निर्णय नं. ९०६४ - मानव बेचबिखन तथा ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०६४ - मानव बेचबिखन तथा ओसारपसार भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०६९/१०/१७ ६०१४ नेकाप २०७० अङ्क १० नि.नं.९०६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री सुशीला कार्की फैसला मिति : २०६९।१०।१७।४ ०६७-CR-०४८९ र ०६७-CR-१०९९ मुद्दा :– मानव बेचबिखन तथा ओसारपसार । पुनरावेदक/वादी : सुष्मा दनुवार राईको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक, कात्तिके देउराली गाउँ विकास समिति वडा नं. ७ घर भई हाल काठमाण्डौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर बस्ने दिनेश परियार भन्ने सनमान नेपाली पुनरावेदक/प्रतिवादी : जिल्ला सिन्धुपाल्चोक, सिखरपुर गाउँ विकास समिति वडा नं. ७ घर भई हाल कारागार कार्यालय, पर्सा वीरगञ्जमा थुनामा रहेको काले दमाई विरूद्ध प्रत्यर्थी/वादी : सुष्मा दनुवार राईको जाहेरीले नेपाल सरकार § घटनाबाट पीडित व्यक्तिले घटनाको तत्कालपछि व्यक्त गरेको कुरा अदालतले प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा लिनुपर्ने । § आफूलाई बिक्री गरेको ठाउँबाट भागी काठमाण्डौ आई प्रहरीसमक्ष व्यक्त गरेको कुरा अदालतमा सनाखत गरी दिएको र पछि साक्षी सरह अदालतमा उपस्थित भई सोही बमोजिम बकपत्र गरी दिएकोसमेत अवस्थामा निजको सो कथन प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रमाणमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो प्रत्यक्ष प्रमाणको विद्यमानतामा प्रतिवादीको इन्कारी बयान मात्र निजको निर्दोषिता प्रमाणित हुन नसक्ने । (प्रकरण नं.५) § प्रतिवादीले पीडितलाई काठमाण्डौंबाट कलकत्ता लगी सोबापत रकमसमेत प्राप्त गरेको देखिएबाट निजले बिक्री गरेको मान्नुपर्ने र सो कुरा अदालतमासमेत स्वीकार गरेको देखिएको र अदालतमा स्वइच्छापूर्वक व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम अभियुक्तको विरूद्ध प्रमाणमा लिनुपर्ने । (प्रकरण नं.७) पुनरावेदक/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता लिलामणि पौडेल अवलम्बित नजीर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ (१) क प्रमाण ऐन, २०३१ को दफा ९ शुरू तहमा फैसला गर्ने :– मा.न्या.श्री लेखनाथ घिमिरे पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री तेजबहादुर के.सी. मा.न्या.डा.श्री आनन्दमोहन भट्टराई फैसला न्या. रामकुमार प्रसाद शाह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६६।९।२१ को फैसलाउपर वादी, प्रतिवादी दुबैपक्षबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय निम्नानुसार रहेको छ :– म जाहेरवालीको श्रीमानले कान्छी श्रीमती ल्याई बेवास्ता गरेपछि बच्चाहरूलाई माइतीमा राखी गलैँचा कारखानामा काम गरी पैसा पुर्‍याई मिति २०६४।५।२८ गते काठमाडौं आउँदा ढीलो भै प्रतिवादी दिनेशको कोठामा गई बसेँ । त्यसको केही बेरपछि प्रतिवादी आई परिचय गराइदिए र कालेले मलाई गलैँचामा काम गर्न हुँदैन, रोग लाग्छ म तिमीलाई काँकडभिट्टामा चिनेको मान्छको घरमा काम लगाई दिन्छु, तलब पनि राम्रो हुन्छ भनी त्यस रात त्यहीँ कालेको कोटेश्वरस्थित कोठामा बसी भोलिपल्ट बिहान त्यहाँबाट बौद्ध दक्षिणढोकामा लगी त्यहाँबाट बेलुकी अं. ३:०० बजेतिर काठमाण्डौं कलंकीसम्म दिनेश परियारसमेतले पुर्‍याउन गए । कलंकीबाट प्रतिवादी काले दमाईले साथमा एकजना राम भन्नेको अं.