निर्णय नं. २७२० - परमादेश सहितको उपयुक्त आज्ञा, आदेश वा पुर्जी अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७२० - परमादेश सहितको उपयुक्त आज्ञा, आदेश वा पुर्जी अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२७ २३०३ निर्णय नं. २७२० ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४२ सालको रिट नं. २३०६ आदेश भएको मिति : २०४३।४।२७।२ मा निवेदक : का.न.पं.वा.नं. २९ ठमेल बस्ने भू.पू.अप्रेटर नारायणबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : श्री महानिर्देशक वाणिज्य विभाग बागबजार, काठमाडौंसमेत विषय : परमादेश सहितको उपयुक्त आज्ञा, आदेश वा पुर्जी अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने (१) वाणिज्य विभागले इजाजतपत्र नदिने गरी गरेको निर्णय विरुद्ध निकासी पैठारी (नियन्त्रण) नियमहरू, २०२४ को नियम १४(१) बमोजिम श्री ५ को सरकार छेउ उजूर गर्नुपर्ने । (प्रकरण नं. १४) (२) लामो अवधिसम्म आयात इजाजतपत्र लिई सामान छुटाउन नआएकोले त्रि.वि. भन्सार कार्यालयले भन्सार ऐन, २०१९ को दफा २२(१) बमोजिम अधिकार प्रयोग गरी गरेको निर्णय कानुन बमोजिम नै देखिने । (प्रकरण नं. १४) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमार आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अतर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. रिट निवेदक २०२५ साल देखि २०२८ सालसम्म चीनको स्वशाषित क्षेत्र ल्हासा स्थित शाही नेपाली वाणिज्य दूतावासमा अप्रेटर पदमा रही काम गरेकोमा जोगाई राखेको रकमबाट पूजा आराधना गर्ने देव देवताको मूर्ति, सुन, चाँदीले लेखेको किताब, चाँदीका भाँडा कुँडा, थाल, मुद्रा कस्तुरी समेत खरीद गरेको थिएँ । यी सामानहरू बिक्री गर्ने उद्देश्यले खरीद गरेको नभई घरायसी प्रयोगको लागि खरीद गरेको र प्रयोग पनि गरी नै आएको थिएँ, २०२७ सालमा नेपाल फर्किंदा आफ्नो दुःखले आर्जन गरेको यी सामानहरू छोडी आउन नहुने भएकोले साथमा ल्याएको थिएँ । सबै सामानहरू कोदारी स्थित दुवै तर्फका चेक पोष्टहरूलाई चेक गराउँदा अवैध सामान नभएकोले छाडी दिएका थिएँ । कोदारी स्थित नेपाल भन्सार कार्यालयमा ल्याई देखाउँदा पैठारी इजाजतपत्र चाहिन्छ भनेकोमा तत्कालीन झिटिगुण्टाको भन्सार नियम बमोजिम छाड्न हुने सामान छाडी दिनुस् अरुको लागि इजाजतपत्र ल्याउँछु भन्दा नमानेकोले सो सामान उक्त भन्सारमा बुझाई काठमाडौं आई वाणिज्य विभागमा इजाजतपत्रको लागि निवेदन दिएको थिएँ । २०३६ सालसम्म वाणिज्य विभागले इजाजत नदिई आज भोली भन्दै कारवाही भई राखेको पछि, इजाजतपत्र हुन्छ भनी लाग्ने दस्तूर समेत जम्मा गराउँदा पनि इजाजतपत्र दिइएन, र उक्त सामानहरू कोदारी भन्सार कार्यालयबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएकोमा उक्त त्रि.वि. भन्सार कार्यालयबाट इजाजतपत्र लिई सामान लिन आउनु भनी ०३६।७।२७ मा मलाई पत्र दिइयो । यसपछि भन्सार विभागमा निवेदन तथा त्रि.वि.भन्सार कार्यालयमा सम्पर्क राख्दा पनि इजाजतपत्र बिना सामान लिन नपाइने र वाणिज्य विभागबाट इजाजतपत्र पाउन नसकेकोले बाध्य भई सर्वोच्च अदालतमा रिट निवेदन दिँदा सर्वोच्च अदालतबाट मिति २०३९।३।१७ मा विपक्षीहरू उपर छिटो कारवाही टुंग्याउनु भन्ने आदेश जारी भएको । ३. पुनरावेदकले सामानहरू छुटाउन नआएको भनी त्रि.वि. भन्सार कार्यालयले टिप्पणी पेश गरी भन्सार विभागले सदर गर्ने गरी मिति ०४१।५।२८ मा उपर्युक्त माल सामानहरू श्री ५ को सरकारको हुने भनी निर्णय भएको । ४. म निवेदकले कोदारी भन्सार कार्य