निर्णय नं. ३१६४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१६४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०८/०३ २२९४ निर्णय नं. ३१६४ ने.का.प. २०४४ अङ्क ८ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्ड राज अनिल सम्वत् २०४२ सालको रिट पूर्ण इजलास नं. २३ विषय : उत्प्रेषण । निवेदक/विपक्षी : श्री ५ को सरकार अर्थमन्त्रालय अन्तःशुल्क विभाग । विरुद्ध विपक्षी/रिट निवेदक: जावलाखेल डिष्टीलरी (प्रा.) लि.को तर्फबाट ऐ.को सञ्चालक ल.पु.जावलाखेल बस्ने विजयकुमार शाह । आदेश भएको मिति: २०४४।८।३।५ मा जुन सूचनालाई अवैध तथा कानून विपरीत छ भनी रिट निवेदनमा जिकिर लिएको छ सो सूचनालाई नै स्वयं वैध मानी स्वीकार गरी सूचना बमोजिम निम्नकोटीको मदीरा उत्पादनको लागि टेण्डर दिएपछि सो सूचनाको वैधतालाई चुनौती गर्ने निवेदकको हक रहे भएको भन्ने मिल्ने नदेखिने । (प्रकरण नं. १२) पाएको ठेक्काको अवधि समेत समाप्त भइसकेको देखिन आएकोले माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात विपक्षी, रिट निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री शुशिल कुमार सिन्हा उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।३।१५।३ को निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम निर्णय दोहर्‍याई दिनु भन्ने बक्स भइआएका हुकुम प्रमांगी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. अन्तःशुल्क विभागको मिति २०३१।१०।१० को सूचना बमोजिम न्यूनतम वार्षिक अन्तःशुल्क रु. २,००,०००।– बुझाउने कबूलियत गरी मिति २०३२।५।२६ गतेदेखि सालसालै लाइसेन्स रिन्यू गरी आएको सो साल देखि २०३८।०३९ सालसम्म न्यूनतम ग्यारेन्टी भन्दा बढी अन्तःशुल्क दाखिल गरिआएको छु । निम्नकोटीको मदिरा उत्पादन गर्न डिष्टिलरी बनाउन बिसौं लाखको पूँजी लगाई मेसिनरी सरसामान ठूल ठूला भाट र डेगहरूको साथै आवश्यक भवन तैयार गरी उद्योग सञ्चालन गरिआएको छु । आ.ब. ०३९ सालमा लाइसेन्स रिन्यू गर्न रु. ५००।– दस्तूर दाखिल गरी मिति २०३९।३।२५ मा दर्खास्त गरेकोमा लाइसेन्स रिन्यू नगरी वागमती अञ्चलका ८ जिल्लाको लागि न्यूनतम ग्यारेन्टी कतिसम्म दिनु हुन्छ सोको जवाफ पठाए पछि मात्र नवीकरणको सम्बन्धमा विचार हुनेछ भनी अन्तःशुल्क विभागबाट मिति २०३९।३।४ मा पत्र आएकोमा अन्तःशुल्कको रकम खुलाउन आवश्यक छैन भन्दा पनि नमानेको हुँदा रु. ९,२५,०००।– सम्म न्यूनतम अन्तःशुल्कको रकम पुर्‍याउने भनी निवेदन गरेको थिएँ । त्यसपछि लाइसेन्स रिन्यू नगरी हाम्रो उत्पादन बिक्री नै रोक्न फोनबाट अन्तःशुल्क निरीक्षकले आदेश गर्नु भयो । ३. निम्नकोटीको मदिरा बिक्री गर्ने इजाजत मिति २०३९।२।१७ मा नै रिन्यू भएकोमा बिक्री गर्न रोक्का गर्नु कानून विपरीत हुँदा वारम्बार निवेदन गर्दै आएको छु । हाम्रो डिष्टिलरी कायम हुँदाहुँदै सो डिष्टिलरीका सम्पत्तिलाई गैरकानूनी आघात पुर्‍याउन मिति २०३९।६।५ मा डिष्टिलरी स्थापना गर्न अर्को टेण्डर माग गर्नु गैरकानूनी तथा अनाधिकार छ । २०३१।१०।१० को सूचनामा प्रकाशित शर्तहरूको १७ नं. बमोज