्राउ गरी थुनुवामा राख्नु भन्ने यस कार्यालय अन्तर्गत कुनै पनि जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको र यस कार्यालयबाट पक्राउ समेत नगरिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको वागमती अञ्चल प्रहरी कार्यालयको लिखितजवाफ । ६. जिल्ला कार्यालय, काठमाडौंको मिति ०४४।१।७ गतेको आदेश अनुसार ऐन सिं ठकुरीलाई नजरबन्दमा राख्नु भन्ने आदेश प्राप्त हु