निर्णय नं. २३३ - उत्प्रेषण आदेश जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३३ - उत्प्रेषण आदेश जारी गरी पाउँ भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०३/२५ २००२ निर्णय नं. २३३ ने.का.प. २०२१ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह रीट नं. १७।५६ निवेदक : सतदेव साहु तेली विरुद्ध विपक्षी : म.स.गो.का.बडाहाकिम बद्री विक्रम थापासमेत विषय : उत्प्रेषण आदेश जारी गरी पाउँ भन्ने (१) सुरक्षित किसानको हकसम्बन्धी झगडामा भूमीसम्बन्धी ऐन, २०१४ को दफा १८।३ बमोजिम कारवाई हुनु पर्ने – बडाहाकिम र मालका हाकिमले दण्ड जरिवाना गरेको कानूनी भन्न नहुने । भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को उपदफा ३ बमोजिम हेरी अन्तिम निर्णय गरेको भन्ने विपक्षीहरूले लिखित जवाफ दिन भएकोमा प्रमाण निमित्त झिकाई आएको निवेदकले अनाधिकार निर्णय गरेको बदर गरी पाउँ भनी दावी लिएको ०१७।८।१४।३ मा म.स.गो. का बडाहाकिम र म मालका हाकिम भइ निर्णय गरेको मिसिल हेर्दा, पहिले उजुर सुनी कारवाई बडाहाकिम आफैंले गर्नुभई आखिर फैसला गर्दामात्र मालका हाकिम विपक्षी बद्री नाथसमेत भई फैसला भएको र निवेदकसमेतलाई जम्मा रु. १०२।– दण्डसमेत गरी फैसला भएको देखिएको र उक्त भूमिसम्बन्धी ऐनका दफा १८ को उपदफा ३ मा “सुरक्षित किसानको यो ऐन अन्तर्गतको हक अधिकार प्राप्तिमा झगडा पर्न आएमा त्यस्तो उजुरीको किनारा लगाउन जिल्ला बडाहाकिम वा मेजिष्ट्रेट वा निजले मनोनीत गरेका सरकारी कर्मचारी र इलाका मालका हाकिमले जो बुझ्नु पर्छ सबुद प्रमाण सर्जमिन बुझी निर्णय गर्ने छ र यस्तो निर्णय अन्तिम हुनेछ” भन्ने लेखिएको हुनालेउपरोक्त लेखिएबमोजिम कारवाई गरी फैसला गरेको कानूनसंगत नदेखिएको र उल्लेखित ऐनका कुनै दफाले पनि विपक्षी बडाहाकिम र मालका हाकिमलाई दण्ड जरिवाना गर्ने अधिकार प्रदान गरेको नेदेखिएको हुनाले उत्प्रेषणको आदेश जारी गरी म.स.गो. र म. मालका हाकिमले ०१७।८।१४।३ मा बेरीतसगँ नभएको बढी अधिकार प्रयोग गरी गरेको निर्णय बदर गर्नुपर्ने ठर्हछ । (प्रकरण नं. ८) निवेदक तर्फ : प्लिडर इच्छा हर्ष विपक्षी तर्फ : गर्भमेष्ट एडभोकेट जगन्नाथ उपाध्याय आदेश १. मौजे धबौली नं. १९३।२३४।२२८ को मेरो मोहिया हकको ११३ जग्गा प्रतिवादीले खिचोला गर्‍यो भन्ने वादी । हामीले नै कमाई आएको त्यस जग्गा मध्ये १९३ मा गोपालसमेतले लुटेको भनी नालेस गरेकोमा सो जग्गा सतदेवले बाली लगाई आएको छ भन्ने प्रतिवादी बयान । वादी सुरक्षित किसान ठर्हछ । अपील गर्न नपाउने भनी ०१७।८।१४ मा फैसला गरेको । भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८।३ बमोजिम बडाहाकिम र मालको हाकिम भई अन्तिम हुने हुँदा अपील दिन निस्सा हुँदैन भन्ने डिभिजन बेञ्चबाट भएको ०१९।४।५।२ को फैसला सो डिसमिस जगाई पाउँ भन्ने निवेदनमा ऐन सवालबमोजिम गर्नु भन्ने प्रधान न्यायाधीशज्यूको आदेश । माल गोश्वरालाई अधिकारै नभएको भूमिसम्बन्धी ऐनको १८।३ दफा यसमा लाग्दैन । नलाग्ने हुँदा अनाधिकार निर्णय बदर गराई पाउँ भन्नेसमेत ०१९।८६।४। को जि.प्र.मौजे धवौली बस्ने सतदेव साहु तेलीको निवेदनपत्र । २. निवेदकमा मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो । १५ दिन भित्र लिखित जवाफ पठाउनु होला भनी विपक्षी बडाहाकिमलाई लेखी पठाई सोबमोजिम भई आएपछि पेश गर्नु भन्ने ०१९।८।७।५ को सिंगलबेञ्चको आदेश । ३. म.स. गोश्वराका बडाहाकिम र म मालका हाकिमसमेत भई कानूनको रीत पुर्‍याई हक इन्साफ भएको फैसलाउपर विपक्षीले कदापि रीट जारी गर्न लगाउन नपाउने हुनाले विपक्षीको झुट्टा दावीबाट फुर्सद पाउँ भन्नेसमेत ०१९।१२।२७।३ मा दाख