निर्णय नं. २७२६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७२६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/१९ २३७९ निर्णय नं. २७२६ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं.२३७० आदेश भएको मिति : २०४३।५।१९।५ मा निवेदक : जि.बाँके, नेपालगञ्जस्थित भरतकिशोर विडी फ्याक्ट्रीको नेपालगञ्ज न.पं.वा.नं. ५ बस्ने भरतकिशोर बैश्य विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थ मन्त्रालय, बागदरबार काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) प्रतिष्ठान आफैंले प्रतिष्ठानबाट उत्पादित वस्तुमा खुद्रा मुल्य कायम गर्न सक्ने भए पनि त्यस्तो खुद्रा मुल्य कायम गर्ने प्रयोजनको लागि उत्पादकले पाउने मूल्यमा अन्तःशुल्क जोडी हुन आउने रकममा वितरण खर्च वा सो बापत निश्चित प्रतिशत थप गरी बिक्री गर्न सक्ने कानुनी व्यवस्था देखिन्छ । त्यसरी निश्चित प्रतिशत थप गर्न पाउने गरी श्री ५ को सरकारलाई नै सो अधिकार भएको मान्नु पर्ने देखिन्छ । यसप्रकार कानुनको अख्तियारी बेगर २५ प्रतिशत थप मार्कअप गर्ने निर्णय गरेको भन्ने निवेदन जिकिर कानुनसंगत नदेखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री हरि न्यौपाने विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. आर्थिक ऐन, २०४१ को दफा ४ अनुसूची ६ को देहाय १५ अनुसार बिक्रीकर असूल गर्ने प्रयोजनको लागि बिक्री मूल्य कायम गर्ने सन्दर्भमा श्री ५ को सरकारको मिति २०४१।१०।२३ मा निर्णय भएको कुरा उल्लेख भएको कर विभागको मिति २०४१।११।४ को पत्रलाई सिरोधार्य गरी कर कार्यालयले निवेदकको विडी फ्याक्ट्रीमा मिति ०४१।११।१८ मा पत्र प्रेषित गर्यो । उक्त पत्रको खण्ड १ मा उत्पादित सामानको एक्स फ्याक्ट्री मूल्य र मुनाफा सहित प्रचलित कानुन बमोजिम लाग्ने अन्तःशुल्क बाँडी हुन आउने कुल रकममा वितरण खर्च वा सो खर्च बापत निम्न वस्तुमा निश्चित प्रतिशत थप मार्कअप गरी बिक्रीकर प्रयोजनको लागि बिक्री मूल्य कायम गरी बिक्रीकर असूल गर्ने भन्ने व्यवस्थानुसार बिडीमा २५ प्रतिशत थप मार्कअप गर्ने साथै उपयुक्त व्यवस्था २०४१।३।२६ देखिको बिक्रीमा लागू हुने भनिएको छ । तत्पश्चात २५ प्रतिशत मार्कअप नगरी बील काटी बिक्रीकर असूल उपर गरेको भनी म निवेदकको विडी फ्याक्ट्रीलाई २०४१।३।२६ देखि बिक्री भइसकेको बिक्री मूल्यमा मार्कअप गरिने २५ प्रतिशतको सन्दर्भमा हिसाब गरी २०४१ साल फाल्गुणसम्मको नपुग बिक्रीमा भनी रु.७२३५।२५ दाखिला गर्न ल्याउनु भनी ०४१।१२।१९ मा पत्र पठाइएको छ । ३. आर्थिक ऐन, २०४१ को दफा ४ को अनुसूची ६ को देहाय १५ को प्रावधान अनुसार उत्पादित बस्तुको खुद्रा मूल्य कायम गर्ने अधिकार सम्बन्धित प्रतिष्ठान स्वयंलाई दिइएको छ । सो खुद्रा मूल्य कायम गर्ने प्रयोजनको लागि उत्पादकले पाउने मूल्यमा अन्तःशुल्कको र वितरण खर्च वा सो वापत निश्चित प्रतिशत थप गरी बिक्री मूल्य कायम गर्ने भनिएको हुँदा बिक्रीकर खुद्रा मूल्यमा लगाइने र सो खुद्रा मूल्य कायम गर्ने अधिकार सम्बन्धित उद्योगले पाउने मूल्यमा अन्तःशुल्कको रकम र वितरण खर्च वा सो वापतको निश्चित प्रतिशत थप गरी बिक्री मूल्य कायम