निर्णय नं. २७२३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७२३ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/०२ २४८४ निर्णय नं. २७२३ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नम्बर २१२२ आदेश भएको मिति : २०४३।५।२।२ मा निवेदक : पोखरा नगर पञ्चायत वार्ड नं. १७ बस्ने मिरा वदन तिमला विरुद्ध विपक्षी : अञ्चलाधीश, अञ्चलाधीशको कार्यालय, गण्डकी अञ्चल पोखरासमेत विषय : उत्प्रेषण (१) प्रशासन अनुदानबाट तलब खाने गरी गरेको नोकरी अवधि साधारणतर्फ नोकरी अवधिमा जोड्न नमिल्ने भएपछि निजले सो अवधि भन्दा पूर्व ०३०।१०।५ देखि ०३४।१।१५ सम्म व.स.नि.भई गरेको नोकरी अवधि अविछिन्न रहन नगई अस्थायी नोकरी अवधि छुट्न गएबाट निजले प्राप्त गरेको उक्त व.स.नि.भई गरेको अवधिको ज्येष्ठता बापतको अंक समेत दिन मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विद्वान अधिवक्ता श्री प्रकाश बस्ती विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ । २. म निवेदकले मिति २०२८।३।३१ देखि जिल्ला पञ्चायत कार्यालय पोखरामा मुखिया पदमा अस्थायी नियुक्ति पाई २०३१ सालमा सोही कार्यालयमा सहलेखापाल पदमा बढुवा भई २०३२।१०।१३ सम्म कार्यरत रहेको र सो पदबाट राजीनामा गरी लोकसेवा आयोगको सिफारिशमा २०३२।१०।१४ देखि लेखा समूहको सहलेखापाल (राजपत्र अनंकित) द्वितीय श्रेणी पदमा पश्चिमाञ्चल क्षेत्रीय अदालतमा खटिई आजसम्म सो पदमा कार्यरत रहेका अवस्थामा बढुवाको सूचना प्रकाशित भई गण्डकी अञ्चल न्यायाधीशज्यूको अध्यक्षतामा बसेको बैठकले म निवेदकको नाम प्राथमिकतामा १ नं. मा प्रकाशित भएकोमा रामहरि गौतमको उजूरी परी संशोधित नामावली प्रकाशित हुँदा म निवेदकको नाम मात्र हटाइएको सूचना २०४१।१२।२८ मा प्रकाशित हुँदा संशोधित नामावलीमा मेरो नाम किन हटेको हो सो बारे जानकारी पाउँ भनी अञ्चलाधीशको कार्यालय गण्डकी अञ्चल समक्ष जाँदा सो कुराको जानकारी दिन मिल्दैन भनी मौखिक रुपमा फर्काइएकोले त्यसबारे अनभिज्ञ रहेको छु । ३. प्रत्यर्थी मध्येका नारायणप्रसाद शर्मा म निवेदक भन्दा कम नोकरी अवधि भएको व्यक्ति रिकर्डबाट देखिन्छ । सो अघि निज नारायणप्रसाद शर्मा २०३४।१।१६ देखि ०३६।३।२७ सम्म जिल्ला पञ्चायत सचिवालयको प्रशासन अनुसन्धानतर्फको अस्थायी खरिदार पदमा कार्यरत रहेको देखिन्छ । सो अवधिको नोकरी हाल सेवामा रहेको अवधिमा जोड्न नमिल्ने कुरा निजामती किताबखानाको कार्यविधि दिग्दर्शन, २०३८ को परिच्छेद ५ को ५–१ बाट स्पष्ट छ । निजले बचत सहायक निरीक्षक (जसबाट पनि निजले राजीनामा गर्नुभएको छ) पद समेतको नोकरी जोड्न मिल्ने होइन, थिएन, निजको सम्पूर्ण नोकरी जोडी निजलाई बढुवा गर्ने गरी नामावली प्रकाशित गरिएको छ भने समान स्थितिमा रहेको म निवेदकलाई मिति २०२८।३।३१ देखि ०३२।१०।१३ सम्मको नोकरी अवधिलाई नजोडी असमान व्यवहार गरी मेरो नेपालको संविधानको धारा १०(१) प्रतिकूल नामावली प्रकाशित गरिएको छ । निज प्रत्यर्थीको जोड्न नमिल्ने नोकरी मिति २०३९।५।३ मा जोडिएको रहेछ भन्ने कुरा निजामती किताबखानाकै श्रेस्ताबाट देखिन्छ । तर सो नोकरी जोडिएको सम्बन्धमा नक्कल माग्दा सरोकारवालालाई मात्र द