निर्णय नं. २७२१ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७२१ - आयकर भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२८ २३९७ निर्णय नं. २७२१ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ७७३ फैसला भएको मिति : २०४३।४।२८।३ मा पुनरावेदक : का.न.पं.वार्ड नं. २२ धर्मपथ स्थित फ्रेस एण्ड कोल्ड सेण्टरको प्रो.श्यामकुमार राजलवट विरुद्ध विपक्षी : कर फर्छ्यौट आयोगद्वारा अधिकार प्राप्त कर कार्यालय मुद्दा : आयकर (१) आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (२) अन्तर्गत खूद आय कायम गर्दा उक्त उपदफा (२) को देहाय (क) देखि (छ) सम्मका विभिन्न आधारहरू मध्ये कुन आधारमा खूद आय कायम गरेको हो सो कुरा सम्बन्धित निर्णयमा उल्लेख गर्नुपर्ने । (प्रकरण नं. १६) (२) कुन आधारमा खूद आय कायम गर्न लागेको हो खोली आयकर ऐन, ०३१ का दफा ३३ को उदफा (४) अन्तर्गतको सूचना दिनुपर्ने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.पृथ्वीबहादुर सिंह : कर फर्छ्यौट आयोगद्वारा अधिकार प्रत्यायोजन गरिएको कर कार्यालय काठमाडौंको न्यायोचित अनुमानद्वारा कर निर्धारण गरिएको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. तपाइसँग आ.ब.०३१ देखि ०३३ सम्मको आयकर सम्बन्धमा केही कुरा बुझ्नु पर्ने भएकोले यो पत्र प्राप्त गर्नुभएको वा घर दैलोमा टाँस भएका मितिले ७ दिनभित्र यस कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछु भनी कर कार्यालयबाट फ्रेस एण्ड कोल्ड स्टोरका नाउँमा मिति ०३५।९।४ मा पत्र पठाएको रहेछ । ३. फ्रेस एण्ड कोल्ड सेन्टरको तर्फबाट मिति ०३५।९।२५ मा राजेन्द्रमान श्रेष्ठ कर कार्यालयमा उपस्थित भई बयान गरेको रहेछ र भोलिपल्ट ९।२६ मा उपस्थित हुनेछु भनी तारेख लिएको रहेछ । ४. त्यस सेण्टरको आ.ब. ०३१ देखि ०३३।३४ श्रा.आ. सम्मको हिसाब किताब लिई उपस्थित हुन साथै ०३४।३५ आ.ब.को यो पत्र प्राप्त गर्नुभएको ७ दिनभित्र अन्य विवरण पेश गर्नु हुन भनी कर कार्यालयबाट ०३६।९।१८ मा फ्रेस एण्ड कोल्ड सेण्टरका नाउँमा पत्र बुझाएको देखियो । ५. आ.ब. ०३१।३२, ०३२।३३ र ०३३।३४ श्रा.आ.को आय व्ययको खाता चेक गर्दा यस कार्यालयबाट ०३५।९।२६ को तारेख त्यस फर्मका प्रतिनिधिले तारेख लिएकोमा तारेख गुजारी बस्नु भएको यस कार्यालयको ०३६।९।१८ को पत्र पनि बुझी लिएको देखिन्छ । पटक पटक माग गरिएको खाता आदि पेश नगरेकोबाट आयकर ऐन, २०३१ को दफा २३(३) बमोजिम उक्त आ.ब.को न्यायोचित अनुमानबाट आय कायम गरी कर निर्धारण गर्नुपर्ने स्थिति उत्पन्न भएकोले सोही ऐनको दफा ३३(५) बमोजिम आफ्नो उक्त आय वर्षहरूको आय सम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश गर्न हुन ७ दिनको मौका प्रदान गरिएको छ भन्ने कर कार्यालय काठमाडौंको फ्रेस एण्ड कोल्ड सेण्टरको प्रो.श्यामकुमार राजलवटलाई लेखिएको ०३६।१०।२५ को पत्र । ६. फ्रेस एण्ड कोल्ड सेण्टरका तर्फबाट राजेन्द्रमान श्रेष्ठ उपस्थित भई मिति ०३७।१।२ मा बयान गरेको साथै उक्त दिनबाट ऐ.४ गते र ४ गतेबाट ऐ.१० गतेको तारेख लिएको रहेछ । ७. उक्त तारेखमा हाजिर नभएको समेतबाट न्यायोचित अनुमानद्वारा आयकर निर्धारण गर्नुपर्ने भएबाट ऐ.ऐनको दफा ३३(४) बमोजिम पुनः ७ दिनको मौका प्रदान गरिएको भनी ०३७।१०।६ मा पुनः प्रो.श्यामकुमार राजलवटलाई कर कार्यालयबाट लेखी गएको । ८. माथि लेखिए बमोजिम