निर्णय नं. २३९ - झुक्याई सहीछाप गराए

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३९ - झुक्याई सहीछाप गराए भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०४/२७ २०८१ निर्णय नं. २३९ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र फौ.फु.नं. ८५ निवेदक, प्रतिवादी : आशा काजी वादे श्रेष्ठ । विरुद्ध विपक्षी, वादी : हिराकुमारी श्रेष्ठनीको मुद्दा सकार गर्ने न्हुछे माया श्रेष्ठनी समेत । मुद्दा : झुक्याई सहीछाप गराए (१) बण्डापत्र पढी मतलब र परिणाम नबुझाई झुक्याई जालसाजबाट सही गराए खुसीराजीसँग बण्डापत्र भएको भन्न नहुने, अघिको मिति पारी पछी बण्डापत्र खडा गरे बदर हुने । वादी हिराकुमारी “वर्ष ७३ पुगिसकेको आँखा नदेख्ने कान नसुन्ने” भनी बकसपत्र जालसाजी मुद्दामा प्रतिवादी आशाकाजीले आफ्नो फिरादमा लेखेकोसमेतबाट वादी हिराकुमारीको शारीरिक स्थिति नाजुक थिएन भन्ने कुरामा शंका गरी रहन परेन । बण्डापत्र भनी अरु जनाउ मानिस कोही नराखी गरे पनि छोरा हो भनी विश्वास लागी सही गरिदिएको थिए । झुक्याई बण्डापत्र भनी जीउनीको कागज गराएकोले बदर गरी पाउँ भन्ने वादी भएको बण्डापत्र हेर्दा, वादीको भागमा जीउनी भनी परसारिएको र आमाको जीउनी हामी २ जना दाज्युभाइको मञ्जुरी बेगर केही गर्न नपाउने भन्नेसमेत लेखिएको देखिएको बण्डापत्र हेरी बुझी सही गरेको भए आफ्नो हक जीउनीमा त्यसरी बन्देज राख्न पनि नपर्ने बण्डा पाउने मध्येको सेतेकाजीले दाज्युले नै मानिसल्याई लेखाई राखेको कागजमा मैले र आमाले सही गरी दिएको छ । कागज भएको मिति महिना भने मैले भन्न सकिन भनी र अंशियार साक्षी बसीदेउ भन्दा हुन्छ भनी बसी दिएकोसम्म हुँ, मैले यस मितिमा यस्तो भयो भन्ने विवरण बुझी सही गरेको छैन भनी अर्को छोरा शिवलालसमेतले प्रतिवादी दिएकोले बण्डापत्र पढी मतलब र परिणाम बुझी सही गरेको भन्ने देखिन नआएकोलेसमेत खुसीराजीसँग भएको भन्ने निवदेकको जिकिर खम्बिर हुन आएन । तसर्थ झुक्याई जालसाजबाट अघिको मिति पारी पछी बण्डापत्र खडा गरेको देखिएकाले बदर हुने ठर्हछ भनी शुरुले ठहराएको सदर गरेको अपील तेश्राको मनासिव गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको १९।१२।२५।१ को इन्साफ मनासिव ठर्हछ । (प्रकरण नं. ११) निवेदक तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा । प्रतिवादी तर्फ : प्लिडर कृष्णप्रसाद उपाध्याय, एडभोकेट कृष्णप्रसाद भण्डारी । फैसला सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको इन्साफ चित्त बुझेन मुद्दा दोहर्‍याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको निवेदक, प्रतिवादीले दिनु भएको बिन्तीपत्रमा भई आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, १. कान्छो छोरा शिवलालले ०७ सालमा रु. २००१। लिई अंश छोडपत्र गरेको अरु आशाकाजी सेतेकाजीसँगै थियौं । ०१२।८।२५ गते भिन्न बस्ने भई जयभक्तले बण्डापत्र लेखी सही गराएको थियो, पास भएको थिएन । ऐ पौष १५ गते रु. १००० दिए घर मेरो हुने भयो । तपाईं बस्न पाउनु हुन्न भनी शिवलालले भने, मलाई कुनघर भन्दा जीउनी लेखेको छ भने त्यसो हुँदा बण्डा भनी झुक्याइ सही गराएकोले बदर गरी पाउँ भन्नेसमेत हिराकुमारीको फिराद बयान । २. झुक्याई सही गराएको होइन १२।४।७ गते खुसी राजीबाटै बण्डा भई सही गरेको हो भन्ने आशाकाजी शिवलाल सेतेकाजी जयभक्तको प्रतिवादी बयान । ३. अंशबण्डा गर्दा ऐनबमोजिम राम्रो भाग बण्डा छुट्याई बण्डा भएको भन्न नभई गोलमाल पारी वादीलाई झुक्याई जालसाजबाट अघिको मिति पारी पछि बण्डापत्र खडा गरेको देखिएक