निर्णय नं. २३५ - महमैन लुटपीट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३५ - महमैन लुटपीट भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०३/०३ २१६४ निर्णय नं. २३५ ने.का.प. २०२० फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री भैरबप्रसाद उपाध्याय न्यायाधीश श्री वासुदेव शर्मा दे.फु.नं. ६८ निवेदक, प्रतिवादी : आशबहादुर गुरुङसमेत विरुद्ध विपक्षी, वादी : खड्गध्वज गुरुङसमेत मुद्दा : महमैन लुटपीट (१) अ.बं. ७३(९९) अन्याय भए जति कलममा एकै पटक दावी लिई नालिस नदिए त्यस्तो नालेस खारेज हुने । मह भरीतर्फ दावी केही नलिई मह मैन तर्फमात्र बिगो पक्री दावी गरेको “अन्याय भएको जति कलममा एकै पटक नालिस दिनुपर्छ सोबमोजिम नगरी पहिले दिएको नालिसको रुप विचार गरी मात्र सो मुद्दाको सो रुपले अरु कुरामा पछि नालिस दिने नियतले बाँकी रहेको मुद्दामा पछि वादी दिनसमेत पाउँदैन” भन्नेसमेत उस बखत प्रचलित अ.ब. ९९ नम्बरका ऐन र हालको प्रचलित मुलुकी ऐन अ.बं. ७३ नम्बरमा लेखिएको हुनाले सो ऐन मुताविकको वादीको यो उजुर नालेस नहुँदा वादीको ०११।७।२५।४ मा दर्ता गरेको यो फिराद दावी खारेज हुने ठर्हछ । (प्रकरण नं. १७) निवेदक तर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे । विपक्षी तर्फ : प्लीडर नन्दिकेशर । फैसला १. हाम्रा दर्ताको काउलो भीरसमेतको मह मैन ०११।६।१८ का दिन मह काढ्न भनी हामीहरू गएकोमा अन्यायी ६ जना र अरु नचिनेका १५।१६ जनासमेत भइ जम्मा भइ मिली लान लागेको हामीहरूले देखी रोकावटगर्दा जवरजस्ती मह टिन १३ र मैन धार्नी १५ लगेकोले र ०९ सालको तिरोमा गडबड गरी नबुझाई कुन्छा मालमा गई धरौट राखे छापवस्तामा राखेको हराएकोले ०११।२।१७ मा गोश्वारमा हुलिया दिएको सो छाप भेटी वा के परिबन्दबाट रसिद गरेका छन भन्ने सुनेको र अघि परेका लूटपीट मुद्दामा पनि रसिद छ भनेमा सो रसिद देख्न पाएमा उजुर गर्नेछौं । ०८।९।१० सालको बाली सेर्मा मालमा ल्याएकोले ८।९ सालको मालकै रोहरवरमा बुझी रसिद दिएका छौं । ०१० सालको त्यस्तै गरेकाले निजहरूलाई रु. २५।– जरिवान भएको छ । सो मह मैन उधौली ७ भीरको जवरजस्ती लगेकोले मह धार्नी १ के रु. १६।– ले २०८।– र मैन धार्नी १५ के मो.रु. ६।– ले ९०।– समेत रु. २९८।– अन्यायवालहरूबाट भराई पाउँ भन्ने वादी खड्गध्वजसमेत । २. वादीहरूको मह मैन काउलो ठेकी भीरसमेत ७ भीरमा र अरु १२ भीरमा मौरी बसेको सो भीर हाम्रो वैरानी भित्रको गोश्वारा चलन गरी आएको भई घरबाट १।१ जनाका हिसाबले गई मह काटी दामासाहीले खाई आएको हो । रसिदबाट र सरजमिन बुझेमा देखिने छ । दर्ता वादीहरूको भनेकालाई १ जनाको नाम नलेखी खड्गध्वज मु.मान सिं, धर्मराजसमेत भन्ने लेखिएबाट गोश्वार नै देखिने गाउँका एरिया भित्रको महमैन २।३ जनाकोमात्र हुन नसक्ने, गोश्वारको सन्धी सर्पनलाई एकलौटी भनेका गोश्वारा कायम गरी मिलापत्रसमेत भएको सो १८ गते मह काट्न गएको र वादीहरूसँग भेट भएकोसमेत हैन, रैतीलाई तिरो बुझाएको रसिद नदिएकाले ०९ सालको तिरो मालमा राखी गएकोमा रसिद दिनुपर्छ भनेकोले बुद्धिप्रसादसमेतलाई रसिद लेख्न लगाई हामीलाई दिएको हो । गोश्वारीलाई एकलौटी भनेमा सजाय गरी पाउँ भन्ने प्रतिवादीबहादुर गुरुङसमेत । ३. वादीका साक्षी ५ जनाले वादीको एकलौटी प्रतिवादी ५ जना साक्षीले गोश्वारी भनेको र मालबाट आएको दर्ता उतारमा पनि वादीहरूकै नाममा दर्ता भएको देखिएको र प्र.हरूले माग खाने गरेको भए गोश्वारी दर्ता भनी लेखिनु पर्ने । सो भएको नदेखिएकोले र दर्तावालाका हक टुटेको लिखत वेगर प्रतिवादीले पेश गरेको १ सालमा रसिदको भरबाट र साक्षीका भरले गोश्वारी नै हो भनी ठहराउन