निर्णय नं. ३१५६ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१५६ - जालसाजी भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/०७ २५७५ निर्णय नं. ३१५६ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ३४५ मुद्दा : जालसाजी । पुनरावेदक/प्रतिवादी:बागमती अञ्चल काठमाडौं जिल्ला,काठमाडौं नगर पञ्चायत वडा नं. २४ अन्तर्गत इन्द्रचोक तहपाके बस्ने मोहन बहादुर अमात्य । विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. वडा नं. २५ ठमेल बस्ने मोहनलाल प्रधान । फैसला भएको मिति : २०४४।३।७।१ मा मोही निष्कासन मुद्दा शुरु फैसला भई पुनरावेदन तहमा चल्दा चल्दैको अवस्थामा नाम भूल सुधार गरेको भन्ने स्पष्ट देखिन आएकोबाट मुद्दा चल्दाचल्दैको अवस्थामा भए गरेको त्यस्तो कार्य मान्य हुनसक्ने देखिन आउँदैन । (प्रकरण नं. १४) एकाको हकको जग्गालाई प्रतिवादीहरू एकआपसमा मिली झुठ्ठा व्यहोराको कागज गरी सोही कागजको आधारमा विपक्षी वादीको हक मेटाउने उद्देश्य लिई निवेदन गरी पर्चा गराई सोही पर्चाको आधारमा दर्ता गराएको कार्य जालसाजीबाट भएकै देखिने । (प्रकरण नं. १४) पुनरावेदक,प्रतिवादी तर्फबाटःX विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का उल्लेखित मुद्दाःX फैसला न्या.प्रचण्डराज अनिलः म.क्षे.अ. को फैसलामा कानूनी त्रुटि भएकोले पुनरावेदनको लागि अनुमति पाउँ भनी निवेदन परी पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदन लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यसप्रकार छ । २. विपक्षी मध्ये बाबुकाजी मोही भई कमाई आएको मेरो नाउँमा साविक हा.नं. १९९ को मौजा चावहील हा.नं. २४२ नापी हुँदा का.न.पं. वडा नं. २३ कि.नं. १४६ को रोपनी ४–१०–२ को २०२३ सालको बाली नबुझाउँदा यसै अदालतमा फिराद परी बाली भराई निष्कासन हुने गरी २०२५।५।१ मा फैसला भए उपर विपक्षी बाबुकाजीको बा.अं.अ. मा पुनरावेदन पर्दा शुरु सदर गरी २०३०।४।१० मा फैसला भएको र २०२४ सालदेखि आयस्ता बाली पाउने हुँदा २०३१।५।१३ मा फिराद परेको जुन यसै अदालतमा छ । सो मुद्दाको प्रतिउत्तर २०३५।८।१५।३ मा सारी हेर्दा वादीको जग्गा होइन, २०२६।९।२९ को निवेदन र २०२६।१०।४।१ को ठहर पर्चाबाट मोहनलालको नाम सुधार गरी मोहन बहादुर अमात्य कायम भई पूर्जा पाएको व्यक्तिलाई बाली बुझाई आएको छु भनी जिती पाएको मोहनलालको नाममा मोहन बहादुर भनी खडा गरी व्यहोरा ढाँटी छली बाबुकाजी मोही बनी मोहन बहादुर लाई जग्गाधनी बनाई पर्चा गराई मेरो हक मेटी २०२६।१०।४ को निर्णय पर्चा जालसाजीबाट गराएको हुँदा जालसाजी गरेमा सजायँ गरी जालसाजीबाट गराएको निर्णय पर्चा बदर गरी जालसाजीमा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. विपक्षी र वाबुकाजी समेत मिली नापी हुँदा मेरो नाम नलेखाई आफूमा मिली बिक्री गराई हक नपुग्ने जग्गा आफ्नो गराउने प्रयास गरेका हुन्, दावीको कि.नं. १४६ को जग्गा भए बाली बुझाएको हो भनी बीच बीचमा बाबुकाजी समेत मिली फैसला गराएकोले फैसला बदरमा फिराद गरी हक कायम गरिपाउँ भनी फिराद गरेको छु । उक्त जग्गाको प्रमाण पूर्जा लिनलाई जालसाजी गरेको छैन । २०२५ सालमा जग्गाको विवरण पेश गरेको छु । नानीमाया परलोक भएपछि बाबुकाजीको २०२४।८।१५।६ मा कबूलियत गराई भोग गरी मेरो नाउँको साविक रै.नं. १२८ को दर्ता भिडाई कानूनको रीत पुर्‍याई प्रमाण पूर्जा लिएको छु । मैले जालसाजी गरेको भए भू.प्र.का. उपर पनि फिराद गर्नु पर्ने सो पनि नभएकोले फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत मोहन बहादुरको प्रतिउ