निर्णय नं. २४० - बकसपत्र जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २४० - बकसपत्र जालसाजी भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०४/२७ २११२ निर्णय नं. २४० ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र दे.फु.नं. २९० निवदेक : आशाकाजी बाडे श्रेष्ठ विरुद्ध विपक्षी : न्हुछेमायाँ श्रेष्ठनीसमेत मुद्दा : बकसपत्र जालसाजी (१) आयस्थाले वर्ष दिन खान पुग्ने रहेछ भने विधवाले आफ्नो हकका सबै आफु खुसी गर्न नमिल्ने ऐनले दिएको अधिकार भन्दा बढी प्रयोग गरी कानूनी निर्देशन नाघि अर्काको हक मेट्ने गरी लिनु दिनु गरेको बकसपत्र सदर हुन नसक्ने । (२) वर्ष दिनको आयस्थाले खान पुग्ने रहेछ भने विधवाले कतिसम्म आफू खुसी गर्न पाउने ऐनले दिन पाउने भन्दा बढी आर्काको हक मेट्ने गरी लिनु दिनु गरेको बकसपत्र सदर हुन नसक्ने । बकसपत्र गरिदिने हिराकुमारी र वादीसमेत अंश पाउन बाँकी ३ अंशियारको पूर्व १ नं. बनेपामा घर खेत र चाबेलमासमेत २ घर भएको देखिएको सो घर जग्गाहरूको आम्दानीले खान नपुग्ने भन्ने देखिन नआएकोले हिराकुमारीले आफ्नो हक सबै खुस गर्न पाउने भन्न मिलेन । अंशबण्डा उठाई नसकेको अवस्थामा वादीसमेतका छोराहरूले हेर विचार नगरेको भन्ने सबुद प्रतिवादीतर्फबाट दाखिल पेश हुन आएको पनि देखिएन । छोराहरूले हेरविचार नगरेको भन्ने सबुदको अभाव र खान पुग्ने स्थिति उक्त ऐनबमोजिम हिराकुमारीले आफ्नो हकमा ३ खण्डको १ खण्डमात्र खुस गर्न पाउनेमा बनेपाको घरखेत बाजेको पालाको भन्ने आशाकाजीको जिकिर भएको सो हैन भन्न प्रतिवादीले नसकेकोले सो घर जग्गामा ६ खण्डको १ खण्ड र चाबेलको घरतर्फमा ३ खण्डको १ खण्ड खुस गर्न पाउने देखिन्छ । यसरी कानूनले निर्देश गरे भन्दा बढी मुद्दा पर्दै रहेको अवस्था यी वादीसमेतका छोराहरू कसैलाई साक्षी नराखी आमा छोरीसमेतको मिलेमतोबाट मुद्दा पारी पराई बकसपत्र लिनु दिनु गरेको देखिदा हिराकुमारीको अंश हकजतिको उक्त ऐनले खुस गर्न पाउने बाजेका पालाको ठहरेको बनेपाको घर जग्गा मध्येबाट ६ खण्डको १ खण्ड र चाबेलको घर जग्गा र अरु सम्पत्तिको ३ खण्डको १ खण्डसम्म बकसपत्र सदर ठर्हछ, सो भन्दा बढी ऐनले दिन नपाउनेमा वादीसमेतको हक मेट्ने गरी लिनु दिनु गरेको बदर हुने ठर्हछ । (प्रकरण नं. १४,१५) निवेदक तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा । प्रतिवादी तर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी । फैसला सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको इन्साफमा चित्त बुझेन मुद्दा दोहोर्याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको निवेदक, वादीले दिनु भएको बिन्तिपत्रमा भई आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, १. मैले दिएको बण्डापत्र पास मुद्दा आमा हिराकुमारीले दिएको अंश मुद्दा परी रहेको छंदै ७३ वर्ष पुगी सकेकी आमा हिराकुमारीलाई वारिसनामा इत्यादि भनी सही गराई छोरी न्हुछेमायाँलाई शेषपछिको बकसपत्र प्रतिवादीहरू मिली जालसाजीबाट मेरो मञ्जुरी बेगर ०१३।२।१० को मिति हाली हेरविचार नगरेको र खान पुग्नेमा नपुग्ने भनी झुट्टा कुरा लेखी लेखाई जालसाज गरेको हुनाले सो बकसपत्र बदर गरी सजाय गरी पाउँ भन्नेसमेत आशाकाजीको फिराद । २. आमालाई रिझाए बापत खुसीराजीले शेषपछिको बकसपत्र लेखि लिनु दिनु भएको आमाको काज कृया पनि मैले गरे गराएकी छु भन्नेसमेत न्हुछेमायाँ खुसी राजीले नै दिएको हो भन्नेसमेत रामकृष्ण र शंकरप्रसाद हिराकाजी र बकसपत्र भन्ने थाहा नभइ सहीछाप गरेको हुँ भन्नेसमेत गोपालप्रसादसमेतको