निर्णय नं. २७३४ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७३४ - डाँका भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२७ २६४५ निर्णय नं. २७३४ ने.का.प. २०४३ अङ्क – ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको फौ.पु.नं. ६१३ फैसला भएको मिति : २०४३।४।२७।२ मा पुनरावेदक/वादी : केशवराज शर्माको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : मुगु जिल्ला गुमदरा श्रीनगर गा.पं.वडा नं.३ बस्ने दिलबहादुर मल्लसमेत मुद्दा : डाँका (१) डाँका वारदात कायम हुन चोरीको नं. ६ ले निर्धारण गरेको आवश्यक तत्व विद्यमान भएको प्राप्त मिसिलबाट देखिएन तसर्थ डाँका वारदात कायम गर्न नमिल्ने । (प्रकरण नं. २१) फैसला न्या.प्रचण्डराज अनिल : मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनबाट अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको छ । २. मिति ०३८।९।३ गते मुगुबाट जुम्ला हुँदै काठमाडौं हिंडेको दिनको ११.१५ बजे भरिया समेत लिई मुलबाटोमा पुग्दा जाहेरीमा उल्लिखित डाँकाहरूले कुटपिट गरी मालसामान नगद समेत लिई डकैती गरेको हुँदा अभियुक्तहरूलाई सजायँ गरी कारवाही होस् भन्ने केशवचरण शर्माको जाहेरी दर्खास्त । ३. मिति ०३८।९।३ गते १२ बजे धद्धनान लागेको बेला डिल्लीबहादुर, सूर्यबहादुरलाई चौतारामा सामान खोसी रहेको अरु नचिनेका मानिसहरूले ओभरसेरलाई कुटिरहेको देखि सामान कृष्णबहादुर समेतका मानिसले लगेको देखेको हुँ पोल गर्ला भनेर मलाई पोल गरेका हुन मैले डकैती गरेको छैन भन्ने गोरखबहादुरको प्रहरीमा भएको कागज । ४. एल.डि.ओ. केशवराज शर्मा समेत ०३८।९।३ को जुम्ला जान लागेको बाटोमा डकैती गर्ने कुरा ऐ.२ गते जगतबहादुर मल्ल समेतबाट थाहा पाएको हुँ डाँका गर्ने कुरा एल.डि.ओ.ले सचिव पदमा पक्षपात गरेकाले डकैती गर्ने योजना बनाई ३ गते डकैती गरेका हौं भन्ने दिलबहादुर, हस्तबहादुर, सूर्यबहादुर, टोपबहादुर, कृष्णबहादुर समेतको प्रहरीमा एकै मिलानको बयान कागज । ५. मिति ०३८।९।३ गते केशवराज शर्मा समेत जुम्लातर्फ जान लाग्दा चाचारा भन्ने ठाउँमा मारी खोली सिलाएको भन्ने ०३८।३।५ को सरजमीनको मुचुल्का । ६. प्रतिवादी दिलीबहादुरले जाहेरवाला केशवराजलाई कुटपिट गरेमा सावित भएका । प्रतिवादी टोपबहादुर रेडियो साथ पक्राउ भई डकैती गरेमा सावित भएका प्र.कृष्णबहादुर डकैतीको सामान आफ्ना घरमा राखेकोमा सावित भएका । पक्राउमा परेका हस्तबहादुर वारदात स्थलमा मालसामान ओसारेमा सावित भएका । ७. सरजमीनका मानिसहरू कसैले डकैती गरेका कसैले लुटेको, कसैले अवैध बस्तु छ भनी गरी दिएको मुचल्का र पञ्चायतले बरामद गरेको सामान सम्बन्धित निकायमा नबुझाएको, जितबहादुर वारदातमा समेत भएको गा.स.कृष्णबहादुर, जितबहादुर बाहेक ११ जना उपर चोरीको २०।२४ नं. बमोजिम सजायँ हुन र प्र.हस्तबहादुर, सूर्यबहादुर, कृष्णबहादुर, टोपबहादुरलाई र पक्राउ नपरेका काली डोली मल्ल, सिंहबहादुर मल्ल, तुलबहादुरलाई चोरीको १४(४) बमोजिम पोलिएका चित्रबहादुरलाई वारदात स्थलमा रहेकोले चोरीको १४(४) बमोजिम प्र.पृथ्वीबहादुर मल्ललाई चोरीको २० नं. बमोजिम सजायँ हुन र गोरखबहादुर, जयबहादुर, सूरतबहादुर उपर मुद्दा नचल्ने गरी जमानीमा छाडी कस्तुरी भएको हकमा सम्बन्धित हेर्ने अदालतमा पेश गर्ने जाहेरीको बिगो समेत प्र.हरूबाट जाहेरवालालाई भराई दिने भन्ने प्रहरी प्रतिवेदन । ८. भारीमा अवैध बस्तु छ भनी शंका