निर्णय नं. २७३६ - परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७३६ - परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/१३ २५९६ निर्णय नं. २७३६ ने.का.प. २०४३ अङ्क - ५ सिंगलबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४३ सालको रिट नं. १६१४ आदेश भएको मिति : २०४३।५।१३।६ मा निवेदिका : जिल्ला संखुवासभा मादी रामवेनी गा.पं.वडा नं.२ बस्ने सुश्री आशा दाहाल विरुद्ध विपक्षी : शिक्षा तथा संस्कृति मन्त्रालय, प.नि.का., डिल्लीबजार विषय : परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) अदालतले सोझै हस्तक्षेप गर्ने कुरा उचित र व्यवहारिक हुँदैन । (प्रकरण नं. ६) (२) अदालतले प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमबाट कारवाही गर्न सक्छ । अदालत कर्ता नभई कारक नै रहनु अर्थात् कुनै पदाधिकारीको सट्टामा काम गर्नु (Supplant) भन्दा आफू पूरक भई (Supplement) प्रेरककै रुपमा काम गर्दा उचित हुने । (प्रकरण नं. ६) उल्लिखित मुद्दा : लोकसेवा आयोग विरुद्ध शशीबहादुर थापा भएको ने.का.प.२०४२ अंक ३, नि.नं.२२९७ मिति ०४२।३।७ मा सिद्धान्त प्रतिपादित । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ । २. निवेदिकाले २०४२ सालको एस.एल.सी. परीक्षामा एक्ज्याम्टेड परीक्षार्थीको हैसियतले ९०० पूर्णाङ्कवाला परीक्षामा सम्मिलित भएकोमा परीक्षाफल प्रकाशित हुँदा अनुत्तिर्ण घोषित भएको र ०४३।४।१९ मा लब्धाङ्कपत्र लिंदा इतिहास र भूगोल विषयमा १९ अंक प्राप्त भएको रहेछ । ३. निवेदिका लेख्छिन् २०४३ साल श्रावण १० गतेको साप्ताहिक विमर्शको उत्तर पुस्तिका बजारमा, एस.एल.सी. परीक्षामा धाँधली भन्ने शीर्षकको, समाचार पढ्दा आश्चर्य चकित भएँ । २०४३।४।१६ को गोरखापत्रको शिक्षा राज्यमन्त्रीको स्पष्टोक्ति शीर्षकमा दिइएको समाचार अनुसार शिक्षा तथा संस्कृति राज्य मन्त्रीज्यूले एस.एल.सी. परीक्षाको उत्तर पुस्तिका बजारमा गएको कुरा स्वीकार गर्नुभएको छ । प्रकाशित समाचार अनुसार एस.एल.सी. परीक्षामा अनियमितता धाँधली लापरबाही र पक्षपात हुने गरेको कुरा स्पष्ट देखिन्छ । प्रत्यर्थी कार्यालयमा गई मैले भूगोल तथा इतिहास विषयमा राम्रो लेखेकी छु । म अनुत्तिर्ण हुनै सक्तिन कसैलाई भने त्यही भूगोल विषयमा १६ नम्बर थप दिने मैले किन थप पाइन भन्दा प्रत्यर्थी कार्यालयका कर्मचारीले पुनः योगको लागि निवेदन दिनु होस् भन्दा ०४३।४।२१ मा रु.२५।– जम्मा गरें । तर अद्यापि प्रत्यर्थी कार्यालयले मेरो भूगोल विषयमा वास्तविक प्राप्ताङ्कको सम्बन्धमा जानकारी नगराएकोले म ज्यादै अन्याय र मर्कामा परेकी छु । प्रत्यर्थी कार्यालयमा धाउँदा धाउँदा हैरान भइसकें । शिक्षा जगतमा पनि यस्तो अन्याय र अत्याचार भएको सहन सकिन । त्यसैले न्याय मन्दिर बाहेक अन्य कुनै सहारा नभएकोले सम्मानीत अदालतको शरणमा आएकी छु । ४. उक्त विषयको उत्तर पुस्तिका प्रत्यर्थी कार्यालयमा सुरक्षित छ वा छैन ? छ भने मैले थप पाउनुपर्ने १६ अंक प्रत्यर्थीले अवश्यै जोड्न छुटाएको छ । मैले भूगोल इतिहास विषयमा प्राप्त गरेको १९ अंकमा १६ अंक थप भएपछि ३५ भई म उत्तिर्ण हुन्छु । सो बमोजिम एस.एल.सी. परीक्षामा उत्तिर्ण हुन पाउनु मेरो संविधानको धारा १० अनुसार समानताको हक हो । विपक्षी कार्यालयको काम कारवाहीबाट संविधानको धारा १० द्वारा प्रत्याभूत हक हनन् भएकोले धारा ७१ अन्तर्गत मैले प्राप्त गरेको १९ अंकमा १६ अंक थप गरी