निर्णय नं. ३१६३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१६३ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/३० २६५१ निर्णय नं. ३१६३ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४४४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: प्र.ना.उ.वलेन्द्र बहादुर सिंहको प्रतिवेदन र दुलारी मिश्राइनको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: रुपन्देही जिल्ला वसन्तपुर गा.पं. वडा नं. ३ पननी बस्ने जोखु पाण्डे । ऐ.ऐ बस्ने ललितादेवी मिश्राइन । ऐ.ऐ बस्ने तहसिल तेली । ऐ.ऐ बस्ने राधीका ब्राम्हाण । ऐ.ऐ बस्ने परक कुर्मी । ऐ. वडा नं. ७ बस्ने दुनियायत तिवारी । ऐ.ऐ बस्ने फागु कहार । भारत जिल्ला गोरखपुर पिपरा बस्ने सिउमुरत कायस्थ । ऐ.ऐ बम्बियरगंज घर भै हाल चिलिया गा.प.वडा नं. ६ हाटी वनगाई बस्ने रामविलास पाण्डे । फैसला भएको मिति: २०४४।३।३०।३ मा अदालतमा आई बकपत्र गर्दा मर्ने मानिस सो अवस्था बोल्दै थियो भन्ने सम्म कुरा सकारी सो मुचुल्कामा उल्लेख भएका कुराहरू आफूले नसुनेको भनी देखाई मर्नेले होस छँदै भनेको ठीक हो भनी प्रमाणित नगरेकोबाट सो मुचुल्कामा लेखिएका कुरालाई शंकारहित तवरमा प्रमाणमा लिन सकिने अवस्था रहन आएन । (प्रकरण नं. ३६) पुनरावेदक, वादीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री बुद्धिप्रसाद रेग्मी विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको छ । २. २०३७।११।१४।४ गते राती विद्याप्रसाद मिश्र घाइते अवस्थामा भिम अस्पताल सिद्धार्थ नगरमा आउँदा प्र.ना.उ. बलेन्द्रबहादुरले निजसंग सोधपुछ गर्दा रामरतन यादवले घरबाट बोलाई लगी बुझारथ पासीले एक फायर, जोखुले दोश्रो फायर तथा रामरतन यादवले तेश्रो फायर बन्दूकले हानी घाइते भएको हुँ भन्ने कुरा मृतक विद्याप्रसादले घाइते अवस्थामा हामीहरूको सामुन्नेमा भनेका हुन् भन्ने समेत व्यहोराको कमलप्रसाद समेतले भिम अस्पतालमा डिउटीमा रहेकी अ.न.मी. शान्ति अर्यालको रोहवरमा गरेको कागज । ३. विद्याप्रसाद मिश्रलाई बदमासहरूले घाइते बनाएकोले भिम अस्पतालमा आएको खबर सुनी अस्पताल पुगी सोधपुछ गर्दा रामरतनले मलाई घरबाट बोलाई दक्षिण बाटोमा लगी बुझारथ पासीले पहिलो फायर, जोखु पाण्डेले दोश्रो फायर, रामरतन यादवले तेश्रो फायर बन्दूक हाने भन्ने कुरा भनेको र त्यसपछि बेहोश भएकोले निजको भनाई मुताविक कमलप्रसाद काÇलेले समेत गरेको मुचुल्का साथै राखी प्रतिवेदन गरेको छु भन्ने समेत व्यहोराको प्र.ना.उ.बलेन्द्रबहादुर सिंहको प्रतिवेदन । ४. बायाँ हातको पाखुरामा ५ इन्च लम्बाई, आधा इन्च चौडाईको घाउ, बायाँ काखी मुनी ८” फरक मा ३” लम्बाई १” चौडाई भएको गोलीको छर्रा लागी छाला डढी कालो भई गहिरो घाउ १, बायाँ दुध देखि मुनी गोलीको ६ वटा छर्रा लागेको घाउ परेको भन्ने समेत व्यहोराको मृतकको लाश प्रकृति मुचुल्का । ५. शंकरप्रसादको २ श्रीमती मध्ये जेठी ललितादेवी उपर छोरा विद्याप्रसादले अंश मुद्दा दायर गरी अंश पाउने ठहरी अन्तिम फैसला भएकोले सो इवी निजले लिई राखेकी थिइन् । २०३७।११।१४ गते राती अं. ८ बजे रामरतन आई काम छ भनी छोरालाई बोलाई दक्षिणतर्फ लगेको अवस्था बन्दूक फायर भएको आवाज आयो । विद्याप्रसादलाई गोली लाग्यो भन्ने हल्ला सुनी जाँदा भुँइमा