निर्णय नं. २३६ - घुस

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३६ - घुस भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०१७/०३/२९ २४०४ निर्णय नं. २३६ ने.का.प. २०२१ फुल बेञ्च श्रीमाननीय का.मु. प्रधान न्यायाधीश भगवतीप्रसाद सिंह श्रीमाननीय न्यायाधीश रत्नबहादुर विष्ट श्रीमाननीय न्यायाधीश नयनबहादुर खत्री क्षेत्री अ.फु.नं. १ अपिलाट वादी : विष्णुमायाँ लिम्बुनी विरुद्ध विपक्षी : द्रोणाचार्य सिटौलासमेत मुद्दा : घुस (१) घुस मुद्दामा–घुस खाएको सबुद वादीले गुजार्न पर्ने । (२) रीत नपुगी भएको मिलापत्रलाई अदालतलेमान्यता दिन नमिल्ने । अपील पहिलाले गरेको इन्साफमा चित्त बुझेन भनी वादी विष्णुमायाँले अपील दिएकी निजको वा बालध्वज गुरुङले ०१७।२।१० को तारेख तेश्रा पटक पारी गुजारेकोले वादीको अपील अ.बं. २२६ नं. ले डिसमिस हुने अपील डिसमिस भए पनि थप सजायलाई जाहेरी फैसला भएको र डिभिजन बेञ्चको राय बाझी भएकोले रायवाझीतर्फबाट इन्साफ हेर्नुपर्ने हुन आई हेर्दा घुस खाएको हो भन्ने सबुद गुजार्न वादीले नसकेकोले हाकिमउपर घुसमा उजुर गर्नेलाई थप सजायलाई अ.बं. २७९ ले जाहेर गरेको मनासिव मिलापत्र बदर गरी इन्साफ गर्ने भन्ने श्री मा. न्याय पशुपतिप्रसाद उपाध्यायको र मिलापत्र सदर गर्ने भन्ने श्री मा.न्या मिनबहादुर थापाको राय भएकोतर्फ हेरिएमा मञ्जुरी कागज र मिलापत्र गर्न पाउने भन्ने दरखास्त २ समेत ३ थान कागजको अक्षर मसी एकै लेखे सुब्बा धनपाल भन्नेको अक्षर देखिएको निज सुब्वा धनपाल झिकाउँदा हाजिर हुन नआएको निजले लेखेका ती ३ थान कागजमा २००६ साल पौष भनी साल महिना लेखी गते बार लेखिएको नदेखिएकोबाट रीत परिबन्द पुगी खुसी राजीबाट भए गरेको रहेछ भन्ने मनासिव नपरेकालेसमेत मिलापत्र बदर गरी इन्साफै गर्ने भन्ने श्री मा.न्या. पशुपतिप्रसाद उपाध्यायको सिंगलबेञ्चको सदर गरेको राय मनासिव छ । (प्रकरण नं. १०) फैसला १. लोग्ने जगनध्वजको मगज बिक्री कान नसुन्ने भएको छोरा नाबालक भएकोले घरको दामकाम मैले गरेको, म माइत गएको मौकामा लोग्नेलाई के कस्तो कागजमा सहीछाप गराई घरको धनमालसमेत लुटपीट गरी लगेछन र बिन्ति चढाई धनकुटा अपीलले ठाडै बुझी कारवाई गरेकोमा अपील अड्डाको हाकिम सुब्बा हरिराम, अ.ना.सु. सम्शेरराज, मु. पशुराम ६ थुम मालका हाकिम सुब्बा सम्शेरबहादुरसमेत ४ जनाले थानको क.रु. २० पर्ने ४ थान गलैंचा घुस खाएछन र मेरो घरवारी धनबहादुरले भोग्ने त्यसको ८ मुरी ठेक्का मैले बुझाउने अरु धनमाल फिर्ता दियौं भन्ने अपीलले मिलापत्र लेखी माल अड्डा साक्षी बसी मसमेतको करकापसँग सहीछाप गराएकोले म्याद भित्र उजुर गर्न आएको छु भन्ने निवेदनमा घुसतर्फ म्याद भित्रको उजुर भए ऐनबमोजिम नालिस दिन्छ भने ऐन सवालबमोजिम गर्नु अरुमा ऐन सवालबमोजिम गर्नु भन्ने हुकुम प्रमांगी प्रधान न्यायालयको नाउँमा भएको लूटपीटमा बिन्तिपत्र छोडाई फाल्गुन १९ गते प्रंमागी लागेकै दिन अन्यायी धन बहादुरले मगज बिग्रेको मानिसलाई ताप्लेजुङ्ग अमीनीमा लगी कं.रु. ८४० मा पास गराएछन, लूटपीटमा उजुर गरेको छँदाछदै मगज बिग्रेको मानिससँग पास गराएको सो ८४० को लिखत सदर गराउनका लागी करकापसँग मिलापत्र गराएको मेरो लोग्ने झिकाई मगज बिग्रे नबिग्रेको अस्पतालबाट जाँची घुस खाई करकापसँग गराएको मिलापत्र बदर वातिल गरी घुस लिनुदिनु गरेमा ऐन सवालबमोजिम सजाय गरी पाउँ भन्नेसमेत विष्णु मायाको फिरादपत्र । २. मिलेर आएकोले मिलापत्र गराएको हो, घुस खाई बेहिसाब गरेको होइन, कुनै फटाहाको भनाईमा लागी झुट्ठा उजुर गरेको हो भन्ने धनकुटा अपीलको अ.ना.सु. सम्शेरराजले जाबो २० रुपैयाँको गलैंचामा र