निर्णय नं. ३१५९ - रकम दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१५९ - रकम दिलाई पाउँ भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०५/२२ २५१२ निर्णय नं. ३१५९ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पु.नं. ५७० मुद्दा : रकम दिलाई पाउँ । पुनरावेदक/प्रतिवादी: काभ्रेपलाञ्चोक जिल्ला नाला उग्रचण्डी गा.पं. वा.नं. ३ हाल नाला गा.पं. वा.नं. ३ इवाटोल बस्ने रामेश्वर श्रेष्ठ । विरुद्ध प्रत्यर्थी/वादी: ऐ.चण्डेश्वरी गा.पं. दथुटोल स्थित चण्डेश्वरी कपडा कारखाना प्रा.लि. का व्यवस्थापक भोलानाथ आचार्य । फैसला भएको मिति: २०४४।५।२२।२ मा वादी दावी बमोजिमको विवादित लिखत प्रतिवादीले गरिदिएकोमा विवाद देखिन्न, सो लिखत अ.बं. २४ नं. अनुरुपको र त्यस लिखत उपर प्रतिवादीले अन्यथा उजूर गरेको र बदर भएको समेत पाइँदैन, सो लिखतमा लेखिएको अन्तिम चुक्ति गर्ने मिति ५ वर्षको म्यादभित्र रकम नतिरेको कुरामा पनि पुनरावेदक प्रतिवादीले अन्यथा भन्न सकेको देखिँदैन, करार ऐन, २०२३ को दफा २(क) अनुसार सो लिखत सोही ऐनको परिभाषा भित्र परेको प्रष्ट देखिन्छ, यस्तो स्थितिमा लिखत सद्दे साँचो भएको र कानूनी म्यादभित्र फिराद परेको समेतका आधार प्रमाणबाट वादी दावी बमोजिमको रु. वादीले प्रतिवादी पुनरावेदकबाट भरी पाउने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.प्रचण्डराज अनिलः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन । पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीतर्फबाट पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. प्रतिवादी यस कपडा कारखाना प्रा.लि. मा ०२४ साल देखि स्टोर किपर पदमा काम गरिआएकोमा यस कारखानाको तयारी तथा कोरा माल उत्पादन र बिक्रीको भौतिक परिक्षण हुँदा तथा महालेखाको प्रतिवेदन अनुसार ०३०।०३१ मा रु. ४७,१६६।८६ विपक्षीसँग बाँकी रहेको र महालेखाको अडिटर र जाँचबाट ०३१।०३२ का लागि विपक्षीले पटकपटक गरी रु. १०,१६१।३८ बुझाएकोले बाँकी रु. ३७,००५।४८ देखाई जाँच भएको प्रतिवेदन अनुसार उक्त रकम रु. ३७,००५।४८ रकम निज उपर नपुग भएको थियो सो नपुग रुपैयाँ बुझाउनु होस भनी भन्दा पटकपटक गरी ५ वर्षभित्र सो रकम चुक्ता गर्नेछु भनी ०३२।११।२४ मा स्वीकारी कागज गरिदिनु भएको छ । हाल विपक्षी यस कारखानामा काम गर्नु हुन्न । निजलाई बराबर ताकेता गर्दा पनि उक्त बाँकी रकम नबुझाएकोले उक्त ०३२ सालबाट ५ वर्ष ०३७।११।२३ सम्ममा बुझाउने कागज गरिदिएको तर करार ऐनको दफा १०।१३ बमोजिम नबुझाएकोले मुद्दा गर्नु पर्ने कारण मिति ०३७।११।२३ मा पर्न गई सो कारण परेको मितिले करार ऐन, २०२३ को दफा १८(२)(ग) तथा मिति ०३७।११।२३ सम्ममा रकम बुझाउनु पर्नेमा लेनदेन व्यवहारको १ नं. बमोजिम नबुझाएको मितिले लेनदेन व्यवहारको ४० नं. तथा उक्त रकम मिति ०३७।११।२३ मा बाँकी नतिर्नेको ९ नं. बमोजिम नबुझाएकोले ऐ. बाँकी नतिर्नेको ११ नं. समेत बमोजिम फिराद गर्नुपर्ने कारण परेको मितिले यो फिराद गरेको छु । विपक्षी प्र.बाट कारखानाले पाउनु पर्ने रकम दिलाई पाउँ भन्ने समेत व्यहोराको चण्डेश्वरी कपडा कारखाना प्रा.लि. का तर्फबाट व्यवस्थापक भोलानाथ आचार्यले ०३८।१।९ मा दिएको फिरादपत्र । ३. विपक्षी वादीले हदम्यादको सम्बन्धमा फिरादमा आधार लिनु भएको बाँकी नतिर्नेको ११ नं. मा ९ नं. बमोजिमको कामको