निर्णय नं. ९०६६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०६६ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०७०/०९/१७ ४३५४ नेकाप २०७० अङ्क १० नि.नं.९०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।९।१७।४ ०६७–CR–०२०९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, भुटानी शरणार्थी शिविर बेलडाँगी–२ सेक्टर एफ ३, हट नं. ९९ बस्ने हाल कारागार शाखा, झापामा थुनामा रहेको ज्ञानबहादुर भट्टराई विरूद्ध प्रत्यर्थी/वादी : आइतसिं विश्वाको जाहेरीले नेपाल सरकार § एउटा अपराध गर्ने उद्देश्यले गरिएको आपराधिक कार्यबाट अर्को आपराधिक कार्य हुन गएमा पछिल्लो आपराधिक कार्य गर्ने मनसाय नभएको भन्ने आधारमा प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन सक्दैन, सरेको मनसाय (Transferred malice) को सिद्धान्तअन्तर्गत कसूरदार कायम हुने । (प्रकरण नं.४) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता दिननाथ पराजुली प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे अवलम्बित नजीर : § नेकाप २०६१, नि.नं.७४६६, पृ.१४८६, § नेकाप २०६४, नि.नं.७८४४, पृ.५४९ सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा ९(१) § ज्यानसम्बन्धी महलको १ र १३(३), अ.बं.१८८ नं. शुरू तहमा फैसला गर्ने :– मा.न्या.श्री शालिग्राम कोइराला पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री पुरूषोत्तम पराजुली मा.न्या.श्री विष्णुदेव पौडेल फैसला न्या.प्रा.डा.श्री.भरतबहादुर कार्की : न्याय प्रशासन ऐन, २०४८ को ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :– सन् २९।१०।२००८ बेलुका देउसी खेल्न गएकी मेरी छोरी वर्ष १० की अनिता विश्वालाई बेलडाँगी एफ ३ का प्रतिनिधिको घरमा देउसी खेल्दै गरेका बखत एच ४/१ हट नं.९९ बस्ने ज्ञानबहादुर भट्टराईले सेक्टर एफ ४ बस्ने भीमबहादुर विष्टलाई फलामको पाईपले हिर्काउने क्रममा मेरो छोरीको टाउकोमा उक्त फलामे पाईपले हिर्काई गम्भीर घाइते बनाएको हुँदा पक्राउ गरी आवश्यक कारवाही गरी पाऊँ भन्ने श्रीमती फुलमाया विश्वाले दिएको मिति २०६५।७।१४ को निवेदन । मिति २०६५।७।१३ गते साँझ बेलडाँगी सेक्टर एफ ३ नं., हट नं. १/२ बस्ने ऐ.सेक्टरका प्रतिनिधि बलराम उप्रेतीको घरमा देउसी खेल्न गएकी बेलडाँगी–२ सेक्टर एफ ३, हट नं. ५४ बस्ने आइतसिंह विश्वाको छोरी वर्ष १० की अनिता विश्वालाई अभियुक्त ज्ञानबहादुर भट्टराईले अन्दाजी १ मिटर लम्बाई ७ इन्च गोलाईको फलामे पाईपले निधारदेखि केही माथि दाहिने साइड टाउकोमा प्रहार गरी सख्त घाईते बेहोस बनाएको घटनास्थल र उक्त चोटबाट खसेको रगतका दागहरू भूईंमा देखिएको एवं घटनामा प्रयोग गरेको फलामे पाईपलगायतका अन्य चीजवस्तु खोजतलास गर्दा फेला नपरेको भन्ने घटनास्थल मुचुल्का । टाउकामा परेको गम्भीर चोटका कारण यस अस्पतालमा उपचार हुन नसक्ने भनी बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रिफर गरेको पूर्जी, निजको सिटी स्क्यान रिर्पोटअनुसार चोट लागेको स्थानमा टाउकाको हड्डी फुटेर भित्र दबेको कारण अप्रेशन गर्नुपर्ने भएकाले वेष्ट बंगाल न्यूरो अस्पतालमा रिफर गरेको भन्ने व्यहोराको कोशी अञ्चल अस्पतालको रिपोर्ट, सम्बन्धित चिकित्सकको रायअनुसार निज अनिता विश्वाको टाउकोको अप्रेसन गर्ने क्रममा मृत्यु भएको भन्ने North Bengal Neuro Research Centre को Death certificate समेतका कागजातहरू मिसिल संलग्न रहेको । मिति २०६५।७।१३ गते बेलुका देउस