निर्णय नं. २७३३ - नोकरीबाट बर्खास्त गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७३३ - नोकरीबाट बर्खास्त गरेको भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२६ २७८० निर्णय नं. २७३३ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको फौ.पु.नं. ४९५ फैसला भएको मिति : २०४३।४।२६।१ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वा.नं. २ विशालनगर ध्रुवबराह बस्ने पशुपतिप्रसाद सिंह राजभण्डारी विरुद्ध विपक्षी/वादी : श्री विशेष प्रहरी विभाग काठमाडौंसमेत मुद्दा : नोकरीबाट बर्खास्त गरेको (१) लिखतमा प्रयोग भएका शब्दहरूमा वाक्यांशको व्याख्या गर्दा सम्पूर्ण लिखतकै सन्दर्भमा अर्थ लगाउनु पर्ने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.प्रचण्डराज अनिल : प्रस्तुत नोकरीबाट बर्खास्त भएको मुद्दा फौज्दारी पुनरावेदनको लगतमा दर्ता भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं जिकिर यसप्रकार छ । २. सानो जल विद्युत योजना ताप्लेजुङको योजना सम्बन्धी निर्णयाधिन कार्यमा भ्रष्टाचार गर्नुभएको आरोप लगाई वि.प्र.विभागले भ्र.नि.ऐन, २०१७ को दफा २०(२) अन्तर्गत नि.से.नि., २०२१ को परिच्छेद १० को नियम १०.९ अनुसार पहिलो स्पष्टीकरण मागिएकोमा सो को स्पष्टीकरण पेश भएपछि विभागबाट भ्र.नि.ऐन, २०१७ को दफा २०(२) अन्तर्गत नि.से.नि., २०२१ को परिच्छेद १० को नियम १०.१(६) तथा १०.६(७) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यत अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्न ठहर राय पेश किन नगर्ने भनी नि.से.नि, ०२१ को नियम १०.१० अनुसार दोश्रो स्पष्टीकरण मागिएको र त्यसको खण्डन समेत गरी त्यस्तो ठहर राय पेश गर्न मनासिव तथा न्यायोचित समेत नहुने भनी मिति ०४०।१।१२ मा स्पष्टीकरण पेश गरेको थियो त्यसपछि श्री ५ को सरकार जलश्रोत मन्त्रालयको मिति ०४१।५।१९ को पत्र मिति ०४१।५।२१ मा प्राप्त हुन आएको र सो पत्रमा श्री ५ को सरकार (मं.प.) को मिति ०४१।५।१३ को निर्णय बमोजिम विद्युत विभागको इञ्जिनियरिङ्ग सेवा इलेक्ट्रीक समूहको राजपत्राङ्कित द्वितीय श्रेणीको सिनियर इञ्जिनीयर पदबाट निजामती सेवा नियमावली, ०२१ को नियम १०.६(२) र (७) को कसूरमा सोही नियमावलीको नियम १०.१(६) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यत अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको भन्ने उल्लेख भएको र त्यसमा चित्त नबुझी पुनरावेदन गर्नलाई मिति ०४१।५।१३ को उक्त निर्णय समेतको नक्कलको लागि मिति ०४१।५।३१ दर्ता नं. १३४४ को निवेदन दिई सम्पर्क राख्दा नक्कल नदिएकोले थाहा पाएसम्मको कुराको आधारमा उक्त कारवाही तथा निर्णय समेतको खण्डन गरी भ्र.नि.ऐन, २०१७ को दफा २१(२) बमोजिम उक्त सूचना पाएको ३५ दिनभित्रै सम्मानीत अदालतमा यो पुनरावेदन पेश गरेको भन्ने व्यहोरा उल्लेख रहेछ । ३. विपक्षी नं.१ ले पुनरावेदकसँग ०४०।१।९ मा मागिएको दोश्रो स्पष्टीकरणमा सजायँ प्रस्तावित गर्दा नि.से.नि.,०२१ को नियम १०.६(७) को आरोपमा नियम १०.१(६) अनुसार बर्खास्त गर्न ठहर राय पेश किन नगर्ने भन्ने उल्लेख छ विपक्षी नं.२ बाट ०४१।५।१३ मा निर्णय भएको भनी विपक्षी नं.३ ले मिति ०४०।५।१९ मा पठाएको सूचना पत्रमा नि.से.नि.को नियम १०.६(५) र (७) को कसूरमा भन्ने उल्लेख भएकोले सो दुई आरोप मध्ये कुन चाही अरोपमा अख्तियारवाला श्र