निर्णय नं. २७२४ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७२४ - उत्प्रेषण समेत भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/०६ २४८४ निर्णय नं. २७२४ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. १७२३ आदेश भएको मिति : २०४३।५।६।६ मा निवेदक : विराटनगर नगर पञ्चायत वार्ड नं. ६ बस्ने बद्री अधिकारीसमेत विरुद्ध विपक्षी : प्र.जि.अ.जि.का.मोरङ, विराटनगरसमेत विषय : उत्प्रेषण समेत (१) विशेष प्रहरीको हैसियतले अनुसन्धानको कारवाही गर्न आवश्यक सम्झी धरौटी माग गर्दा आमा तथा श्रीमतीका नाउँको घर जग्गा धरौटी दिन मञ्जूर गरे अनुरुप धरौटी दिएका र रोहवरमा बद्री अधिकारी बसेको भन्ने समेत उल्लेख भएको पाइयो । यस्तो स्थिति विशेष प्रहरी अधिकृतको हैसियतले प्रमुख जिल्ला अधिकारीले गरेको कारवाही अनाधिकार देखिन आएन । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमार आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. निवेदक मध्येको म बद्री अधिकारीले बस राखेर सञ्चालन गर्न चाहीं दिल्लीमा बस अर्डर गरेको थिएँ । सो सञ्चालन गर्न केही व्यक्तिलाई अस्थायी नियुक्ति दिएको थिएँ । पञ्जावमा भएको घटनाचक्रको परिणाम मैले अर्डर गरेको बस आउन सकेन अतः मैले नियुक्ति गरेका मध्ये केहीले काम गरे बापत केही तलब पनि पाए । कतिपयले हाजिरै हुन परेन । २०४२ साल श्रावणको दोश्रो हप्तामा नचिनेका २ जना प्रहरी आई तपाइलाई जि.का.मोरङमा बोलाएको छ भनी मलाई पुर्जी नदिई मेरो घरबाट लिई गए । जि.का.मोरङ्गमा पुगेपछि प्र.जि.अ.ले मेरो व्यापरिक कारोबार बारे सोधपूछ गरी मेरा विरुद्ध उजूर गर्ने केही व्यक्तिहरूको निवेदनपत्रलाई आधार बनाई उनीहरूको एकोहोरो भनाई बमोजिम रुपैयाँ दिनु भन्नु भयो । मैले दिनुपर्ने अवस्था छैन भनेपछि लेखेको व्यहोरा पढ्न नदिई दस्तखत गर भनेपछि नपढी गर्दिन भन्दा बिना पुर्जी २ दिन जि.प्र.का.मोरङ्गमा थुनामा राखियो । दुई दिन दुई रात थुनामा यातना पछि पुनः दस्तखत गर भनेपछि थुनाबाट मुक्त हुने उपाय नदेखी सही हालि दिएँ । पछि २०४२ श्रावण मसान्तसम्म तिर्नु पर्ने ठहर भएको रुपैयाँ नबुझाए पुनः थुनामा राखिने छ भनी धम्की दिई छाडियो । त्यसपछि पुनः ०४२।४।२१ मा उपस्थित गराई फेरि रकम बुझाउन भन्दा सो रकम बुझाउन नपर्ने व्यहोरा अवगत गराएँ । पुनः थुनामा राख्‍ने काम भयो त्यसपछि भाद्र ९ गते पुनः ठाउँ ठाउँमा सही हाल्न बाध्य गराइयो व्यहोरा पढेर सुनाइएन । त्यसको भोलिपल्ट ०४२।५।१० का दिन पुनः बन्दीकै अवस्थामा प्र.जि.अ. समक्ष पेश हुँदा मेरो आमा निवेदक मध्येको अम्बिका देवीलाई पनि उपस्थित गराइएको रहेछ । छोरालाई छोडाउने भए तपाइका नामकै घर जग्गा धरौटी राख्‍नु होस् नत्र तपाइलाई पनि थुनामा राख्छु भनी मोरङ्ग बखरी गा.पं.वडा नं.७(ख) हाल विराटनगर न.पं.वार्ड नं.६ कायम भएको कि.नं.४० को ०–२–० दुई कठ्ठा जग्गा र सोमा बनेको घर धन जमानीमा राख्‍न मञ्जूर छ भनी कागज गराइएको छ । सो रोक्का राख्‍न मा.पो.का.मा ०४२।५।१२ मा पत्र लेख्‍नु भएको छ । तैपनि म वादीलाई छाड्नु भएन । ०४२।५।१२ मा श्रीमती रुकमणीलाई ल्याई रुकमणीको दाइजोको जि.सुनसरी इनरुवा गा.पं.अन्तर्गतको २ विगहा १० कठ्ठा जग्गा पनि धरौटीमा राख्‍न लगाई सो पनि रोक्का राख्‍नु भनी अनधिकृत रुपले मालपोतलाई पत्र