निर्णय नं. ३१७१ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१७१ - उत्प्रेषण । भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०४/२० २०८६ निर्णय नं. ३१७१ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रि.नं. २४१७ विषय : उत्प्रेषण । निवेदक : सिन्धुली सिद्धेश्वर गा.पं. वार्ड नं. ५ बस्ने दिल बहादुर बस्नेत । विरुद्ध प्रत्यर्थी :श्री ५ को सरकार मालपोत कार्यालय सिन्धुली । श्री ५ को सरकार सिन्धुली जिल्ला वन कार्यालय,सिन्धुली । श्री ५ को सरकार अर्थ मन्त्रालय,मलपोत विभाग,काठमाडौं। सिन्धुली सिद्धेश्वर गा.प. वार्ड नं.५ बस्ने चक्र बहादुर कार्की । आदेश भएको मिति: २०४४।४।२०।४ मा जग्गा नापी भइसकेपछि दर्ता प्रमाणपत्र सम्बन्धमा निवेदन परेपछि मालपोत ऐनको दफा ६(१) अनुसार गरी निर्णय गर्नु पर्नेमा वन तथा भू–संरक्षण मन्त्रालय बुझी उक्त मन्त्रालयबाट लेखिआएको आधारमा मालपोत कार्यालयले निर्णय गरेको कानून अनुरुप भएन अतः मालपोत कार्यालयको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छ । २. सिन्धुली जिल्ला सिद्धेश्वर आ.गा.पं. वार्ड नं. ५ख को हाल नापी कि.नं. ९७, १०१ र १०२ को क्रमशः २–११–९ ०–०१८ र ०–१–१७ गरी जम्मा जग्गा बिगहा २–१४–५ जग्गा साविक पिता पुर्खाकै पालादेखिको दर्ता तिरो हकभोग भएको आफ्नु एकलौटी हकको आवादी नम्बरी जग्गा भू.सं.ऐन, २०२१ लागू भएपछि जग्गावालाको हैसियतले पेश गर्नु पर्ने सबै फाँटवारी पेश गरेको छु। जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम उक्त जग्गा मिति २०३५।१२।३ मा नापी हुँदा म निवेदक कै नाममा नापी भएको छ । यसरी आवादी भोग र साविक दर्ताको आधारमा नापी भई कित्ताकाट भई कित्ता नम्बर कायम गरी क्षेत्रीय किताबमा जनिई नापी श्रेस्ता तयार भएको उक्त कि.नं. को जग्गामा भएको ३ फिटको पानी लिन जाने निजी गोरेटो बाटो समेत नक्शामा जनिई नापी भएकोमा प्रत्यर्थी मध्येको चक्रबहादुर कार्कीले नापी टोलीमा सार्वजनिक बाटो मिची कित्ताकाट गराएकोले बाटो कायम गरिपाउँ भनी उजूरी दिनु भएको रहेछ । सो उजूरीको कारण र अन्यत्र भएको कारण समेतबाट उक्त जग्गाको दर्ता पूर्जा सम्म लिन बाँकी थियो । ३. दर्ता छुट हुन गएकोले छुट जग्गा दर्ता गरी दर्ता पूर्जा पाउनको लागि सम्बन्धित गा.पं. को सिफारिश समेत संलग्न गरी मालपोत ऐन, २०३४ को दफा ७(२) बमोजिम प्रत्यर्थी मालपोत कार्यालय सिन्धुलीमा मिति २०४०।८।१७ मा निवेदन दिएको थिएँ सो निवेदन उपर छानबीनको सिलसिलामा प्रत्यर्थी मालपोत कार्यालयबाट सरजमीन गर्न डोर खटिएकोमा मिति ०४२।१।१८ मा सरजमीन हुँदा शुरु उजूरवाला प्रत्यर्थी मध्येका चक्रबहादुर स्वयंले अघि आफूले भूलबाट उजूरी दिएको तथ्य स्वीकारी उक्त जग्गा म निवेदकको साविक देखिको हकभोगको हुँदा मेरा नाममा दर्ता हुनुपर्ने भन्ने व्यहोरा लेखाउनु भएको र सोही व्यहोरालाई समर्थन गरी सरजमीनमा उपस्थित भई सबै व्यक्तिहरूले आ–आफ्नु व्यहोरा लेखाउनु भएको थियो । ४. सरजमीन गर्न खटिएका प्रत्यर्थी मालपोत कार्यालयका खरीदारले मिति २०४२।१।२१ मा सरजमीन मुचुल्का पेश गरेको प्रतिवेदन कि.नं. १०१, १०२ को जग्गा ठूलो भीर डाँडोको आडमा भएको र वन बुट्यान