निर्णय नं. २७१९ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७१९ - लेनदेन भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/१६ २४१३ निर्णय नं. २७१९ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं.६८३ फैसला भएको मिति : २०४३।५।१६।६ मा पुनरावेदक/प्रतिवादी : कपिलवस्तु गाउँ पञ्चायत वलरामपुर वडा नं.१ बस्ने राममिलन कुर्मी विरुद्ध विपक्षी/वादी : ऐ.जिल्ला महाराजगञ्ज गाउँ पञ्चायत वडा नं.३ बस्ने रुद्रमती पडाईन मुद्दा : लेनदेन (१) मुलुकी ऐन लेनदेन व्यवहारको ७ नं. मा ब्याज भराई लिनु पर्दा साँवा मध्ये केही पनि असूल नभएको भए त्यस साँवाको र केही असूल भएको रहेछ भन्ने बाँकी साँवाको बराबर भन्दा बढी भराइने छैन भन्ने प्रष्ट किटानी व्यवस्था भइरहेको पाइन्छ । यस्तो स्थितिमा लेनदेन व्यवहारको ४ नं. लगाई साँवा भन्दा बढी ब्याज भराउने गरी गरेको क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएका पुनरावेदन जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ । २. मिति २०२६।२।२५।७ मा मबाट प्रतिवादीले रु.४०००।– लिई सो बापत निजका दर्ता हकको तथा खजहनी मौजे उनवलियाको जग्गा मध्ये १–३–० जग्गा मलाई घरसारमा राजीनामा गरी दिइएका र सो जग्गा ऐनका म्यादभित्र रजिष्ट्रेशन पारीत नगरी दिएबाट मेरो फिराद परी मिति २०२८।८।१२ मा सो राजीनामा पास हुने ठहरी एकतर्फी फैसला भएकोमा सो राजीनामा पास गर्नलाई म विरामी परी म्यादमा पास गराउन नसकी तमसूक कपाली भएकोले उक्त राजीनामाको जग्गा मैले भोग चलन समेत नगरेको हुनाले उक्त रु.४०००।– को साँवा ब्याज समेत भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. दावी अनुसार वादीलाई दिनु बुझाउनु पर्ने होइन वादीबाट रुपैयाँ बुझी १–३–० जग्गा मैले राजीनामा गरी दिएपछि वादीको उजूर परी पक्का हुने ठहरी फैसला भएपछि पनि पास नगराई तमसूक कपाली गराई जग्गा समेत खाई भोगी हाल साँवा ब्याजमा समेत उजूर गरेकाले वादी दावा झुठ्ठा हुँदा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. साक्षी प्रमाणबाट जग्गा वादीले नै खाई भोगी आएको कुरा प्रष्ट हुन आएकोले ब्याज र वादी दोहरा खान नपाउने हुनाले साँवामात्र भराई पाउने ठहर्छ भन्ने शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला । ५. सो फैसलामा चित्त बुझेन वादी दावी बमोजिम भराई पाउ भन्ने वादीको र प्रतिवादी जिकिर अनुसार गरिपाउँ भन्ने प्रतिवादी समेत दुवै जनाको लुम्बिनी अञ्चल अदालतमा परेको दोहोरो पुनरावेदनपत्र । ६. शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतको फैसला । ७. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी राममिलन कुर्मीको र सो इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदनमा समेत पुनरावेदनको अनुमति प्राप्त भएको रहेछ । ८. यसमा प्रतिवादी राममिलनले दिएका अनुमतिको निवेदनमा हदम्याद नाघी फिराद दायर भएकोले खारेज हुनुपर्छ भन्ने जिकिर लिएको देखिन्छ । मिसिल संलग्न लिखित हेर्दा मिति २०२६।२।२५ मा लिखत भएको र २०३६।२।१७ मा फिराद दायर भएको देखिँदा हदम्याद