निर्णय नं. २७३१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७३१ - ज्यान भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/१४ २२२७ निर्णय नं. २७३१ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४० सालको स.फौं.पु.नं. ६६९ फैसला भएको मिति : २०४३।४।१४।३ मा पुनरावेदक/वादी : भुवनेश्वरीको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि.का.कारागार शाखा, सिरहामा थुनामा बस्ने रोदीदाश तत्मासमेत मुद्दा : ज्यान (१) वादी दावी शंकारहित तवरबाट प्रमाणित हुन नसकेबाट प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको फैसला सदर हुने । (प्रकरण नं. ३०) पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला न्या.प्रचण्डराज अनिल : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४१।१०।१०।१ मा भएको फैसलामा श्री ५ को सरकारको चित्त नबुझी पुनरावेदन परेको प्रस्तुत मुद्दाको निवेदन जिकिर तथा तथ्य यसप्रकार छ । २. मिति २०३८।८।१२ गतेको राती निर्दना गा.पं.वा नं. १ बस्ने विन्देश्वर यादव विन्दा यादव समेतको घरमा डाँकाहरू आई कुटपिट गरी केही धनमाल डाँका गरी भागी गएका भन्ने खबर आएकोले सो घटनास्थलमा पुग्दा विन्देश्वरको मृत्यु भइसकेको र विन्दा यादव, भगालु अमात समेतले घाइतेहरूलाई सिरहा अस्पतालमा उपचारको व्यवस्था लगाई कानुनी कारवाहीका लागि जाहेर गरेको छु भन्ने समेत प्रहरी चौकी निर्दनाको प्रहरी इन्द्रदेव साहुको मिति २०३८।८।१३ को प्रतिवेदन । ३. पौषराम भन्ने परशुराम अमात समेतसँग मेरो पति विन्देश्वरको जग्गा सम्बन्धमा रिसइवी थियो । २०३८।८।१२ गते राती अन्दाजी २ बजेको समयमा निज परशुराम अमातले खुकुरी भाला समेत लिएका ६०।६५ जनाको जमात आई मेरो पतिलाई मारी दिएको लालटेनको उज्यालो र टर्चको रोसनीमा मनासिब पासमान, परशुराम, रौदीदास, कारीचन, सिरपेन, तेतर यादव सुरवालाल, विल्टु सहनी, अर्याधी यादव, सूर्यनाथ रामसरण, शिवशंकर, ब्रम्हादेव, जगदेव, राजदेव अलिमन रामचन्द्र विश्वनाथ, गोपाल विन समेतलाई चिनेकोले ज्यानसम्बन्धी महलको १३ नं. बमोजिम सजायँ समेत गरिपाउँ भन्ने भुवनेश्वरी देवीको जाहेरी दर्खास्त । ४. मृतक विन्देश्वरको शरीरमा विभिन्न ठाउँमा काटेको कुटेको चोट परेको समेत पोष्टमार्टम रिपोर्ट तथा लाश जाँच प्रकृति मुचुल्का । ५. ०३८ साल मार्ग महीनाको गते बारको सम्झना छैन, म आफ्नो घरमा सुतेको अवस्था अं.२ बजेको समयमा ६०।७० जना मानिसहरू आई सो मध्ये राजेन्द्र चोखाले मलाई घरबाट बोलाई ल्याए । विन्देश्वर रामलाई मार्न हिंडे भन्दा डर भयो तर निजहरूको साथ गएँ र कसैको हातमा भाला कसैको हातमा लाठी र राजेनद्रको हातमा बन्दूक थियो । विन्देश्वरको घरमा पुग्दा विन्देश्वर सुतेको थियो । सबैले घेरा गरी निजलाई समाती कुट्दा कुटदै मारी दिए त्यसपछि लगातारै सोही विन्देश्वरको घर नजिकै भएको विन्दा यादवको घरमा गयौं र विन्दा यादवलाई पनि लाठी भालाले कुट्दा कुटदै घाईते बनाएपछि नजिकै घर भएका भगलुरामको घरमा गयौं । भगलु आफ्नो दोकान घरमा थियो । भगलुलाई मारी पिटी घाइते पारी दोकानमा मालसामानहरू समेत साथीहरूले लिए । त्यसपछि साथीहरू पश्चिम लागे, म आफ्नो घर गएँ । मैले केही धनमाल लिन पाइन, क–कसले के कति धनमाल लिए थाहा छैन सो मानिसहरू मध्ये परशुराम, रौदी, जगदेव, राजेन्द्र, राम सौमित, जगतु, रामसोगारत, जितुना, चन्दर यादव समेतलाई चिन्दछु, अरुको नाम थाहा छैन भन्ने समेत प्र.मनसिब पासमानको प्रहरीमा भएको साविती बयान कागज । ६. ०३८।८।१२ गतेको