निर्णय नं. २३४ - गोली हान्यो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३४ - गोली हान्यो भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०३/०३ २४२२ निर्णय नं. २३४ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय फौ.फु.नं. ५४ निवेदक, वादी : पदमबहादुर खत्री बिरुद्ध विपक्षी प्रतिवादी : डम्बरिसंह महत क्षेत्री मुद्दा : गोली हान्यो (१) वारदात देख्ने चस्मदिद गवाहहरूको बयानमा नै मिलान नभए र गवाह अभियुक्तको झगडियासमेत भएमा गवाहको बयानलाई अन्य सबुद प्रमाणबाट समर्थित हुन नआएमा अभियुक्तलाई शंकाको सुविधा प्राप्त हुने । पदमबहादुरको साथमा भारी बोकी आउने भरिया भनेको अमृतबहादुरले पदमबहादुर ८।९ गज अघि थिए । बन्दुकको ढ्याम ढ्याम आवाज आएकोले के हो भनी हेर्दा, दाहिने हातमा बन्दुक त्यर्सो पारी लिई बुट्यानको छेका गर्दै डम्बर सिंह र निजको जेठो छोरा (यज्ञमान सिं) भागी उकालोतर्फ लागेको भनी र २०।२५ गज फरक भारी बिसाइ बसेको पछि घटनास्थलमा आएको च्यूरा बोकी जाने भनेको इमान सिंले बन्दुकको ढ्याम ढ्याम आवाज आएको सुनी कसले चरा हानेछ भनी हेर्दा, डम्बर सिंह महत हेमबहादुर भाट क्षेत्री भाग्न लागेको देखे भनी बयान गरेको । घटनास्थलकै नजिक भएका भनेको उक्त व्यक्तिहरूमा १ जनाले डम्बर सिंको साथमा निजैको जेठो छोरालाई र अर्कोले हेमबहादुरलाई देखेको भनी भनेको बुझिएको सरजमिनहरूबाट प्र.डम्बर सिंलाई शंका गरे पनि निजै इमान सिं अमृतबहादुरको भनाइलाई आधार लिएको डम्बर सिंले पदमबहादुरसमेत ५ जनालाई ३ गोलीका भावी हुन भनी हिडेका भनी सरजमिनका कसैले भने पनि सो भनाइलाई खम्बिर हुने सबुद पुर्‍याउन सकेका देखिएन । वारदातको अगिल्लो दिन ०१४ साल बैशाख २४ गते प्रतिवादी डम्बर सिं नुवाकोट मालमा भइ लिखत पास गरेको । त्यसको भोलीपल्ट वारदात भएकै दिन नुवाकोट अदालतमा सबै भन्दा पहिले निजले फिराद दर्ता गरेको दायरी किताबसमेतबाट देखियो । घटनास्थलबाट नुवाकोट इलाका अदालत १२ माइलको टाढा भन्ने सर्भेको जवाफ आएको बैशाख २४ गते नुवाकोट मालमा भएका व्यक्ति सोही दिन घरमा गई भोलीपल्ट २५ गते पदमबहादुर सदर (काठमाण्डौ) आउने कुरो पतो लगाई आई ढुकी गोली हानी उसै बखत बर्ष ६३ को उमेर पुगेको डम्बर सिं १२ माइल टाढा अदालतमा गई सबै भन्दा पहिले फिराद दर्ता गरेको होला भन्ने कुरा सम्भव नदेखिने । डम्बर सिंलाई वारदातमा देखें भन्ने चस्मदिद भनिएको अमृतबहादुर यमान सिंको बयानलाई अन्य कुनै सबुद प्रमाणबाट समर्थित हुन नआउनेमात्र हैन कि आफू प्र.डम्बर सिंसँग मुद्दा दायर भइ झगडा परेको भनी खुदे अमृतबहादुरले बयान गरेकोबाट सबुदको अभावमा झगडिया अमृतबहादुरसमेतको भनाइ खम्वीरमानी प्र.डम्वर सिंले नै वादीलाई गोली हानेको भन्ने मिल्ने देखिएन । तसर्थ प्र.डम्वर सिंलाई शंकाको सुविधा दिने ठहराएकोसमेत नेपाल बिशेष अदालतको इन्साफ मनासिव गरी ०१८।१२।८।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिव (प्रकरण नं. १६) निवेदक तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, एडभोकेट कृष्णप्रसाद घिमिरे विपक्षी तर्फ : प्लिडर हेरम्भप्रसाद फैसला १. २०१४ साल बैशाख २५ गतेका दिन बिहान कविलाश ठाटो भंज्याङबाट शहर आउन लागेको साथमा अमृतबहादुर, इमान सिं थिए । ८।९ गज पछि अमृतबहादुर २५।३० गज पछि इमान सिं हिडेको झोर कटहरी भंज्याङ यता खोल्सीनेर काठमाडौं इलाकातर्फ आईपुगेपछि अं. १०।४५ बजेको टायममा बन्दुकको आवाज आइ मलाई गोली लागी भैमा लडें । अमृतबहादुरले समाते डम्बर सिंले मारे । हरे १ भनी चपक्क च्पापी उठा