निर्णय नं. ९१४८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१४८ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/११/१४ ४०२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला मिति : २०७०।११।१४।४ ०६७-CR-०६७९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी : देवनारायण यादवसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, फर्सेठ गाउँ विकास समिति वडा नं. १ बस्ने बेचु भन्ने परमेश्वर यादवसमेत § प्रतिवादीले प्लास्टिकको डोरीले घाँटीमा बेरी सास अवरूद्ध हुने गरी घाँटी कस्छ भने त्यो मार्नलाई नै प्रयोग गरिने कार्य हो । मार्नलाई गरिएका कार्य रिस झोकमा गरिएका कार्य होइन र मर्छ भने जानी जानी वा सो नियतले डोरी खोजी मृतकको घाँटी कसी सोही परिणामबाटै मृत्यु भएकोमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन नसक्ने । (प्रकरण नं.४) पुनरावेदक/वादीकातर्फबाट M विद्वान सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल प्रत्यर्थी/प्रतिवादीकातर्फबाट M विद्वान अधिवक्ता सुन्दरलाल चौधरी र वैतनिक विद्वान अधिवक्ताद्वय हरिशंकर कर्ण र कुमारी रेग्मी अवलम्बित नजीर M सम्बद्ध कानून M § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३), १४, २५ नं. । सुरू तहमा फैसला गर्ने M मा.जि.न्या.श्री ऋषिप्रसाद अधिकारी पुनरावेदन तहमा फैसला गर्ने M मा.न्या. श्री शम्भुबहादुर खड्का मा.न्या. श्री थीरबहादुर कार्की फैसला न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत राजविराजको फैसलाउपर वादी नेपाल सरकारकोतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नबमोजिम रहेको छ : जिल्ला सप्तरी, फर्सेठ गा.वि.स. वडा नं. १ स्थित दानर बाढी खोल्सीको डिलमा अन्दाजी ४।५ फिट गोलाईका आँपका काठ दाउराहरूको चिता बनाई चितामाथि उत्तर शिर,दक्षिण खुट्टा बनाई घोप्टो स्थितिमा जिल्ला सप्तरी फर्सेठ, गाउँ विकास समिति वडा नं. १ बस्ने बेचु भन्ने परमेश्वर यादवकी श्रीमती मीनादेवीको सेतो कपडाले ढाकेको अवस्थामा लास रही नजिकमा माटोको गाग्री लास बोक्ने बनाएको बाँसको फर्कि रहेको, अन्दाजी ५ फिट पूर्व उत्तर पट्टी मटितेलसहितको सिसी, कात्रो कपडा, तोरी, धूप आदि थियो । जलाउन तयारी हालतमा रहेको लास ढाकेको कपडा हटाई हेर्दा निज मीनादेवी यादवको लास निर्वस्त्र अवस्थामा रही मुखबाट रगत बगेको, बाँया अनुहारमा निलो डाम जस्तो देखिएको, निधार सुन्निई टुटुल्को देखिएको, बायाँ गालासमेतमा नीलो डाम परेको, घाँटीमा वरिपरि डोरीले कसिएर काटिएको जस्तो डाम देखिएको, पिठ्युँको विभिन्न ठाउँमा रगत जस्तो देखिएको, दुबै खुट्टाको पिडुलामा डाम परेको, घा चोटहरू देखिएको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का । २०३६ सालमा जातीय रीत अनुसार बेचु भन्ने परमेश्वर यादवसँग विवाह गरी दिएकी मेरी बहिनी मीनादेवी यादवलाई मिति २०५८।१।१६ गते बिहानको राति अन्दाजी ४.०० बजे निजको श्रीमान् परमेश्वर यादवसमेतले कर्तव्य गरी मारी रामदिहल यादव, बद्री यादवसमेतले मिली दानर नदीमा लगी जलाउन लागेको हुँदा कारवाही गरिपाउँ भन्ने देवनारायण यादवको जाहेरी दरखास्त । जिल्ला सप्तरी, फर्सेठ गाउँ विकास समिति वडा नं. १ स्थित एउटै आँगनको उत्तरतर्फ परमेश्वर यादवको एउटा घर र मन्दिर, त्यसको पूर्व साईडमा कालीचरण यादवको घर, आँगनको पूर्वतर्फ सकलदेव यादवको घर, पश्चिममा परमेश्वर यादवको दोश्रो घर, दक्षिणसमेतमा परमेश्वर यादवको घर भई उक्त दक्षिणतर्फको घरमा मिति