निर्णय नं. ९०६३ - कर्तव्यज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०६३ - कर्तव्यज्यान भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०६९/१२/२३ ३४१७ नेकाप २०७० अङ्क १० नि.नं.९०६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फैसला मिति : २०६९।१२।२३।६ ०६८–RC–००८३ मुद्दा : कर्तव्यज्यान । वादी : कामसिंह माझीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : रामेछाप जिल्ला, राकाथुम गा वि स वडा नं १ बस्ने केदार माझी § अ.वं. १८८ नं. को व्यवस्थाअनुसार सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि भवितव्य हो कि भन्नेसम्मको शङ्‍काको अवस्था विद्यमान हुनुपर्ने र अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को पर्ने भई घटी सजाय हुनुपर्ने देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्‍याई आफ्ना चित्तले देखेको कारणसहितको राय व्यक्त गर्नुपर्ने । § भवितव्य हो कि भन्नेसम्मको शङ्‍काको अवस्था विद्यमान भएको मुद्दामा मात्र घटी सजाय गर्नुपर्ने कारणसहितको राय व्यक्त गर्नुपर्ने । (प्रकरण नं.७) § मुद्दाको वारदातमा प्रतिवादीद्वारा मृतकका टाउकामा प्रहार गरी मृतक भूईंमा ढलेपछि पनि पुनः पेटमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको र त्यसमा विवाद भएको अवस्था नदेखिएको हुँदा टाउकोमा भएको प्रहारले मृतक भूईंमा ढलेपछि पनि पुनः निज मृतकको पेटमा भएको प्रहारले प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय नभएको भनी पुष्टि गर्नसक्ने अवस्था नभएकाले त्यसलाई भवितव्य भनी भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं.९) § अ.बं. १८८ नं. बमोजिम सजाय चर्को पर्ने भई कम सजायको राय व्यक्त गर्दा सो रायको पनि मनासिब आधार हुनुपर्ने भई अभिव्यक्त रायको पुष्ट्‍याइँ (Justification) हुनुपर्ने । (प्रकरण नं.११) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : § नेकाप २०६१, नि.नं. ७३९९, नेकाप २०६३, नि.नं.७७५२, नेकाप २०६९, नि.नं.८८५३ सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३), अ.बं.१८८ शुरू रामेछाप जिल्ला अदालतमा फैसला गर्ने : माननीय न्यायाधीश श्री कैलाश के.सी. पुनरावेदन अदालत जनकपुरमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर फैसला न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत जनकपुरको मिति २०६८।१।२८ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक जाँचको लागि यस अदालतमा प्राप्त भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : रामेछाप जिल्ला, राकाथुम १ खैरनी स्थित पूर्व सिंचाई कुलो, पश्चिम सुनकोसी नदी, उत्तर मोटर बाटो र दक्षिण टोकलाबहादुरको खेतको चार किल्लाभित्र मृतकको लास रहेको, टाउकोमा पछ्यौरा, कानमा टप, नाकमा बुलाकी, घाटीमा पोतेसमेत लगाएकी महिला मृत अवस्थामा रहेको, निजले प्रयोग गरेको जाँडखाने बटुका, जाँड छान्ने झुल, प्लाष्टिकको बालटीन, डोको, नाम्लोसमेत रहेको पूर्व खुट्टा र पश्चिम टाउको उत्तानो अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का र सोही स्थानमा २ इन्च मोटाई १.२५ से.मी. लम्बाई भएको र्‍याफ्टिङ्ग चलाउने बहना बरामद गरी लगेको भन्नेसमेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का । मिति २०६६।६।१ गते दिउँसो १२ बजेको समयमा राकाथुम १ स्थित खैरनी सुनकोसी नदी किनारामा मेरी श्रीमती वर्ष ६३ की चमेली माझी जाँड बेची रहेकीमा ऐ.घर भै हाल सिन्धुली कुशेश्वर १ दुम्जा बस्ने केदार माझीले श्याम माझीसँग झगडा