निर्णय नं. २७२९ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७२९ - उत्प्रेषण समेत भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२० २३२४ निर्णय नं. २७२९ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं.१८९२ आदेश भएको मिति : २०४३।४।२०।२ मा निवेदक : ल.पु.न.पं.वार्ड नं. २ बस्ने केशव शमशेर ज.व.रा विरुद्ध विपक्षी : मालपोत कार्यालय ललितपुर विषय : उत्प्रेषण समेत (१) जबसम्म मालपोत कार्यालयको टिप्पणी निर्णयलाई समितिले मान्यता दिएर मालपोत विभागको स्वीकृति प्राप्त भएको हुँदैन तबसम्म निवेदकको हक हनन् भइसकेको भन्न मिल्दैन । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणि दाहाल आदेश न्या.हरगोविन्दप्रसाद सिंह प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. मेरा पिता सुरेन्द्र शमशेरले गंगादेवीलाई आफ्नो नामको जग्गा मध्ये रोपनी ६–२–० बिक्री गरी दिनु भएको थियो, नापीमा सो जग्गा समेत दाताको नाउँमा ल.पु.न.पं.वार्ड नं. २(ख) कि.नं. २२ मा नापी भएको सो कित्ता फोड भई आखिर कि.नं. २४७ को क्षेत्रफल २०–८–१ भएको बिक्री गरेको जग्गा दामासाहीले ४–१०–२ ठहर भएको जग्गा कि.नं. २४७ बाट कित्ताकाट गरी मेरो कायम गरिपाउँ भनी विपक्षी गंगादेवीले मालपोत कार्यालय ल.पु.मा. ०३५।९।१२ मा निवेदन दिनु भएको र सोही सिलसिलामा पुनः मिति ०३५।१२।५ मा भोग गरी आएको खरिदी ज.रो.४–१०–२ मात्र भएकोले फिल्डमा गई कित्ताकाट गरिपाउँ भनी निवेदन गर्नुभएकोमा स्व.पिता सुरेन्द्र शमशेरको सहमति अनुसार कि.नं. २४७ को क्षेत्रफल, रो. २–८–१ जग्गाको कित्ताकाट भई कायम हुन आएको कि.नं.२६६ र २६७ मध्ये कि.नं.२६६ को रो.४–१०–० जग्गा विपक्षीको नाउँमा श्रेस्ता तयार गरी कि.नं. २६७ को १५–१३–३ सुरेन्द्र शमशेरका नाउँमा कायम गरिएको सूचना मिति ०३२।१२।७ मा दिइयो । विपक्षीले आफ्नो भोगचलनमा जग्गा दर्ता गरेका कि.नं. २६६ र २६७ बाट केही जग्गा सट्टापट्टा गरी भोगचलन गरी आएका छौं । यस्तै कि.नं. २४ को बगैंचा पोखरी आफ्नो साविक दर्ता भित्रको भई दर्ता हुन बाँकी भएकोमा सुरेन्द्र शमशेरले दर्ता गरिपाउँ भनी निवेदकको नाउँमा नामसारी समेत गरिपाउँ भनी ०४२।५।११ मा निवेदन गरेको हुँ । सो जग्गाको ज.ध.दर्ता प्रमाण पूर्जा पाई नसकेकोले पाउँ भनी विपक्षीले ०४२।५।२३ मा निवेदन दर्ता गर्नु भएछ । खिचापोखरी बस्नेले गंगादेवी भनी पुनः निवेदन दिनु भएको छ । सुरेन्द्र शमशेरको ०३७।४।३ मा निवेदन दर्ता भए पनि कारवाही नगरिएबाट मेरो ०४२ सालको निवेदनबाट कारवाही गर्नुपर्नेमा नगरी गंगादेवीको निवेदनबाट मलाई झिकाई बयान गराइएकोमा विपक्षीको कि.नं.२६६ बाहेक जग्गा सो ठाउँमा छैन भनी बयान गरेको हुँ । विपक्षी मालपोत कार्यालयले मिति ०४२।८।१४ मा टिप्पणी सदर गर्दा निवेदिकाले भोग गरेका जग्गा र सुरेन्द्र शमशेरले बिक्री गरेको तमसूक समेतका आधारबाट निवेदिकाको नाउँमा अस्थायी दर्ता गर्ने समितिमा राख्‍ने गरी सदर भनी दुवै थरलाई सही गराई तारेख टुटाएको छ । ३. मालपोत ऐनको दफा ७(१) ले नापी हुँदा जग्गाका नापी नक्शा गर्न छुट भएको भए नापी विभागको सहमति लिई तोकिए बमोजिम नाप नक्शा गराई दर्ता गर्न र ७(२) ले नापी भएको दर्ता गर्न ७(३) ले नाम थर वतन सच्याउने अधिकार दिएको छ