निर्णय नं. २७३२ - लिलाम बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७३२ - लिलाम बदर भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२० २५२९ निर्णय नं. २७३२ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको दे.वि.नं. ११६ फैसला भएको मिति : २०४३।४।२०।५ मा निवेदक/वादी : जि. मकवानपुर हटौंडा न.पं.वडा नं.२ बस्ने तेजकुमारी न्यौपानेको हकमा गणेशदेव पन्त उपाध्याय विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं.वडा नं.१२ दलाछि बस्ने गंगामान श्रेष्ठसमेत मुद्दा : लिलाम बदर (१) लिलाम बदरको दावी लिई नागरिक अधिकार ऐन, २०१२ बमोजिम ना.अं.अ.मा दिन ल्याएको नालेश खारेज हुने । (प्रकरण नं. १४) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा फैसला न्या.प्रचण्डराज अनिल : बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न विविधको लगतमा दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. जि. मकवानपुर हेटांडाको रै.नं. ६ कि.नं.२ को पूर्व मदनवीर पाण्डेका जग्गा पश्चिम ऋणीकै जग्गा, उत्तर हरिप्रसादको ऋणी जग्गा, दक्षिण सडकको ४ किल्ला भित्रको जग्गा विगहा ०–३–१० तीनकठ्ठा दश धुर जम्मा रु.९९९९।– मा जि.म. हेटौंडा बस्ने बाबुराम दमाई सँगबाट मेरो बाबु लिलानाथले आफ्नो श्रीसम्पत्तिबाट दाइजोको हिसाब मिलाई ०२७।१०।१३ मा खरीद गरी दिनु भई सोही मितिमा मकवानपुर मालमा राजीनामा पारीत गरी मेरा नाउँमा नामसारी दर्ता भई मेरो एकलौटी हक भोगको हो । मेरो लोग्ने गोविन्दप्रसादले विपक्षी गंगामानसँग कर्जा लिएको भनी मकवानपुर जिल्ला अदालतको फैसलाले बिगो भरी पाउने रु.५१४१।– गोविन्दप्रसादको श्रीमती तेजकुमारीको नाउँ पूर्व हरिप्रसाद, पश्चिम सुन्दरप्रसाद साहको श्रीमतीको घर जग्गा उत्तर हरिप्रसादको घर दक्षिण सडक यति ४ किल्ला भित्रको जग्गा विगहा ०–१–० एक कठ्ठा २०३६।४।८ गते लिलाम बढाबढ गरी विपक्षी मध्ये गंगामानले सकार गर्ने र गराउने समेत कार्य गरेछन् मेरो माइती पट्टीबाट दाइजोको रुपैयाँबाट बाबुले खरीद गरेको जग्गा लोग्नेको कर्जामा मैले तिर्न बुझाउन निमित्त मेरो दाइजोको जग्गा लिलाम गर्न पाउने होइन । एकाले तिर्न पर्ने रुपैयाँमा मेरो दाइजोको श्रीसम्पत्ति लिलाम गराउने कार्य श्रेस्तादार डि.भरतप्रसादले गर्नुभएकोले ०३६।४।८ गतेका दिन मकवानपुर जि.अ. बाट भएको लिलाम बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादी तेजकुमारी न्यौपानेको फिरादपत्र । ३. विपक्षीले मबाट कर्जा रु.२५००।– लिई जग्गा फार्छे राजीनामा लेखी दिनु भएकोमा म्यादभित्र लिखत पारीत नगरी दिनु भएबाट साँवा ब्याज भराई पाउँ भन्ने म.जि.अ.मा मेरो फिराद परेकोमा साँवा ब्याज रु.४१२४।२३ भरी पाउने गरी फैसलाबाट बिगो उपर गरिपाउँ भनी मैले म.जि.अ.मा दर्खास्त गरेकोमा सोही बमोजिम रीतपूर्वक लिलाम भई उक्त जग्गा मैले सकार गरेको हुँ । दुनियाँको बिगो बापत जायजात गर्दाको धन खाने १२ वर्ष देखि माथिको ऐन बमोजिम मानो नछुट्टिई सँग बसेका वा त्यो धनखादा सँगै बसेको व्यक्ति अंश जायजात गर्नु पर्छ भन्ने दण्ड सजायँको २६ नं. मा किटानी व्यवस्था छ । विपक्षीका पतिले मबाट कर्जा लिंदा विपक्षीको पतिबाट अंश छुटिई बेगल बसी सकेको थिएँ भनी भन्न सक्नु भएको छैन । विपक्षीले आफ्नो दाइजोको रुपैयाँबाट बाबुले खरीद गरेको जग्गा लोग्नेको कर्जामा मैले तिर्न बुझाउन पर्ने होइन भन्ने फिराद दावा गरेको रहेछ । तर कुन व्यहोराबाट दाइजो पाए