निर्णय नं. २७३० - खूनडाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७३० - खूनडाँका भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/१६ २३७६ निर्णय नं. २७३० ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ३४३ फैसला भएको मिति : २०४३।४।१६।५ मा पुनरावेदक/वादी : सुरज राउत यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला धनुषा बिसरमोरा हरिने गा.पं.वा.नं.१ बस्ने रामसेवक राउत मुद्दा : खूनडाँका (१) उजूरी र सावितीलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टाई गरेको नदेखिँदा प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मनासिब ठर्हछ । (प्रकरण नं. २२) फैसला न्या.हरिहरलाल राजभण्डारी : पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन फौजदारी पुनरावेदन डिभिजन दायरीमा दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. मिति ०३८।८।१२ गते राती २५।२६ जना मानिसहरूले दाजु विन्दा यादवलाई कुटी बेहोस भई लडे पछि मर्‍यो भन्ने ठानी घरको रु.२४२५।– को धनमाल समेत डाँका गरी भागे । विन्दा यादवलाई भोलिपल्ट सिरहा अस्पतालमा उपचार गर्न ल्याउँदा उपचार गर्दा गर्दै मृत्यु भयो र सो डाँका गर्न आउँदा डाँकाहरूले बालेको टर्च र बालिरहेको लालटेनको उज्यालोबाट सेवक राउत, बेचन राउत, विल्टू दास, बद्री माझी यादव चन्द्रदेव चोरवार, जैशीलाल चोरवार, सूर्यलाल चोरवार, समिदानन्द चोरवार, राम सामर चोरवार, रामखेलावन यादव, रामैवा यादव, रामदयाल साहू, बैजु यादव जागेश्वर यादव, तपसि यादव पाण्डव चोरवार यादव, असुरेर महासेठ र जगती कुसियत समेतलाई चिन्हेकोले ऐनको १३ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने जाहेरवाला सुरजा राउतको जाहेरी दर्खास्त । ३. विन्देश्वरको घर घेरा गरी निज विन्देश्वरलाई कुट्दा कुटदै मारिदिए मैले केही धनमाल लिन पाइन क कसले के कति धनमाल लिए थाहा छैन सो मानिसहरू मध्ये परशुराम रोदी, जगदेव, राजेन्द्रराम सोमित, जगतु, रामसोगारथ, जितनाचन्द्र यादव समेतलाई चिन्दछु अरुको नाम थाहा छैन भन्ने समेत प्र.मन्सीफ पासवानको प्रहरीमा भएको कागज । ४. ०३८।८।१२ गते राती डाँकाहरूले विन्देश्वर रामलाई कुटपिट गरी मारेका हुन । मैले मारे मराएको होइन भन्ने समेत प्र. रोदीदाशले प्रहरीमा गरेको कागज । ५. डाँकाहरूलाई चिन्हेको भन्ने सरजमीनमा व्यक्तिहरूले मिल्दो जुल्दो ११ जनाको सरजमीन मुचुल्का । ६. कुटाईको पीडाबाट विन्दा यादवको मृत्यु अस्पताल मै भएको देखिँदा प्रतिवादीहरूलाई ज्या. ऐनको १३(१) बमोजिम सजायँ समेत होस् भन्ने प्रहरी प्रतिवेदन । ७. मैले विन्देश्वर विन्दा यादवलाई मारेको र मगलुको घरमा डाँका गरेको हैन छैन म माथि झुठ्ठा अभियोग लगाइएको हो भन्ने समेत प्र.मन्सीफ पासमानले अदालतमा गरेको बयान । ८. कसले डाँका खून गरेको गराएको हो मलाई थाहा छैन मैले सो वारदात गरेको छैन होइन म माथि लगाइएको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.रोदिदासले अदालतमा गरेको इन्कारी बयान । ९. मैले जाहेरवालाको घरमा डाँका गरी विन्देश्वर राम, विन्दा यादवलाई मारे मराएको छैन । म माथि लगाइएको अभियोग झुठ्ठा हो भन्ने समेत प्र.रामसेवक राउतले अदालतमा गरेको इन्कारी बयान । १०. मिति ०३८।८।१२ गते म आफ्नै गाउँ घरमा थिएँ जाहेरवालाको घरमा डाँका गरेको र विन्दा यादवलाई मारे मराएको समेत छैन भन्ने एकै मिलानको प्र.विल्टू यादव, प्र.बद्री माझी, प्र.जगती कुसियत, प्र.रामेश्व