निर्णय नं. ३१६७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१६७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०५/०७ २०९४ निर्णय नं. ३१६७ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४३ सालको रिट नम्बर १८८९ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक : जिल्ला पर्सा गाउँ पञ्चायत वडा नं. ९ सिर्सिया बस्ने नथुनी राउत अहिर । विरुद्ध विपक्षी : भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय, पर्सा । जिल्ला पर्सा गाउं पंचायत श्रीसीमा वडा नं ८ बस्ने फुलेन महतो चाई । आदेश भएको मिति: २०४४।५।७।१ मा भूमिसम्बन्धी ऐन नियमहरूद्वारा तोकिएको निश्चित म्यादभित्र कुतबाली सम्बन्धित मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने हुन्छ, त्यसरी मोहीले बुझाउन जाँदा जग्गाधनीले नबुझेमा म्यादभित्र तोकिएको कार्यालयमा धरौट राख्नु पर्ने हुन्छ, तोकिएको निश्चित म्यादभित्र कुतबाली नबुझाएको वा धरौट समेत नराखेको अवस्थामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) ले त्यस्तो कुत नबुझाउने मोहीलाई मोहीबाट निष्कासन गर्न सक्ने कानूनी व्यवस्था भइराखेको देखिने । (प्रकरण नं. १२) रिट, निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह प्रत्यर्थी तर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. मेरो नाममा दर्ता रहेको जिल्ला पर्सा गाउँपञ्चायत वडा नं. ५ श्रीसीया कि.नं. ५ को ज.बि. ०–१३–० ऐ.कि.नं. १२१ को जग्गा बिगहा ०–८–५ समेत ज.बि. १–१–५ को म जग्गाधनी र विपक्षी नथुनी राउत अहिर मोही भएकोमा निजले ०२२ सालको बाली नदिएकोले दिलाई मोहीबाट निष्कासन गरिपाउँ भनी फुलेन साहूले पर्सा जिल्ला अदालतमा फिराद दिँदा मिति २०२४।१२।१९ मा पर्सा जिल्ला अदालतबाट बाली दिलाई मोही निष्कासन गर्ने ठहर्याई निर्णय भयो । ३. उक्त निर्णय उपर फुलेन चाई समेतले नारायणी अञ्चल अदालतमा पुनरावेदन गर्दा छुट्टाछुट्टै कित्ताको छुट्टाछुट्टै २ जना मोहीको नाममा एउटै फिराद दिएकाले अ.बं. ७२ नं. बमोजिम पल्टन राउतको हकमा मात्र इन्साफ हुने हुँदा नथुनीको हकमा इन्साफ हुन सक्दैन भनी वादीको दावी नथुनीको हकमा मात्र खारेज हुन ठहर भई मिति २०२८।५।४ मा फैसला भयो । अ.बं. ७२ नं. अन्तर्गत नथुनीको हकमा खारेज गरेकाले २०२२ सालको आधा फाँट मोहीको परसारी मैले पाउनु पर्ने आधा फाँटवारी रु. १,०१९।५६ प्रतिवादीबाट दिलाई मोही निष्कासन गरिपाउँ भन्ने विपक्षी फुलेन महतो चाइको भूमिप्रशासन कार्यालय पर्सामा २०२८ साल आश्विनमा फिराद पर्यो । अञ्चल अदालतको खारेजी फैसला उपर मुद्दा सुन्ने अधिकार यस अड्डालाई नहुँदा मुद्दा खारेज गरिपाउँ भन्ने मेरो प्रतिउत्तरपत्र परेकोमा २०२२ सालको बालीको उजूरी २०२८ सालमा लिई इन्साफ दिनु भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(क) को देहाय (ग) अनुसार व्यवस्था भएको नदेखिएको हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भनी मिति २०२९।४।६ मा भूमिप्रशासन कार्यालय, पर्साबाट निर्णय भयो । उक्त निर्णय उपर विपक्षीको सर्वोच्च अदालतमा रिट परेकोमा ऐन बमोजिम इन्साफ गरिदिनु भन्ने मिति २०३०।५।७ मा आदेश भयो । तत्पश्चात वादीलाई बाली दिलाई दिने मोही निष्कासन नहुने भनी पुनः ०४० साल आषाढ १ गतेमा भूमिसुधार कार्यालयबाट निर्णय भयो । उक्त निर्णय उपर विपक्षीको पुनः सर्वोच्च