निर्णय नं. २४३ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४३ - हक सफा भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०५/०३ १९८० निर्णय नं. २४३ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र दे.फु.नं. २३९ निवेदक, प्रतिवादी : भोजराज अधिकारी विरुद्ध विपक्षी, वादी : खड्गबहादुर खत्री क्षेत्री मुद्दा : हक सफा (१) साहु असामीका ९ नं. बमोजिम हकवालाले निखन्न पाउने म्याद कसरी कायम गर्ने ? साहु आसामीको ९ नं. मा बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र विदेश गएको भए १ वर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ भन्ने उल्लेख भएको उक्त ऐनमा ६ महिना वर्ष दिन भित्र भन्ने बोली नपरेसम्ममा भन्ने लेखिएको, ६ महिना र १ वर्षसम्म थाहा पाउने म्याद र सो अवधीसम्ममा थाहा पाएका ३५ दिन भित्र निखन्न म्याद दिएको देखिन आएको भनी ०१९।७।२४।६ मा फुल बेञ्चबाट व्याख्या भई निर्णय भईसकेको हक सफा गर्ने म्याद ६ महिनासम्ममात्र हो की भन्न, बेचे किनेका मितिले ६ महिनाको अन्त्यतिर थाहा पाएँ, त्यसबाट ३५ दिन म्याद नपाउने हुनजाने त्यसमा पनि यस्तो हक सफा मुद्दा अन्य मुद्दा सरह दावी गरेमात्र पुग्ने नभई उजुरी साथ धरौटसमेत राख्नु पर्ने ६ महिनाको आखिरी दिनमा थाहा पाए सो दिनमै धरौट राखी उजुर गर्न साधारणतः मुस्किल पर्न पनि जाने, थाहा पाएको ३५ दिन भित्र भन्ने वाक्यांश निरर्थकसमेत हुन जाने हुँदा थैली बन्दोवस्त गर्नको निमित्त पनि थाहा पाएको ३५ दिन दिइएको भन्ने सिद्ध हुन आउने हुनाले ६ महिनासम्म थाहा पाउने म्याद र थाहा पाएको ३५ दिनभित्र उजुर गर्ने म्याद दिएको देखिएको भनी ६ महिनाको आखिरी दिनमा थाहा पाएमा त्यसबाटसमेत ३५ दिन अर्थात ६ महिना ३४ दिनसम्म म्याद पाउने गरी निर्णय भएको न्यायोचितै देखिएको प्रस्तुत उजुरी ६ महिना १ दिनको दिन थाहा पाएको भनेको ३५ दिन भित्रै हुँदा म्याद नाघेको भन्न मिलेन । (प्रकरण नं.११) फैसला १. दुर्गाबहादुर खत्री क्षेत्री मेरो भतिजो भएको निजले आफ्ना हक भोगको प्र.कमला खोजमा पचरुपी र ऐ.जुठपानीको तपसीलबमोजिमको जग्गा बिगाहा २२।।१।३ भा.रु. १०५०० मा भोजराज अधिकारीलाई ०१७।७।२८ गते महोत्तरी मालमार्फत रजिष्ट्रेशन पास गरी सुक्रिबिक्री राजिनमा गरी दिएछन । सो कुरा मैले ०१८।१।२० गतेमात्र थाहा पाएकोले थाहा पाएको ३५ दिन भित्र लेखिएको भा.रु. १०५०० धरौट राख्न आएको छु । सो रुपैयाँ बुझ्न लगाई हक सफा गराई पाउँ भन्नेसमेत खड्गबहादुरको ०१८।१।२८।४ को दर्खास्त । २. लेखिएको जग्गा बिगाहा २२।।१.३ भा.रु. १०५०० मा दुर्गाबहादुरबाट ०१७।।७।२८ मा महोत्तरी मालमार्फत रजिष्ट्रेशन पास गरी लिएको र अरु नगदी जिन्सीको असामीसमेत सकार गरेको भा.रु. ५०० खर्च गरी सिखर घर बनाएको ६ महिना भित्रको उजुरसमेत नहुँदा खारेज गरी पाउँ भन्नेसमेत भोजराज अधिकारीको प्रतिवादी बयान । ३. दुर्गाबहादुरको ३ पुस्ता भित्रको काका खड्गबहादुर भन्ने देखिएको हकदार होइन भन्न प्रतिवादीले नसकेको । थाहा पाएको ३५ दिन भित्र धरौट राखेको देखिएकोले वादीले धरौट राखेको थैली प्रतिवादीले बुझी लिनु पर्ने ठर्हछ भन्नेसमेत रघुनाथपुर मालको १८।८।५।२ को फैसला । ४. सा.अ.का. ९ नं. बमोजिम ६ महिनासम्ममा निखन्न पाउँछ भन्ने लेखिएकोले सो ६ महिनाको हद भित्रै ३५ दिन पाएको मिति म्याद कायम हुने भन्ने देखिएकैमा हद नाघेकोलाई म्याद भित्रको भनी निखन्न पाउने गरी भएको फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादी भोजराज अधिकारीको अपील । ५. बेचे किन