निर्णय नं. ३१६८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१६८ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/३० १९४५ निर्णय नं. ३१६८ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको रिट नं. १५४० विषय : उत्प्रेषण । रिट निवेदक: जिल्ला पर्सा भौराटार गा.पं.वा.नं. ५ बस्ने किसुन राउत कुर्मी । विरुद्ध विपक्षी : ऐ. ऐ. बस्ने सत्य नारायण रौनियार । ऐ.ऐ बस्ने हीरालाल रौनियार । ऐ.ऐ बस्ने जवाहरलाल रौनियार । भू.सु.अ.भू.सु.का. पर्सा । आदेश भएको मिति: २०४४।३।३०।३ मा विवादित साल देखि अघिको पनि किसिम अनुसारको बाली विपक्षी जग्गाधनीले बुझिलिएको र सो भन्दा पछि पनि विभिन्न सालका बाली बुझी भर्पाई गरिदिएको मिसिल सामेल रहेको भर्पाईबाट देखिन्छ, यस्तो स्थितिमा सो विवाद गरेको साल भन्दा पछि पनि विपक्षीले निवेदकलाई मोही मानी कुत बुझी भर्पाई गरेको देखिँदा देखिँदै पनि यति लामो समय पछि दावी गरेको सालको रसीद नभएकोले भनी बाली भराई जग्गाबाट निष्कासन गर्ने गरी गरेको निर्णय कानून अनुरुप मिलेको देखिन नआउने । (प्रकरण नं. ९) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर प्रधानाङ्ग,विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य तथा जिकिर निम्नानुसार छ । २. मेरो नाम दर्ता मोराटार गा.पं.वा.नं. ६ स्थित कि.नं. १५१ को ज.वि. ०–९–० ऐ.कि.नं. १७२ को ज.वि. ०–६–१२ ऐ.कि.नं. १७८ को ज.वि. ०–४–६ ऐ.कि.नं. २२५ को ज.वि. ०–१–० समेत ज.वि. १–०–१८ समेतको मोही किसुन राउत कुर्मी भएकोमा २०२७ सालको कुतबाली नबुझाएकोले कुतबाली भराई मोही निष्कासन गरिपाउँ भन्ने विपक्षी १ नं. को निवेदन विपक्षी नं. ४ को कार्यालयमा परी विपक्षी नं. ४ ले मोही निष्कासन गर्ने गरी २०२८।८।१० मा निर्णय गर्यो। ३. विपक्षी नं. ४ ले मलाई प्रतिवादीको मौका नै नदिई गरिएको विपक्षी नं. ४ ले गरेको निर्णय उपर मेरो निवेदन सम्मानीत अदालतमा परी मिति २०३९।१२।१९ मा विपक्षी नं. ४ को निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरियो । सो फैसला बमोजिम गरिपाउँ भनी मेरो निवेदन परेपछि एउटै विषयवस्तु उपर विपक्षी नं. १ को निवेदन विपक्षी नं. ४ बाट गरेको भिन्ना भिन्नै फैसला उपर छुट्टाछुट्टै निवेदन लिई आजै सम्मानीत अदालतमा आएको छु । २०२७ सालको भर्पाई पेश गर्न नसकेको भन्ने हचुवा किसिमले यति लामो समयसम्म उक्त जग्गा जोती आफू र आफ्नो परिवारहरूको जीवन व्यतित गर्दै आइराखेको म एउटा निमुखा किसानका मोहियानी हक अधिकार माथि कुण्ठित पार्दै विपक्षी नं. ४ ले न्यायिक मनको प्रयोग गर्दै नगरी मिसिल सामेल रहेको प्रमाण तथा पूर्व फैसलालाई मिल्काई पूर्वाग्रही भई गरेको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ३, ३४, ५४ अ.बं. १८४(क), १८५, १८९, भू.सं. ऐन, २०२१ को दफा २(ख) २५, २९ अदालतका पूर्व फैसलाहरू तथा सम्बद्ध नजीर समेतको विपरीत हुन गएको छ । विपक्षी नं. ४ को मिति ०४३।३।९ को निर्णयले संवैधानिक प्रत्याभूति धारा १०, ११(२)ङ र १५ का मौलिक हक अधिकारको हनन् हुन गई अन्य उपचारको बाटो नहुँदा धारा १६।७१ अनुरुप सम्मानीत अदालतमा यो निवेदन गर्न आएको छु । उत्प्रेषणको आदेशद्वारा विपक्षी नं. ४ को मिति ०४३।३।९ को निर्णय बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ४. विपक्षीहरूबाट लि