निर्णय नं. २४२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०५/२६ २१०२ निर्णय नं.२४२ ने.का.प. २०२१ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री स.इश्वरीराज मिश्र रीट नं. २५।१७ निवेदक : ललुकुमार शाही का.प.इ.मंडन ढोडिनी विरुद्ध विपक्षी : पञ्चायत मन्त्रालय पञ्चायत संगठन विभाग जि.प. काभ्रेपलाञ्चोक पूर्व १ नं. विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने (१) न्यायिक निर्णय गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिलाई सफाइको मौका नदिइएमा नियमबमोजिम भएको भन्न नहुने । गैरकानूनी तरिकाबाट खराब आचरण नसुधारेसम्म निष्काशित गर्ने भनी जिल्ला पञ्चायतले निष्काशित गरेको भन्ने निवेदकको जिकिरका हकमा जिल्ला पञ्चायत कार्यालय काभ्रेपलाञ्चोकले लिखित जवाफसाथ पेश गरेको निवेदकलाई निष्काशित गर्ने विषयको निर्णयको प्रतिलिपि हेर्दा, गाउँ पञ्चायत ऐन, २०१८ को परिच्छेद ५, धारा १८ उपधारा ७ को (क) अनुसार निज प्रधानपञ्च ललुकुमार शाहीलाई खराब आचरण नसुधारेसम्मको उक्त पञ्चायतको प्रधानपञ्चसाथै सदस्यताबाटसमेत आजैका मितिदेखि निस्काशित गर्ने निर्णय गरिन्छ भनी निर्णय गरेको देखिएको । उक्त दफा हेर्दा, त्यसमा आचरण नसुधारेसम्मको अवधीको लागी निष्काशित गर्ने अधिकार प्रदान गरेको नदेखिएको । गाउँ पञ्चायत नियम निस्कनु भन्दा अगावै निर्णय गरेकोले जिल्ला पञ्चायतको उक्त कार्यलाई अनियमित भन्न सकिदैन भन्ने जवाफ देखियो । तर कुनै पनि अर्कोको पद हक सम्बन्धी न्यायीक निर्णय गर्नु पर्दा सम्बन्धित व्यक्तिलाई आफूउपर लागेको आरोपको सफाई दिनु पर्ने मौका दिनु पर्ने एक सर्वमान्य कानूनी सिद्धान्त भएको र त्यस्तो मौका दिएको अथवा यो कानूनले दिन नपर्ने भन्ने उल्लेखित जिल्ला पञ्चायतको जवाफमा उल्लेख भएको पनि नदेखिएको । प्रस्तुत केशमा गाउँका मानिसले चुनी ग्राम पञ्चायतको प्रधान पञ्चसमेत भएका निवदेकलाई जन्मभर दाग लाग्ने किसिमको आरोपमा सफाईको मौका नदिई कानूनले अधिकारै नदिएको आचरण नसुधारेको अवधीसम्म भए पनि मोअत्तल (सस्पेण्ड) को तवरबाट निष्काशन गरेको देखिएकोले निवेदकलाई उल्लेख गरिएबमोजिम अनियमित तरिकाबाट प्रधानपञ्च साथै सदस्यताबाट निष्काशित गर्ने गरेको जिल्ला पञ्चायत काभे्रपलाञ्चोकको निर्णय बदर गर्न उत्प्रेषणको आदेश जारी गर्नुपर्ने ठर्हछ । (प्रकरण नं. ७) निवेदक तर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे । विपक्षी तर्फ : गर्भनमेन्ट एडभोकेट रमानन्दप्रसाद सिंह । आदेश १. गाउँ पञ्चायत ऐन, २०१८ को दफा १८ अनुसार भएको चुनावमा निवेदक पू.१ नं. मण्डन मैदान महादेवस्थान गाउँ पञ्चायतको सदस्य तथा प्रधानपञ्चको पद प्राप्त गरेको थिए । उक्त ऐनको दफा ५,२०,२१ मा लेखिएको अयोग्यता प्रमाणित नभएसम्म मेरो पद उक्त दफाको उपदफा ५ बमोजिममात्र समाप्त हुन्छ र अन्यथा कायमै हुने कानूनी व्यवस्था छ । उल्लेखित दफाबमोजिम मेरो पदावधी समाप्त भएको भन्न विपक्षले सकेको छैन । उल्लेखित ऐनको दफा १८ को उपदफा ७ मा पदावधी समाप्त हुनु अगावै देहाएको अवस्थामा हटाउन सकिने भएको छ । सो देहयको (क) मा खराब आचरणको वा काम गर्न नसक्ने भनी जिल्ला पञ्चायतको ठहराएमा भने लेखिएको छ । खराब आचरण भनेको सो प्रकरणको (क) को काम गर्न नसक्ने भन्ने वाक्यांशबाट पञ्चायतसम्बन्धी आफ्नो कर्तव्यको पालन गर्दा खराब आचरण देखिएकोलाई भनेको हो भन्ने प्रष्ट छ । ओहदाको कर्तव्यको पालन गर्दा खराब आचरण देखिएको भन्न विपक्षी कसैले सकेको छैन । जुनसुकै व्यक्तिलाई जो सुकैले जुन सुकै कुराको सजाय गर्दा व