निर्णय नं. २७२५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७२५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/१८ २५७१ निर्णय नं. २७२५ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १४६६ आदेश भएको मिति : २०४३।५।१८।४ मा निवेदक : ल.पु.न.पं.वा.नं.३ सानेपा बस्ने अ.स.ई.श्यामकुमार थापा विरुद्ध विपक्षी : प्रमुख अधिकृत, नेपाल जनसम्पर्क प्रधान कार्यालय, बरफवाग, काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) अनधिकृत व्यक्तिबाट रिट निवेदक उपर स्पष्टीकरण लिने समेतको कारवाही भई सो को आधारमा निजलाई उपप्रमुख अधिकृतले सो सेवाबाट हटाउने कार्य भएको देखिएकोले त्यस्तो कार्यलाई कानुन बमोजिम भएको मान्न मिलेन । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार छ । २. इमान्दारी साथ कर्तव्यनिष्ठ भई काम गरी आएका सहायक निरीक्षक पदका निवेदकलाई त्रि.वि. स्थल भन्सार कार्यालय मा अवैध माल सामान ल्याएकोले पक्राउ भई कारवाही चलेकोमा भ्रष्टाचारपूर्ण तरिकाले राजश्व चुहावट गरी सो कारवाहीलाई मिलाई दिने भनी सम्बन्धित व्यक्तिसँग बदनियतसाथ रुपैयाँ मागी लिने खाने नियत गरी भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत कसूर गरेको सम्बन्धी अनुसन्धानको सिलसिलामा तपाईलाई “ख” श्रेणीको सिधा खान दिई सो ऐनको दफा १९(२) बमोजिम हिरासतमा राखिएको छ भन्ने थुनुवा पुर्जी दिई ०४०।१२।६।२ मा थुनुवा राखियो । सो थुनुवा पुर्जीमा उल्लेख गरिएको धरौटी रकम रु.४३,२४०।– मिति ०४०।१२।८ मा धरौट राखी त रेखामा छुटेकोमा नेपाल जनसम्पर्क प्रधान कार्यालयका उपरीक्षकबाट ०४०।१२।१६।५ मा निवेदकलाई तपाइले अर्थ मन्त्रालय, राजश्व अनुसन्धान महाशाखाका विशेष अधिकृत (विशेष प्रहरी अधिकृत) श्री टेकबहादुर रायमाझीको इजलाशमा ०४०।१२।७ गते दिएको बयानमा मलाई बुझ्न भनी आदेश दिएको थियो, हाम्रो कुनै पनि अपराधी पत्ता लगाउन लागि लिखित आदेश दिने चलन छैन भनी झुठ्ठा बयान गरी प्रहरी नियमावली, ०३३ को परिच्छेद ९ नियम ५(ङ) अनुसार आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोले सोही नियमावलीको परिच्छेद ९ नियम १(च) अनुसार तपाईलाई किन कारवाही नगर्ने ? ३ दिनभित्र स्पष्टीकरण पेश गर्नु भनी स्पष्टीकरण सोधिएकोमा त्यसको खण्डन गरी मिति ०४०।१२।२०।२ मा स्पष्टीकरण पेश गरेपछि पुनः क्रमश ०४०।१२।२६ र ०४०।१२।३०।५ मा स्पष्टीकरण मागे अनुसार स्पष्टीकरण पेश गरेपछि मिति ०४१।२।२६।२ मा उपरीक्षक नेपाल ज.सं.प.का.ले तपाइले आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेको देखेको हुँदा प्रहरी नियमावली, २०३३ परिच्छेद ९ नियम ५(ङ) अनुसार आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोले सोही नियमावलीको परिच्छेद ९ नियम १(च) अनुसार तपाई सहायक निरीक्षकलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठरिहने गरी नोकरीबाट हटाउने निर्णय गरिएको छ भन्ने व्यहोराको पत्र दिइएपछि कानुन बमोजिम पुनरावेदन गरेकोमा पूर्व निर्णय ठीक देखिएकोले पुनरावेदन खारेज गर्ने भन्ने ०४१।४।२३ को निर्णयको जानकारी पत्र प्राप्त भयो । ३. प्रहरी (संशोधन सहित) नियमावली, २०३३ को नियम ९.१ मा उचित र पर्या