निर्णय नं. २३० - उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३० - उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०२/०१ २२०६ निर्णय नं. २३० ने.का.प. २०२१ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह रीट नं. ५१ निवेदक : शिवप्रसाद उपाध्याय विरुद्ध विपक्षी : भू.पु.मैजिष्ट्रेट विद्याप्रसाद आचार्यसमेत मुद्दा : उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने (१) आफ्नो अधिकार क्षेत्र नाघी कुनै पनि न्यायीक वा अर्धन्यायीक अधिकारीले निर्णय गर्न नहुने । लुटपिट मुद्दा मेजिष्ट्रेटले हेर्न नमिल्ने । (२) निवेदकले मागेको रीट उपयुक्त नभए सोही निवेदनबाट अन्य उपयुक्त रीट जारी गर्न मिल्ने । प्रस्तुत केशको सम्बन्धमा मालसामान खोली लगे भन्ने मुद्दामा भन्ने लेखेकोले लुटपीट मुद्दामा कारवाई भएको देखिने । यसरी समन जारी गरेकोमा उत्प्रेषणको रीट जारी गर्न मिल्छ मिल्दैन भन्नेतर्फ विचार गर्दा, आफ्नो अधिकार क्षेत्र नाघी वा हुँदै नभएको अधिकार क्षेत्र ग्रहण गरी कुनै पनि न्यायीक वा अर्धन्यायीक अधिकारीले निर्णय गर्छ भने त्यस्तो निर्णयलाई यस सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी बदर गर्नु पर्छ । प्रस्तुत केशमा मेजिष्ट्रेटबाट कुनै निर्णय गरेको भन्ने निवेदकको भनाई छैन । समनसम्म गरेको छ । यस्तो कारवाईको सिलसिलामा उत्प्रेषणको रीट जारी गर्न मिल्दैन । निवेदकले माग गरेको रीट जारी गर्न नमिल्ने भएमा केशको प्रकृति हेरी अन्य उपयुक्त रीट जारी गर्नेतर्फ विचार गर्दा, निवेदक शिवप्रसाद उपाध्यायका नाउँमा जारी भएको समनमा मालसामान खोसी लगे भन्ने मुद्दामा तपाँइलाई बुझ्नु पर्दा समन जारी गरी पठाएको छ भनी लेखेको र आदेशानुसार सरकारी वकिलले बेञ्चमा प्रस्तुत गर्नु भएको दर्ता किताबमा हेर्दा, सो भ«ष्टाचारतर्फ अनुसन्धानको कारवाई भएको भनी नजनाएको यस अदालतबाट मागिएको जवाफमासम्म भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा समन गरिएको भन्ने लेखिएको छ । बयानमा भ्रष्टाचारको कुरा घुसाएको छ तापनि निचोडमा गएर दिलाई भराई पाउँ भन्नेसमेत लेखिएकोले मुद्दाको प्रकृतिबाट लुटपिटकै देखिन आएकोले अ्रष्टाचारको अनुसन्धानको सिलसिलामा भन्ने बहानामा कारवाई गरिएको देखिएको । मुद्दाको रुप लुटपिटकै देखिन आएको र लुटपिट मुद्दा मेजिष्ट्रेटले (वि.पु.वि.को अधिकार प्रयोग गर्न मैजिष्ट्रेटलेसमेत) हेर्न पाउने अधिकार नभएको हुनाले त्यस्तो मुद्दामा समन गरेको मिलेको नदेखिंदा त्यस्तो अनाधिकृत कामबाट पक्षको हक अधिकार संरक्षणको लागी प्रतिषेध रीट जारी गर्न उपयुक्त देखिएकोले यस्तो अधिकार नभएको हेर्न नहुने मुद्दामा अगाडि कारवाई नगर्नु भनी प्रतिषेधको आदेश जारी गर्नुपर्ने ठर्हछ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : गभर्नमेण्ट एडभोकेट रमानन्दप्रसाद सिंह फैसला १. विपक्षी पुण्यबहादुर थापा मगरको उजुर परेको मालसामान खोसी लगे भन्ने मुद्दामासमेत जारी गरी पठाएको छ भनी विपक्षी मैजिष्ट्रेटज्यूले मेरो नाउँमा समन जारी गर्नु भएको ०२०।७।६ गते मैले पाएँ । उपरोक्त कुराको उजुर विपक्षी पुण्यबहादुरले मैजिष्ट्रेट अफीसमा दिन पाउने र मैजिष्ट्रेटज्यूले त्यस्तो मुद्दाको कारवाई गर्न पाउने अधिकार कुनै कानूनले दिएको छैन । मालसामान लुटी लियौं भने लुटपीट मुद्दा हुँदा अदालतको अधिकार क्षेत्रको हो । मैजिष्ट्रेटज्यूले अदालतको अधिकारमा हस्तक्षेप गर्नुको साथै मलाई दुःख दिन लाग्नु भएकोले संविधानको भाग ३ द्वारा पाएको हकको प्रचलनको लागी अरु उपचारको