निर्णय नं. ३१६६ - अबण्डा जग्गा छुट्याई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१६६ - अबण्डा जग्गा छुट्याई पाउँ भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०८/०१ २२७८ निर्णय नं. ३१६६ ने.का.प. २०४४ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.फु.नम्बर ७० मुद्दा : अबण्डा जग्गा छुट्याई पाउँ । निवेदक/वादी:कास्की जिल्ला पोखरा नगर पञ्चायत वडा नं. ९ बस्ने नुरप्रसाद पराजुली । ऐ.ऐ बस्ने नुर प्रसाद पराजुली । ऐ.ऐ बस्ने कुल प्रसाद पराजुली । विरुद्ध विपक्षी/प्रतिवादी:कास्की जिल्ला पोखरा नगर पञ्चायत वडा नं. ९ बस्ने विष्णुमाया पराजुली । ऐ.ऐ बस्ने सोमनाथ पराजुली । ऐ.ऐ बस्ने चेतभक्त पराजुली । फैसला भएको मिति: २०४४।८।१।३ मा मिति २०३२।१।१३ मा भएको बण्डापत्र यी वादी तथा प्र.हरूका बीचमा भएको नभई वादीहरूका आफ्ना दाजुभाइका बीच भएको देखिन्छ । उक्त बण्डापत्र हेर्दा त्यसमा पहिले गुरुप्रसाद हाल विष्णुमाया दर्ताको बाहुन थर घरवारी विजमाना ।.।६ को जग्गा भन्ने नभई माथिको बारी भन्ने जग्गा सगोलमा राखिएको भन्ने लेखिएको छ । यस बण्डापत्रमा विष्णुमाया साक्षी बसेको देखिएन र साक्षी नबस्ने विष्णुमायाको हक टुट्ने भएन । बण्डापत्रको लेखाइबाट नै वादी दावीको बाहुन थर बिजमाना ।.।६ को जग्गा नै गोश्वारा राखेको हो भन्ने देखिन नआउने । (प्रकरण नं. १८) निवेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः सर्वोच्च अदालत डिभिजन बेञ्जबाट मिति २०४२।४।२१।२ मा भएको फैसला दोहोर्याई पाउँ भनी निवेदकहरूले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाउनु भएकोमा “यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए विन्तिपत्रमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको अबण्डा जग्गा छुट्याई पाउँ भन्ने मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु” भन्ने हुकुम बक्स भइआए बमोजिम यस अदालतको पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. बाजे हरिलाल र बजै रुकमिणीका ४ छोरामा जेठा गुरुप्रसाद, माहिला उमापति, साहिंला टेकनाथ र कान्छा कर्णप्रसाद हुन् । कर्णप्रसाद पहिले नै परलोक हुनुभएको सन्तान समेत छैन, जेठा गुरुप्रसादकी पत्नी विष्णुमाया, छोराहरू सोमनाथ, चेतभक्त समेत ५ छन् माहिलाको छोरा हामी नुरप्रसाद, कुलप्रसाद, होमनाथ, टंकप्रसाद र सुन्दरप्रसाद छौं । बाजे बजै पहिले नै परलोक हुनुभएको हो । २००७ सालमा बाबुहरू घरसारमा छुट्टिई भिन्न हुँदा पूर्खाका पाला देखिको माथिको बारी भन्ने बिजमाना ।.।६ को पाखो जग्गा बाबु उमापति र गुरुप्रसाद बीच गोश्वारामा राखी अरु बण्डा भएको उक्त माथिको बारी भन्ने बाहुन थर घरवारी पाखो र घर गोश्वारामा भोगिआएको पछि घर पाताल भयो । जेठा बाबु गुरुप्रसाद नै जान्ने सुन्ने हुँदा वहाँले नै तिरो भरो गर्नुभएको निजपछि जेठी आमा विष्णुमायाले तिरो भरो गरी जग्गा हामीहरू समेतले गोश्वाराबाट भोगिआएका थियौं । हामीहरू २०३२।१।१३ मा छुट्टिई घरसारमा बण्डा गर्दा उक्त जग्गा गोश्वारा राखी अन्यायी मध्येका चेतभक्त, सोमप्रसाद साक्षी बसेका छन् । २०३५।५।१५ मा विपक्षीहरूसंग उक्त गोश्वारा रहेको जग्गा हाम्रो बण्डा छुट्य