निर्णय नं. २७२२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७२२ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/०१ २४२१ निर्णय नं. २७२२ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १८२४ आदेश भएको मिति : २०४३।५।१।१ मा निवेदक : सार्वजनिक निर्माण शाखा कैलालीको ओभरसियर ईश्वरीदत्त भट्ट विरुद्ध विपक्षी : सेती अञ्चलाधीश, अञ्चलाधीशको कार्यालय धनगढीसमेत विषय : उत्प्रेषण (१) पर्चा खडा गरी निजामती कर्मचारी उपर विभागीय कारवाही तथा सजायँ गर्दा त्यस्तो कारवाही तथा सजायँ उचित र पर्याप्त कारण नभएमा पनि गर्न सकिन्छ भन्न मिलेन । (प्रकरण नं. ११) (२) अभियोग लगाउनु सफाइको सबूद दिने मौका दिनु अव्यवहारिक हुने कारण मान्न सकिंदैन । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमार आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यसप्रकार छ । २. म निवेदक मिति २०३४।३।१७ मा निर्माण तथा यातायात मन्त्रालयबाट ओभरसियर पदमा नियुक्ति पाई सार्वजनिक निर्माण शाखा बझाङमा बहाल भई मिति ०३५।६।३१ मा अस्थायी ओभरसियर पदमा र २०३६।४।७ मा स्थायी ओभरसियर पदमा नियुक्ति पाई दैलेखमा सरुवा भएकोमा २०३८ साल देखि का.मु.अ.ई.भई २०४० साल श्रावणको निर्णयानुसार र सार्वजनिक निर्माण शाखा कैलालीमा ओ.सि.पदमा सरुवा भई आफ्नो पद अनुसारको जिम्मेवारीपूर्वक नि.से.नि.मा उल्लिखित आचरण एवं अनुशासनमा पूर्णत रहँदै आई पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत सार्वजनिक निर्माण शाखा कैलालीका ओभरसियर पदमा कार्यरत छँदा अकस्मात पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट कर्मचारी प्रशासन शाखाको मिति २०४०।११।२८ को पत्रबाट तपाइलाई नि.से. ऐन, २०१३ को दफा ६(१)(ख) अनुसार निजामती सेवा नियमावली, २०२१ को नियम १०.१ को उपनियम (५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने मिति २०४०।११।२३ मा निर्णय भएकोले जानकारीको लागि सूचित गरिन्छ भन्ने पत्र ०४१।२।५ मा बुझी लिई सम्पूर्ण व्यहोराको जानकारी पाउन निर्णय पर्चाको नक्कल माग गर्दा नपाएकोले नि.से.नि. परिच्छेद १०.२(क) को व्यवस्था अनुसार मलाई हटाउन सक्ने अधिकारी विपक्षी अञ्चलाधीशलाई मानी निजका विरुद्ध सचिवज्यू स्थानीय विकास मन्त्रालय समक्ष मिति २०४१।५।२१ मा पुनरावेदन गर्दा तपाइको पुनरावेदन स्वीकार योग्य नभएकोले सूचित गरिन्छ भनी मिति २०४१।१०।३ मा मलाई पत्र बुझाइयो । ३. उक्त विपक्षी मन्त्रालयको पत्रमा मलाई के कसूरमा कुन अधिकारीले हटाएको हो भन्ने कुरा केही उल्लेख गरिएको छैन । नि.से.नि., २०२१ को परिच्छेद १०.६ को १ देखि ९ सम्म कुन चाहीं कसूर म बाट भयो र नोकरीबाट हटाइएको हो सो उल्लेख नगरेबाट सो नियमावलीको प्रतिकूल हुनाको साथै अभियोगको जानकारी समेत नदिई सर्वमान्य कानुनी सिद्धान्तको बर्खिलाप निर्णय भएको छ । नि.से. ऐन, २०१३ र नियमावली, २०२१ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरी बर्खासी सरह हटाए तापनि कारण खोली खडा गरेको पर्चाको मलाई नक्कल दिनु पथ्र्यो सो पनि नदिएको र नक्कल माग गरी दिएको निवेदन नै दर्ता गरी दिएन । सफाइको मौका नदिने भन्ने अर्थमा अभियोग समेत उल्लेख गर्न नपर्ने भन्ने अर्थ गर्न कदापी मिल्ने होइन । यसबाट म सार्‍है अन्यायमा परेको छु । तसर्थ उक्त न