निर्णय नं. २७२७ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७२७ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/२५ २२७७  निर्णय नं. २७२७ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं.२१३७ आदेश भएको मिति : २०४३।५।२५।३ मा निवेदक : बारा जिल्ला हरैया गा.पं.वार्ड नं. ७ बस्ने ध्रुवप्रसाद केशरी विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय बारा कलैयासमेत विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ (१) मोही लगत कट्टा तथा प्रमाणपत्र बनाई पाउँ भन्ने अलग अलग मितिका निवेदन भएकोमा मोही कट्टातर्फ मोही लगत कट्टा हुने वा नहुने माग दावी बमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुधिर श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल विद्वान अधिवक्ता श्री प्रकाश बस्ती आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. जि.वारा, सिहोर्वा गा.पं.वा.नं. ६ बस्ने प्रेम चौधरी थारुले आफ्नो नामको ऐ.गा.पं.को वा.नं. ७(क) कि.नं. ५ को ज.वि. १–४–० अवल जग्गा बिक्री गरी मिति ०३०।११।४।६ मा राजीनामा लेखी दिएकोमा सो लिखत ऐनको म्यादभित्र पारीत नगरिदिएकोले बारा जिल्ला अदालतमा नालिश दिँदा मिति २०४३।३।३१ मा पारीत हुने ठहरी मेरो नाममा दाखेल दर्ता भई जग्गाधनी प्रमाण पूर्जा लिएकोमा सो प्रमाण पूर्जामा कसैको नाम मोहीको रुपमा लेखिएको छैन । यसै बीच इमामद्दीन मियाले उल्लिखित जग्गामा मोही भई साल बसाल जोतकोड गरी अघि बाली खलैमा विपक्षी जग्गा धनीलाई बुझाउँदै आएकोमा २०२४ साल देखि २०२८ साल सम्मको कूत भर्पाई र नापी टोलीबाट पाएको अस्थायी निस्सा समेत ०२८ सालको आगलागीमा परी डढेकोले ०२९ सालको कूत बाली बुझाएको भर्पाईको नक्कल राखी मोहीको स्थायी निस्सा पाउँ भनी भूमिसुधार कार्यालयमा निवेदन दिएको रहेछन । भूमिसुधार कार्यालयबाट विपक्षीलाई मोही कायमै राखी मोही प्रमाणपत्र बनाई दिने भनी मिति २०४१।११।३०।४ मा निर्णय गरेको । ३. प्रेम चौधरी थारुबाट २०३० सालमा उक्त जग्गा राजीनामा लिई यद्यापी रुपमा भोग चलन गर्दै आई रहेको जग्गा बिक्री गर्ने साहूले ऐनका म्यादभित्र राजीनामा रजिष्ट्रेशन पास नगरी दिएकोले अदालतमा नालेश परी पास हुने ठहरी मेरो नाउँमा दाखेल दर्ता समेत भई जग्गाधनी पूर्जा समेत पाएको छु । सो जग्गाधनी पूर्जाम कसैको मोही भनी जनिएको छैन । यसरी कुनै कसैको मोहियानी भएको जग्गा नभएकोमा विपक्षीले केवल ०२९ सालमा साविक जग्गाधनी र ०३२ सालमा उप प्रधानपञ्चलाई कूत बुझाएको भर्पाई मात्र पेश गर्नुभएको छ । यदि विपक्षी हक प्राप्त मोही भएको भए भू.सु. ऐनको दफा २५(१) को दावी लिन सक्नु पथ्र्यो सो दावी लिन सक्नु भएको छैन र दफा ३४(१) कबूलियत भएको कुरा पनि दावी गर्नु सक्नु भएको छैन । ४. अतः भूमिसुधार कार्यालय बाराले विपक्षीलाई मोही कायम गरी स्थायी निस्सा बनाई दिने भनी गरेको निर्णय भू.सु. ऐन, २०२१ को दफा २५(१), ३४, ३६(२) को प्रत्यक्षतः त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर । ५. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश बमोजिम प्राप्त भएका लिखितजवाफको जिकिर संक्षेपमा यसप्रकार छ । ६. जग्गा धनीले भोगबन्धकी फर्छ्य