निर्णय नं. ८८६५ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८६५ - परमादेश भाग: ५४ साल: २०६९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६९/०१/२८ ३२३९ ने.का.प. २०६९, अङ्क ७ निर्णय नं. ८८६५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री तर्कराज भट्ट संवत् २०६७ सालको दे.पु.नं.२०६७–CI–०९०६ आदेश मितिः २०६९।१।२८।५ मुद्दाः–परमादेश । पुनरावेदक विपक्षीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.२२ स्थित नेपाल बैँक लिमिटेड, प्रधान कार्यालयको तर्फबाट अख्तियारप्राप्त व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठ विरुद्ध विपक्षी निवेदकः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.२७ ठहिटी बस्ने विद्याप्रसाद उपाध्याय गौतम शुरु फैसला गर्ने :– मा.मु.न्या.श्री वैद्यनाथ उपाध्याय मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ § बैँकले धितो राखी कर्जा प्रवाह गरेको अवस्थामा कर्जा प्रवाह गर्नु अघि कर्जा लिने व्यक्तिले राखेको धितो कच्चा पक्का के हो, वास्तविक जग्गाधनी हो होइन, खोलो पहिरो लागेको जग्गा हो होइन, मुद्दा परेको जग्गा हो होइन, जग्गा साबुत बेसावुत के हो आदि सबै हेरी कर्जा प्रवाह गर्नुपर्ने हुन्छ र बैँकले धितो राखेको जग्गा जुनसुकै अवस्थामा गएर बेसाबुत ठहरेमा ऋण लिने सम्बन्धित व्यक्तिको अन्य चल अचल श्रीसम्पत्ति जायजेथा रोक्का राखी सोबाट आफ्नो ऋण असूल गर्न सक्ने । § नक्कली व्यक्तिहरू मिली अर्कैको जग्गा धितो राखी ऋण लिएको अवस्था ठहरेकोमा सो जग्गा बैँकमा धितो राख्ने प्रयोजनका लागि स्वतः कच्चा ठहरेको स्थिति अवस्थामा ऋण नै नलिने र बैँकसँग कुनै सरोकार नै नभएको वास्तविक जग्गाधनीको जग्गा रोक्का राखी रहने र सोही जग्गाबाट बैँकको ऋण असूल गर्नुपर्छ भन्नु कानून एवं न्यायको दृष्टिले उपयुक्त नहुने । (प्रकरण नं.४) पुनरावेदक विपक्षी तर्फबाटः विपक्षी निवेदक तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.गिरीश चन्द्र लालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६७।२।५ गतेको फैसलाउपर विपक्षीका तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– म विद्याप्रसादको नामको ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ७(ख) कि.नं. २४७ को क्षेत्रफल ३–८–०–० जग्गा मेरो नामधारी नक्कली व्यक्तिबाट मिलापत्र गरी ज्ञालेन्द्र श्रेष्ठले दा.खा.गरेकोलाई सम्मानीत अदालतको अन्तिम फैसलाबमोजिम उक्त कि.नं. २४७ को जग्गामा निजको नाममा भएको दा.खा. एवं प्रदीपचन्द्र उप्रेती र ज्ञालेन्द्र श्रेष्ठबीच भएको मिलापत्रसमेत बदर भएकोले म निवेदकले ललितपुर जिल्ला अदालतको पूर्जीसहित मेरो नाममा दा.खा. दर्ता गरिपाऊँ भनी विपक्षी मालपोत कार्यालय ललितपुरमा निवेदन गरेकोमा उक्त जग्गा मुद्दा पर्दापर्दैको अवस्थामा रोक्का आदेशसमेत भएको जग्गा ज्ञालेन्द्र श्रेष्ठले जवर्जस्ती आफ्नो नाममा लगी विपक्षी मालपोत कार्यालय र नेपाल बैँक लिमिटेडका कर्मचारीहरूको मिलेमतोमा उक्त जग्गा धितो राखी कर्जा लिई मिति २०५५।१।३ मा विपक्षी नेपाल बैँकबाट रोक्का रहेको रहेछ । रोक्का रहेको जनाई फैसलाबमोजिम मेरो नाममा दा.खा. दर्ता नगरी तामेलीमा राखी दिएको हुँदा कानूनी र सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई विपक्षीहरूले पालना गर्नुपर्नेमा नगरी सिद्धान्तप्रतिकूल हुने गरी दा.खा. नगरी तामेलीमा राखेको उक्त जग्गा ज्ञालेन्द्र श्रेष्ठको नामको विपक्षी बैँकको रोक्का फुकुवालगायत जे जो गर्नुपर्ने हो गर