निर्णय नं. २३१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३१ - ज्यान भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०२/०९ २११५ निर्णय नं. २३१ ने.का.प. २०२१ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फौ.फु.नं. ७६ अपिलाट प्रतिवादी : द्रुपदी लिम्बुनी फपरानी लिम्बुनी विरुद्ध विपक्षी, वादी : बेनबहादुर क्षेत्री मुद्दा : ज्यान (१) ज्यानसम्बन्धी मुद्दामा वादीको जिकिर र चस्मदिद् गवाहीहरूको बयानमा सामाञ्जस्यता हुनुपर्ने । (२) खुद लोग्नेले नै मेरो गर्भ भनीसकेपछि अन्यत्र करणी गराई गर्भ रहको भन्न नमिल्ने । वादी वेनबहादुर बस्नेत क्षेत्रीले ०४।८।१५।१ मा दायर गरेको शुरु उजुरमा ०४।१।१२ का दिन अन्दाजी बिहान ३।४ बजेको टायममा म ज्यामरु भन्ने गाउँमा गई म घर फर्कि आउँदा सो दिनमा अन्दाज ९।१० बजेको टायम कमरे भन्ने सिम खेतमा बाटो भएकोले सो खेतमा आइपुग्दा निज अन्यायको लालवीरको घरमा निज अन्यायबालाहरू ३ जना सबै लालवीरको घरमा बसिरहेका र लालवीर लिम्बु र फिपरानी लिम्बूनीसमेत २ जनाले बालक रुवाउँदै सो सिम खेत तिर लगेकाले किन त्यसो गर्छौं भनी मैले भन्दा निज ३ जनाले सिम खेतमा फ्याँक भनी निजहरूले बचन दिएपछि निज फिपरानी लालवीरले सो खेतमा फ्याँकी बालख रुँदा घोप्टो पारी बालख मारेकोले उजुर गर्न आएको छु लास जाँच गरी कर्तव्य गरेमा ऐनबमोजिम सजाय मिलोस भन्ने लेखिदिएको । निजैको ०४।८।१५।१ को खोलुवा बयानको ४ सवालको जवाफमा बालख मारेको कुरा तालुकदारसमेतसँग भनी फिपरानीलाई पक्राउ गर्दा फिपरानीको भाइ लालवीर भन्ने नदेखिएको भाइ भागेकोले हाड नाता करणी लिनु–दिनु भई बालख जन्मेकोले सो कुरा दवाउन कर्तव्य गरी लेखिएको मानिसले मारे दवाएको शंका लाग्छ भन्ने लेखिदिएको । ०५।८।१८।४ मा भएको सरजमिन मुचुल्का हेर्दा, चस्मदिद् सरजमिन मध्ये वर्ष ४१ को धनमाया क्षेत्रीनीको बकपत्र बेनबहादरुको शुरु उजुरीसँग कतै मिल्न नआएको । धन मायाको भनाई अनुसार सो वारदात १२ गतेको नभई ११ गतेको हो र टायमको हकमा बिहान ९।१० बजे नभई दिन ढल्केपछि खाजा खाने टायममात्र भएको र जातक दबाउने सिर्फ द्रुपदीमात्र भएको कसैले बचन दिएको भनी लेख्न नसकेको र प्रतिवादीमध्येका सु. रामबहादुरसमेत ३ जनाले दवाउनलाई मारे नमारेकोसमेत मलाई थाहा छैन धनमायाको कथानुसार द्रुपदीको घरनेरको वारदात देखिएको, वेनबहादुरको भनाईअनुसार लालबहादुरको घरनेरको वारदात देखिएको र अर्को चस्मदिद् गवाई मानबहादुर लिम्बुको व्यहोरा के भने सो मार्ग ११ गतेका दिन फारफुक गर्न लाले लिम्बुले डाकेकाले दिन ढल्केपछि निज द्रुपदीको घर भित्र कोठामा बसी धुप बत्ती गर्न लागेको टायममा जिउँदो जातक जन्मेकोलाई फिपरानीले कुवानेर नेउरा भएको ठाउँमा फाली आएसकेपछि थाहा होला देख्ला छिटो पुर भनी प्र.रामबहादुर खड्ग सिंले भनेपछि फिपरानी लालवीरले पुरी आएकोमा सोही ठाउँमा वादी बेन पनि आई पुगेको भन्नेसमेत बकी लेखिदिएबाट चस्मदिद गवाहकै यस मुद्दाको निर्णयसम्बन्धित महŒवपूर्ण विषयमा परस्पर कुरा बाझिएको देखिएको । देखे भनी बयान गर्ने बेनबहादुरले नै यसले बालखको घाँटी निचोरेको भन्न नसकेको फिपरानी र लालवीरको बीचमा हाडनाता करणी भई गर्भ रहेको भए जातक पैदा हुनुभन्दा अगावै खारखेत गरी सौपुवा गर्न सक्नुपर्ने सो नसकेको । प्रतिवादी मध्येकै खड्ग सिंलेसमेत फिपरानी निजको स्वास्नी हो । मेरो करणी विर्यबाट गर्भ रहेको भनी जिकिर लिएको । यदि फिपरानी निजको स्वास्नी भई हाड नातामा परी गर्भ रहेको भए त्यस्तो हाडनातामा भजिनेक