निर्णय नं. ३१६२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१६२ - जालसाजी भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/०८ २४९७ निर्णय नं. ३१६२ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४७९,४८० मुद्दा : जालसाजी । पुनरावेदक/प्रतिवादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ सिवाहाल बस्ने देवमुनी शाक्य । विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. तखाछें बस्ने चीरीकाजी शाक्य । पुनरावेदक/वादी: ल.पु.न.पं. वडा नं. २१ सिवहाल बस्ने चीरीकाजी शाक्य विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने देवमुनी शाक्य । ऐ.ऐ बस्ने लक्ष्मीज्योती शाक्य । ऐ.ऐ बस्ने वेखामान शाक्य । ऐ.वडा नं. ९ बस्ने शान्तमान शाक्य । ऐ. वडा नं.३ झम्सिखेल बस्ने लक्ष्मी बहादुर दुवाल । फैसला भएको मिति: २०४४।३।८।२ मा फौज्दारी मुद्दामा कुनै व्यक्तिले झुठ्ठा प्रमाण बनाई रिसइवीले वा मनासिब माफिकको कारण वा तथ्य नभई कुनै व्यक्ति उपर मुद्दा चलाएको ठहरेमा त्यस्तो व्यक्तिलाई सजायँ गर्ने व्यवस्था भएको, तर पोल उजूर गर्दा रिसइवी रहेनछ वा पोल उजूर गर्नु पर्ने मनासिब माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजूर गर्ने व्यक्तिलाई सवै वा केही सजायँ नगर्न सक्ने । (प्रकरण नं. १७) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४२।८।४ मा भएको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्र.देवमुनी शाक्य तथा वादी चीरिकाजी शाक्यको पर्न अएको छुट्टाछुट्टै निवेदनमा यस अदालतको मिति २०४२।११।८ को आदेशबाट अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ: २. विपक्षी मध्ये लक्ष्मीज्योती शाक्यले तेजमुनी शाक्यलाई रु. १,००१।– कर्जा लिए बापत पूर्व ज्ञानमुनीको घर गल्ली बाटो, पश्चिम सप्तमायाको भागको मोतीराजले किनेको घर, उत्तरमा कमाइको केववारी दक्षिण मूल सडक यति ४ किल्ला भित्रको ल.पु. गावहाल ब्लक नं. २१।७७३ को घर र सो घरले चर्चेको उत्तर पट्टि जोडिएको घरपाताल हाल नापीमा ललितपुर न.पं. वार्ड नं. २१ कि.नं. ५९६ कायम भएको छ । सो सम्पत्ति २०२९।११।१२ मा पास गरी भोगबन्धकी लिनु दिनु गरेको थियो । भोगबन्धकी कागज तेजमुनी शाक्यले मलाई घर बन्धकीको कागज गरी मिति २०३६।८।२ मा लिखत गरी २०३६।८।२ मा रजिष्ट्रेशन गरिदिनु भएको उक्त सम्पत्ति २०३६।९।२४ का दिन धनी लक्ष्मीज्योति मार्फत १६,००१।– मा फार्छे गरी भोगचलन गरिआएको थिएँ । यस्तैमा लक्ष्मीज्योति दिने, देवमुनी लिने गरी २०३४।६।५ को मितिमा घरसारमा कागज गरी मिति २०३५।४।२९ मा एकातर्फी गरी मिली ल.पु.जि.अ.बाट फैसला गराई सोही आधारमा २०३६।७।२५ मा मालपोत कार्यालय मार्फत रजिष्ट्रेशन पास गराउनु भएको रहेछ । यसरी एकालाई लिखत गरिदिई सकेपछि जानीजानी अर्को लिखत दिन नहुने र लिनेले पनि लिन नहुने कुरा लेनदेन व्यवहारको २५ नं. को प्रतिकूल भएको भोगबन्धकी तिरेको निस्सा राख्नु पर्ने कुरा रजिष्ट्रेशनको २० नं. मा प्रष्ट छ । तसर्थ लिखत बदरमा छुट्टै नालेश गरेको छु । यसरी भएको वास्तविकता लुकाई लक्ष्मीबहादुरले लेख्ने बेखाराम, शान्तराम बसी कागज खडा गरी मिलुवा मुद्दा समेत गरी रजिष्ट्रेशन पास गरी लिँदा कीर्ते कागजको ३ नं. बमोजिमको अपराध गरेको हुँदा विपक्षीहरूलाई कीर्ते कागजको १० नं. बमोजिमको सजा