निर्णय नं. २३७ - अशं अबण्डाको घर दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३७ - अशं अबण्डाको घर दिलाई पाउँ भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/१२/१४ २५८२ निर्णय नं. २३७ ने.का.प. २०२१ फुल बेञ्च माननीय का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फू.नं. ३५१ निवेदक, प्रतिवादी : ख. आशामान शाक्य । विरुद्ध विपक्षी वादी : मुक्तिनारायण श्रेष्ठ मुद्दा : अशं अबण्डाको घर दिलाई पाउँ (१) पक्षले नै जालसाजी किर्ते भन्न नसकेपछि अदालतले जालसाजी किर्ते भन्न नमिल्ने । मिसिल सामेल रहेको ५३ साल पौष वदी २ रोज २ को बण्डा पत्र शिर व्यहोरामा “बण्डा पत्रमा लेखेको भएतापनि अहिले बण्डा गर्नु नहुँदा स्वबासी घर १ सबै जना बाबा महतारी दाज्युभाई जना ११ को पनि अंश गर्नु बाँकी छ” भन्ने उल्लेख भएको सो व्यहोरामा कसैको सहिछाप परेको नदेखिएकोले सो व्यहोरा पछि थपिएको हो कि के हो भन्नेतर्फ समाधान गर्नुपर्ने देखिन्छ । सोही बण्डापत्रको किनारामा लेखिएको व्यहोरामा पनि कसैले सहिछाप नपरेको र यही ५३ सालको बण्डापत्रको दोहरीबेञ्चबाट निवेदक पक्षबाट मागी हेर्दा, सो बण्डापत्रको शिर व्यहोरा जति च्यातिएको देखिएको पेश भएको बण्डापत्रको पेश व्यहोरामा लेखिएको अक्षर मसी टाँका र सा बण्डापत्रको शिर व्यहोरामा र किनारामा लेखिएको व्यहोरासमेतको अक्षर टाँका मसी सबै एकै मिलान देखियो । मुख्यतः अपील तेश्रोबाट सो बण्डा पत्र सद्दे किर्तेमा निवेदककै दता वादीको अंशियार खूद कारणी प्रतिवादी चन्द्रलाललाई सुनाउँदा बण्डापत्र सद्दे किर्तेमा छुट्याउने र सद्दे किर्तेमा बयान गर्न सक्दिन अड्डैबाट ऐन सवालबमोजिम होस भनी बयान गरेको देखिएकोले बण्डापत्रको शिरमा लेखिएको घर अबण्डा परेको बोली पक्षले नै जालसाजी किर्ते भन्न नसकेपछि अदालतले जालसाजी किर्तेको भनी भन्ने मिल्ने अवस्था देखिएन । (प्रकरण नं. १८) (२) बण्डा भईसकेको भनी दावी लिएमा दावी लिनेले बण्डापत्र पेश गर्नुपर्ने । ९२ साल श्रावण ३२ गते भरादारीका फैसलालेसमेत झगडा परेको घर वादीकोसमेत हक लाग्ने अबण्डा हो भन्ने फैसलामा बुँदा लेखिएको पनि उक्त भारादारीका फैसलाले अबण्डा रहेको देखिदैन भन्ने निवेदकको वकिलले बहसको सिलसिलामा जोड दिनु भयो र त्यसतर्फ के हो भनी वादी प्रेमध्वज जोसी प्रतिवादी गोपीलाल श्रेष्ठ भएको भारदारी तेस्राबाट फैसला भएको भनेको प्रमाणको निमित्त आएको मिसिल हेर्दा, यिनै वादी मुक्तिनारायण श्रेष्ठको नाउँमासमेत नालेस परेको दखिएको मुक्तिनारायणको हक नभए अर्थात अबण्डा नरहेको भए निजका नाउँमा फिरादपत्र दायर हुनपर्ने अवस्था पनि नपर्ने र उस मुद्दामा गोपीलाल, विष्णुलाल, गंगादेवी, ललितादेवी, मुक्तिनारायणसमेतले ९०।३।३ मा प्रतिउत्तर दिंदा अबण्डा रहेको घर भनी प्रति उत्तर फिराएको र आखिर ९२।४।३२ मा भारादारी तेश्रो फाँटबाट फैसला हुँदा ५३ सालका बण्डापत्रमा लेखिएका ११ अंशियार मध्ये २ जना बाबुआमा मरेबाट बाबु आमाको भाग सबै छोराले बराबर बाँडी खानु पाउने गरी जम्मा ९ अंशियार कायम गरेको देखिएकोले बण्डापत्रमा अबण्डा जनिएको घर त्यस अघिनै अंश बण्डा लागी सकेको भए त्यसरी ९ अंशियार कायम गर्नुपर्ने उक्त फैसलाले अंशियार कायम गरिसकेपछि बण्डा भईसकेको कागजसमेत प्रतिवादीतर्फबाट पेश दाखेल हुन नआएकोले झगडा परेको घर अबण्डा हैन भन्न मिल्ने देखिएन । (प्रकरण नं. १९) निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद उपाध्याय । फैसला १. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलाउपर चित्त बुझेन मुद्दा दोहर्याई