निर्णय नं. २७३५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७३५ - अंश भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/०१ २४८७ निर्णय नं. २७३५ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ६८५ फैसला भएको मिति : २०४३।५।१।१ मा पुनरावेदक/प्रतिवादी : पोखरा न.पं.वडा नं.८ बस्र्याङ बस्ने कृष्णप्रसाद कोइराला विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने नन्दप्रसाद अधिकारीको अविवाहिता छोरी जानुकादेवी अधिकारी मुद्दा : अंश (१) मिसिल संलग्न लिखतको प्रमाणबाट नै लोग्ने स्वास्नी कायम गरेको देखिँदा क्षेत्रीय अदालतको इन्साफ मनासिब छ । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गाना विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली फैसला न्या.प्रचण्डराज अनिल : पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी निवेदक कृष्णप्रसादले यस अदालतमा दिएको निवेदनमा पुनरावेदको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्यको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मेरा पति कृष्णप्रसादले मलाई सौता माथि ०२८ सालमा विवाह गरेका हुन् । निजले पुनः अर्को विवाह गरेका छन् । जायजन्म भएको छैन । कहिले घर कहिले माइत बसी आएकीमा यही ०३८।३।२८ का दिन मलाई विपक्षीले घरमा खान सुत्न नदिई निकाला गरेकोले लोग्नेको अंश मध्येबाट ४ अंशको १ अंश दिलाई पाउँ भन्ने जानुकादेवी कोइरालाको मुख्य फिराद दावी रहेछ । ३. मेरो पहिलो विवाह ०२१ सालमा गंगाकुमारीसंग र दोश्रो विवाह ०३८ सालमा निर्मलासँग भएको हो । वादी जानुकासंग मेरो वैवाहिक सम्बन्ध र बोलचाल समेत छैन । वादी नेपाल बाल मन्दिरमा शिक्षिका भएकी र सो स्कूलको हाजिर कापीमा वादीले सुश्री जानुकादेवी अधिकारी भनी लेख्नु भएको छ । अन्य कतिपय स्थानहरूमा लेखिएका पत्रहरूमा प्रतिवादीले आफूलाई सुश्री जानुकादेवी अधिकारी भनी सहिछाप गर्नुभएको छ । वादी अविवाहिता नै रहेको भएको प्रष्ट हुँदा हुँदै पनि वादीले झुठ्ठा दावा गरेकोबाट छुट्कारा पाउँ भन्ने समेत व्यहोराको प्र.कृष्णप्रसाद कोइरालाको प्रतिउत्तर रहेछ । विपक्षीसँग मेरो ०२८।३।२९ मा बाराही मन्दिरमा विवाह भएको थियो । सो विवाहमा म तर्फबाट मेरा दाजुहरू र विपक्षीतर्फबाट अरु कोही थिएनन् विवाह पछि भोज खाने र फोटो खिच्ने काम भयो । तत्पश्चात २।३ दिन घरमा बस्दा विपक्षीको बाबु आमाले विरोध गरेकाले २।३ महीना डेरा गरी यही पतिले परिस्थिति नमिलेसम्म माइत बस भनेकाले माइत घरमा बसें । विपक्षीसँग बारम्बार भेटघाट हुने गथ्र्यो र पछि घर माइत जाने क्रम पनि चल्यो । यही ०३८।३।२८ मा विपक्षीले बाबु आमाको कुरा सुनी मलाई कुटपिट गरी घरबाट निकाला गरी पुनः अर्को श्रीमती ल्याउनु भयो । गाउँ भलाद्मीहरू रोहवरमा भएको विपक्षी पतिले सहिछाप गरेको र मलाई कृष्णप्रसादको श्रीमती स्वीकारिएको कागज जिल्ला कार्यालयमा छ । बुझी पाउँ भन्ने समेत वादी जानुकादेवीको नाता कायम तर्फको बयान कागज । ४. वादी प्रतिवादीको श्रीमती नहुँदा अंश दिनुपर्ने होइन । पिता हरिश्चन्द्र पूर्वको पैतृक सम्पत्ति नभएको हुँदा पिता हरिश्चन्द्रको निजी आर्जनको सम्पत्तिमा ४ बण्डा लाग्नु पर्ने हो अंशबण्डा भएको छैन । अंशियार मध्येका कृष्णप्रसादको गंगादेवी र निर्मला २ श्रीमती हुन् भन्ने समेत अ.बं. १३९ नं. बमोजिम बुझिएका हरिश्चन्द्र कोइराला धर्मकुमारी समेतको