निर्णय नं. ३१६९ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१६९ - लिखत बदर भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०४/१२ २३६० निर्णय नं. ३१६९ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६८१ मुद्दा : लिखत बदर । पुनरावेदक/प्रतिवादी:गण्डकी अञ्चल जिल्ला कास्की राखी गा.पं. वार्ड नं.४ बराल डाँडाको हाल जि.तनहुँ कमलटार गा.पं. वार्ड नं. ७ अमल पानी बस्ने सरस्वती बराल । जि. कास्की राखी गा.पं. वडा नं. ४ बराल डाँडा बस्ने हीमादेवी भण्डारी । विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. बस्ने नारायण बराल । ऐ.ऐ बस्ने अनन्त बराल । ऐ.ऐ बस्ने खडानन्द बराल । ऐ.ऐ बस्ने कमलापति भन्ने चूडामणि बराल । फैसला भएको मिति: २०४४।४।१२।३ मा छुट्टी भिन्न भएको भन्ने कुरा प्रतिवादीले सबुद गुजार्न सकेको नदेखिँदा एकासगोलको पैतृक सम्पत्तिमा अंशियारको मन्जूरी बिना बिक्री गरेको लेनदेन व्यवहारको १० नं. र अंशबण्डाको ११ नं. ले सदर नहुने हुँदा कि.नं. ८६ प्र.ले दाइजो पेवाबाट निखनी लिएको भन्ने देखिँदा सो बदर नहुने भन्ने ठहर गरेको क्षे.अ. को इन्साफ मनासिब ठहर्र्छ, कि.नं. ३४४ अंश हकको जग्गा प्रतिवादीले बिक्री गरेकोमा वादी दावी बमोजिम ७ अंशियार कायम गरी ७ भागको ४ भाग बदर गर्नुपर्नेमा प.क्षे.अ.बाट ६ भागको ४ भाग बदर गर्ने भन्ने हदसम्म उल्टी हुने । (प्रकरण नं. १६) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री चूडामणि राज सिंह मल्ल उल्लेखित मुद्दाःX फैसला न्या.बब्बरप्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा जिकिर यसप्रकार छ : २. मेरो दुई श्रीमतीमा कान्छी सरस्वती बराल जेठी उमादेवी बराल हुन । कान्छी श्रीमतीकी तर्फ ३ भाइ छोरा अनन्त बराल, नारायण बराल, षडानन्द बराल समेत ७ अंशियार जेठी श्रीमती सहित म रोजगारका लागि विदेश भारत सिलाङमा बसेको छु । यहाँ नेपाल सरहदमा रहेको सम्पत्ति कान्छी श्रीमती सरस्वतीको रेखदेख जिम्मामा दिई कहिले काहीँ यहाँ आई घर व्यवहार सबै हेरी जाने गरेको थिएँ । म नेपाल नआएको अवस्थामा २०३१ सालको सर्भेमा जग्गा सबै श्रीमतीले आफ्ना नाउँमा कित्ताकाट गराएकी छन् । २०३६।११।१९ का दिन विपक्षी श्रीमतीले मेरो पैतृक सम्पत्ति हीमादेवी भण्डारीलाई कि.नं. ३४४ को रोपनी १–३–१–१ र कि.नं. ८६ को रोपनी ४–४–३–२ खेत क्रमशः रु. ८,०००।– र रु. ४२,०००।– जम्मा रु. ५०,०००।– मा राजीनामा बिक्री गरेको म विदेशबाट चैत्र १९ गते घर आउँदा हल्ला सुनी कास्की मालमा गई ०३६।१२।२० गते उक्त राजीनामाको नक्कल सारी लिंदा यथार्थ थाहा भयो । लोग्नेबाट छुट्टी भिन्न भई मेरो हक भएको भन्ने समेत झुठ्ठा व्यहोरा लेखाई सबै अंशियारहरूको अंश भाग समेत मेटिने गरी लिखत गरेको हुँदा ७ भागको ५ भाग लिखत बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. मेरो विवाहित खसम परलोक भई विधवा रहेकी र मेरी छोरी र गंगाप्रसादको छोराको बीच विवाह भएपछि सोही नाताबाट आवत जावत हुँदा चूडामणिसंग मेरो वैवाहिक सम्बन्ध भई २०१७ सालमा रामचन्द्र जन्मेपछि खसम विदेश गई चिठ्ठी समेत नपठाउनु भएको थियो यसै अवस्थामा जेठाजु छोरा रुद्रप्रसादले आफ्नो अंशको जग्गा मध्ये यही वादी दावीको सेसो भन्ने खेत मुरी ।३६।१० मध्ये खेत मुरी ।१२।३ मुल्य रु. ३,०००।– मा २०२६।९।२४ मा इश्वरीप्रसाद राना भाटलाई