निर्णय नं. २३८ - बाँध काट्यो भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३८ - बाँध काट्यो भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०४/१३ २१७० निर्णय नं. २३८ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ३०६ निवेदक, वादी : पुष्पनिधि तिवारी विरुद्ध विपक्षी, प्रतिवादी : तितारुराज बंशी मुद्दा : बाँध काट्यो भन्ने (१) झगडा परेको जग्गा नै वादीको अधिकार वाहिरको भए सो जग्गासम्बन्धी वादी दावी पुग्न नसक्ने । प्रस्तुत मुद्दाको नक्सा र अघि किनारा भएको बाँध पैन मुद्दाको नक्साहरूबाट अघि पक्की बाँध बाध्न पाउँ भनेको ठाउँमा बाँध काटेको भन्ने झगडा जनाएको देखिएको सो ठाउँमा लेखिएबमोजिम प्रतिवादीकै पैनी भएकोले वादीले पक्की बाँध बाँध्न नपाउने भन्ने फैसला भएको देखिएको सोही अगी परेको मुद्दामा यो मुद्दा दायर हुन भन्दा पहिले ०११।१।२५ मा वादीसमेत रही भएको नक्सामा सिरामा १ नं. दोमुहानमा २ नं. वादीले अघि हिस्सा पाएको भनेको ठाउँमा नं. ३ लेखिएको पक्की बाँध बनाउन पाउँ भनेको ठाउँ दोमुहान नं. २ र नं. ३ को बीचमा देखिएको सो ठाउँमा साविक देखी वादीको कच्ची बाँध भएको भन्ने उक्त नक्सामा जनिएको नदेखिएकोबाट झगडा परेको ठाउँमा वादीका साविक कच्ची बाँध भएको भन्ने देखिन नआएको र पक्की बाँध बाँधी पाउँ भन्ने मुद्दामा साविक कच्ची बाँध भईरहेको भन्ने वादी लेखाई पनि नभएको त्यस ठाँउमा वादीको बाँध छैन भनी सरजमिन ७२।७३ जनाले भनेकासमेतबाट झगडा परेको ठाउँमा वादीको बाँध रहेछ भन्ने मिल्ने नदेखिंदा वादीको बाँध ठहराएको डिभिजन बेञ्चको माननीय न्यायाधीशज्यूहरूको राय मिलेको देखिएन । .... वादीको बाँध नभएपछि प्रतिवादीले काटेको रहेछ भन्ने ठहराउन न्यायोचित नदेखिदा बिगो भराइपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । तसर्थ बिगो भरी नपाउने गरेको सम्माननीय न्यायाधीश इश्वरीराज ज्यूको राय फैसला मनासिव । (प्रकरण नं. १४,१५) वादी तर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे प्रतिवादी तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा फैसला १. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । यो मुद्दा सर्वोच्च अदालतबाटै हेरी पाउँ भन्ने प्रमांगी पाउँ भन्नेसमेत निवेदकले दिनु भएको बिन्तिपत्रमा भई आएका हुकुम प्रमांगीबमोजिम पेश हुँदा भएका राय बाझी फैसलाबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, २. दौलथपुर मसमेतको १२५ बिगाहा पाटनमा प्र.तर्फ करीब ३५।४० बिगाहामा गहिरो भई ९७ सालमा बाँध बाँधी पटाई आएकोमा प्रतिवादीको पैनी गैरो भई हामीहरूको जग्गा पैनी ३।३ । । । फुट उच्च हुन गएकोले सो गैरो भएको पैनीमा पक्की बाँध बाध्न पाउँ भनी मैले उजुर गर्दा सो बाँध हुन सक्तैन भनी ०११।३।३ गते फैसला भएपछि प्रतिवादी धकंलाल १ तितरु १समेतले मुद्दा जिते भनी ४०।५० जना हसेरी लागी बाँध काटी दिएकोले सो बाँध जस्तोको तस्तै बनाई पाउँ बाँधी नदिए अहिले रु. ६०० पर्ने हुँदा रुपैयाँ दिलाई सजाय गरी पाउँ भन्नेसमेत वादी पुष्पनिधि तेवारीको बिन्तीपत्र बयान । ३. वादीको बाँध होइन हामीले हसेरिसमेत लिई काटेको छैनौं, बाँध हाम्रा बाजेकै पालादेखि हामीले बाँधी आएको हुँ, वादीले पक्का बाँध बाध्न पाउँ भनी उजुर गर्दा नपाउने ठहराई फैसला भएपछि वादीको बाँध कसरी भयो ? हाम्रो इनार भत्काई बाँधमा लगी दिएकोले कं.रु. १५०० पाउँ भनी नालेस गरेको इवीले झुट्ठा उजुर गरेको हो । वादीको आना हिस्सा पानी जाने बाँध कदमबोटनेर छ भन्नेसमेत तितारु राजवंशीसमेतको प्रतिवादी बयान ।