निर्णय नं. ३१६१ - दोहोरो लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१६१ - दोहोरो लेनदेन भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/०८ २८४९ निर्णय नं. ३१६१ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ६३७ मुद्दा : दोहोरो लेनदेन । निवेदक/वादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ सीवहाल बस्ने देवमुनी शाक्य । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. लखाछें बस्ने चीरीकाजी शाक्य । ऐ.ऐ श्री बहाल बस्ने लक्ष्मीज्योती शाक्य । फैसला भएको मिति:२०४४।३।८।२ मा वादीको लिखत पहिले नै पास भइसकेपछि मात्र प्र. को लिखित पास भएको देखिन आएकोले ऐनमा भएको व्यवस्था बमोजिम वादीको अघिल्लो लिखत कायम भई प्र.को पछिल्लो राजीनामा कायम रहन नसक्ने । (प्रकरण नं.१०) लेनदेनको २८ नं. मा भएको व्यवस्थाबाट एकालाई राजीनामा लिखत गरी दिई सकेको अचल फेरि दोहोरो पारी अरुलाई राजीनामा गरिदिएको ठहरेमा त्यस्तो दोहोरो पारी राजीनामा दिनेलाई पछिल्लो लिखितमा बिगो खुलेको भए सोही बिगो बमोजिम जरिवाना हुने । (प्रकरण नं. १०) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधान: मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफमा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी देवमुनी शाक्यको पर्न आएको निवेदनमा यस अदालत डिभिजन बेञ्जको मिति २०४२।११।८ का आदेशले अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. ललितपुर गावहालटोल सिवहालको ब्लक नं. २१।७३३ दक्षिण मोहडा, पूर्वपश्चिम लंग दुईनाले लम्वाई फिट ७ लाइन ५ चौडाई उत्तर दक्षिण २०७।। चार तले जस्ताको छाना भएको घर र सो घरसँगै उत्तरपट्टी जोडिएको पूर्वपश्चिम लम्वाई ७।५ उत्तर दक्षिण चौडाई फिट १४७।। को घर पाताल २०३४।६।५ मा रु. १०,००१।– मा लक्ष्मीज्योतिको घरसारमा फार्छे गरिदिनु भएको । समयमा पास गरिदिनु नभएकोले नालेश परी ललितपुर जि.अ.बाट २०३५।४।२९ मा पास हुने ठहरी २०३६।७।२५ मा रजिष्ट्रेशन भएको थियो । यस्तो घर जग्गा विपक्षी लक्ष्मीज्योतिले २०३६।९।२४ मा चीरीकाजीलाई बिक्री गर्नु भएको, सो काम लेनदेन व्यवहारको २५ नं. विपरीत भएको, सोही महलको २७ नं. ले लिखत बदर हुने भएबाट लक्ष्मीज्योतिलाई लेनदेन व्यवहारको २८ नं. बमोजिम र चीरीकाजीलाई दण्ड सजायँको १२ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको देवमुनी शाक्यको फिरादपत्र । ३. रजिष्ट्रेशनको २० नं. बमोजिम न्हेडिक तिरेको फट्टा वा निस्सा ल्याएपछि मात्र रजिष्ट्रेशन गराइदिने कानूनी व्यवस्था भएकोले सो बमोजिम नभएको, लक्ष्मीज्योतिको मगज ठीक नभएको बेलामा पहिलेको मिति हाली कागज गरेको समेतबाट वादी दावी झुठ्ठा हो भन्ने समेत चीरीकाजीको प्रतिउत्तरपत्र । ४. म २०२९ सालमा छानाबाट खसी मगज बिग्रेको समेत कारणले २०३० सालदेखि सेण्ट जेभियर्स सामाजिक सेवाश्रममा रहेका, विपक्षी देवमुनीले २०३४।११।२२ मा मलाई लैजान दर्खास्त दिए बमोजिम सेवाश्रमले २०३४।१२।७ मा निजको साथ लगाई पठाएको र सो अवस्थामा विपक्षीले मौका मौकामा कागजमा ल्याप्चे गराएकोमा मेरो अद्यावधि मगज ठीक नभएकोले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको लक्ष्मीज्योतिको तर्फबाट राजेन्द्रमुनी शाक्यले दिएको प्रतिवेदन । ५. वादीले लक्ष्मीज्योतिबाट २०३७।७।२५ मा पास गराई दिएको राजीनामा शर्त सहितको भएको, निज वादीले लेनदेन व्यवहारको २६ नं. बमोजिम बन्धकी थैली