निर्णय नं. ३१६० - खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१६० - खिचोला चलन भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/०८ २३५७ निर्णय नं. ३१६० ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ६३८ मुद्दा : खिचोला चलन । पुनरावेदक/वादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ गावाहाल बस्ने देवमुनी शाक्य । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. सिवाहाल तखाछें बस्ने चीरीकाजी शाक्य । ऐ.ऐ सिवाहाल बस्ने लक्ष्मीज्योती शाक्य । फैसला भएको मिति: २०४४।३।८।२ मा जुन घर जग्गा खिचोला गरे भनी वादीले दावी लिएको छ सो घर राजीनामा लिंदाकै अवस्थामा भोगमा भइरहेको भनी आफ्नै लिखतमा देखाएको सो भोगबन्धकी थैली बुझाई पाउँ भनी मालमा कारवाही चलाएको भए पनि भोगको लखमा खाने विपक्षीलाई बुझाई सकेको उक्त थैली बुझाई पाउँ भन्ने मालबाट कारवाही भएको मिसिलबाट देखिन नआएको र अघि थैली बुझाएको ऐन बमोजिम सबुद बेगर राजीनामा लिने वादीले चलन पाउने अवस्था नदेखिएको सो नबुझाए सम्म खिचोला गरेको भन्न नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी परेको वादी देवमुनी शाक्यको निवेदनमा यस अदालत डिभिजन बेञ्जका मिति २०४२।११।८ का आदेशले अनुमति प्राप्त भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्षी लक्ष्मीज्योती शाक्यले न्हेडिक तिर्न र घर खर्च गर्न भनी रु. १०,००१।– कर्जा लिई सो बापत पूर्व देवमुनीको हक भएको घर गल्ली वादी पश्चिम सप्तमायाको भागको मोतिराजले किनेको घर, उत्तर माक भाइको बारी, दक्षिण मूल सडक यति ४ किल्ला भित्रको घर एक र सो सँगैको घर पाताल घरसारमा राजीनामा गरी मलाई लेखिदिएको, सो लिखत पास नगरी दिँदा मेरो नालेश परी ललितपुर जि.अ. को फैसला बमोजिम २०३६।७।७।२५ मा पास भएको, सर्भे नापी आउँदा घरमा नभएको बखत चीरीकाजीले आफ्नो भनी नापी टोलीमा लेखाई लिएका रहेछन्, पछि बुझ्दा लक्ष्मीज्योतिबाट चीरीकाजीले २०३६।९।२४ मा राजीनामा गराएका रहेछन्, दोहोरो लिखतमा नालेश गरेको छु । मेरो पुरानो लिखत हुँदा विपक्षीले नापी गराई खिचोला गरेकोले सो खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. म २०२९ सालमा छानाबाट खसी मगज बिग्री सेण्ट जेभियर्स सामाजिक सेवाश्रममा २०३० सालमा भर्ना भई त्यहीं उपचार गराई रहेकोमा देवमुनीले २०३४।१२।७ मा लगी कागजमा सहिछाप गराएको हुँदा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मीज्योतिको प्रतिउत्तरपत्र । ४. मेरो राजीनामा भित्रको घर पाताल भएकोले आफूले नै भोगचलन गरिआएको हुँदा दोहोरो लेनदेन मुद्दाको मेरो प्रतिउत्तर यस मुद्दामा कायम गरी झुठ्ठो वादी दावीबाट फुर्सद पाउँ भन्ने व्यहोराको चीरीकाजीको प्रतिउत्तरपत्र । ५. वादीले हक भएको भनेको २०३६।७।२५ को राजीनामा लिखत आज यसै बेञ्चबाट दे.नं. १२९।४२७ को लिखत बदर मुद्दामा बदर भई फैसला भएको, वादीले राजीनामा गराई लिनु भन्दा अगावै २०२९।११।१२ देखि नै बन्धकी साहूले भोग गरी राखेको र उक्त बन्धकी भोग नटुटाई २०३६।९।२४ मा प्र.चीरीकाजीले राजीनामा लिई भोग गरी राखेको देखिँदा खिचोला मेटाई चलन पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु ल.पु.जि.अ. बाट मिति २०४०।९।१२ मा भएक